[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ROSE- यो Thread तीम्रो नाममा

[Please view other pages to see the rest of the postings. Total posts: 195]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 86796 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 12-30-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'Women need reason for sex but men need just place 'मलाइ अझैपनि  उसको आवाज कानमा ग्न्जीरहन्छ र आफैप्र्ति  आत्मग्लानै भयर आऊछ, कुन हिम्मत गरेर मैले भेटेको ३ दिन्मै त्यस्तओ प्र्स्ताव राखे भनेर।
Frankly bhannu parda  'आए अंाप गय झटारो ' जस्तै थ्यो त्यो बेलाको situation

जीबन के हो? सायद आ-आफ्नो अनुभव नै जीवनको परिभशा हो क्यारे। मलाइ राहुल्दाइले जस्तो राम्रो साहित्य लेख्न अौदैन, न त दीप बुरोले जस्तो दामि स्टाइलमा कथा प्रश्तुत गर्न अौछ । साझा छिरेको पनि धेरै नै भयो, बेलाबेलाम सारै नै उत्क्र्स्ट् अनुभवहरु पढ्न पढ्न पाइन्छ। एका-आध अपवाद छोडेर भन्ने हो भने सबै कथाहरु  पुरुश-महिलाको सम्ब्न्धको बारेमा नै हुन्छ।OK jee को मन्जु मलाइ माफ गर, होस् या दादा ब्रो को सन्जुको याद आयो, चाहे राहुल्दाकोलौ सुन म भन्छु मेरो प्रेमकहानि होस् य फेरि राहुल्दाकै school freind  अनुराधाजी सङ्गको स्कुलेजीबनको आत्मेयता.. दीप ब्रोको त के कुर गर्ने कहिले कविता, कहिले सुस्मिता, पुजा, दुजा हा हा बबाल्नै है हाम्रो बुरो.. Then there are some other storytellers (Nepali) by whom I was being inspired such as Nepche, Crazy Love, Dipika, Wow Nepal, Satelite, SurNaTal, Wow Nepal, waka, Sadhana Sharama and how can I forget all time hit RAMPRASAD NEUPANE Im sorry guys im not as talented as u all are but its just a try hai.

यी सबैबाट INSPIRED भयर आज मलाइ पनि मेरो अनुभव साझाका साथिहरु सङ्ग शेयर गर्न मन लाग्यो, यो मेरो first attempt हो, गल्ति कमजोरिहरु त धेरैनै छन् तर यो केटा यस्तै हो भनेर सुधारेर पढिदिनुहोला. हाम्रो  जीन्दगी राजेश खन्नाले पुरानो RAJDOOT पछाडि हेमा मालीनीलाइ राखेर 'जीन्दगी एक् सफर् है सुहाना' भन्दै  कुद्न पाय कति मजा  हुथ्यो होला, अनी कहिलेकाहि बोर लाग्यो भने येसो ब्रेक् लगायो अनि पछाडी बाट करेन्ट लागिहल्छ हाहा..मलाइ त जीन्दगी साच्च्कै यात्रा जस्तै लाग्छ। यो दौरानमा सोच्दै नसोचेको कुरा पनी हुदो रहेछ, नचिनेको नजानेको मान्छेसङ अचानकआत्मीयता बढ्दो रहेछ, 'जीन्दगी यह् भी क्या चीज है यार'

टेन्सन नै हो नी होइन त? कहा जन्म्यो, कहा हुर्क्यो अनि आज साझामा आयर गफ चुटुनु पर्ने हे हे हे


मेरो जीवन्मा आएका धेरै सहयात्रिहरु मध्य मैले चाहेर पनि जीबनभर भुल्न नसक्ने नाम हो Rozalia.कतिकुरा हरु येस्तो हुदो रहेचह जति लेखे पनि नहुने. Its hard to explain जस्तो कि
सचीनको batting, Angelina Jolieको Lips,  Borat को Comedy, Beckham को Freekick मर्लेन् मुनरोको beauty, Pamela Andresonको boobs, अनी यो मेरो सहयात्री Rozalia sanga ko Mero Sambandha.
यती छोटो समयम मेरो दिल दिमाग तन मन होश हवास स्बै उड्ला भन्ने त कल्पना पनि गरेको थियन
यात्रामा भेटियो, यात्रामै बिलीन भयो, अहिले त सम्झना मात्र बाकी छ...

--To be started-
Thankin u all

 
Posted on 01-17-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अरे वो साम्भा!"

" जि सरदार!"

"  लोग कितना स्टोरि रखे हैँ रे साझापर?"

" बहुत सरदार!"

" सुना? सुना तुने? बहुत!, इसका मतलब जितने भि स्टोरि आते हैँ हम सबके सब पढ्ते हैँ!"

"अरे ओ अमेजिङ?"

"जि सरदार!"

" तु अभि क्या कर रहा है रे?"

" सरदार्! भुख लगि थि मै अन्डा टोस्ट कर रहा हुँ"

" अब स्टोरी पोस्ट कर्!"

" हुहु हे हे हे हुवा हुवा हाहाहाहाहाहहा ढिच्याउँssss"


 
Posted on 01-20-08 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्बन्धहरु-६

'नियमपूर्वक यदि मैले दैनिक जीवनका जिम्मेवारी र कामहरु खुरु खुरु सिध्यायको भय म बाट अहिलेसम्म  ठुल-ठुला  काम सम्पन्ना भैसकेका हुन्थे। म पनि एुउटा ठुलो, प्राय ठुलो मानिस हुने थिय। आज मलाइ यो थ्रेड अपडेट् गर्ने बेलामा बिपी कोइरालाको यो भनाइ याद आयो।  ख्याल ख्यालैमा शुरु गरेको यो मेरो जीबनको अविस्मरणिय यात्रालाइ सबै साथिहरुले पढिदिनुभयो, खास भन्ने हो भने त एुटा कमेन्ट न-अैकिन नै सुपरफ्लप् हुन्छ जस्तो लागेको थियो तर सोचे भन्दा धेरै नै राम्रो रेस्पोन्स र हौसला मिल्यो, अझ त्यसैमा साझाका दिग्गज दिग्गज हस्तिहरुको प्रतिक्रिया पाउदा त मन नै फुरुङ्ग भयो। समयमा नै अपडेट् गर्छु भन्यो तर यो लेख्ने काम कति गारो हुन्छ भन्ने कुरा पढ्नेलाइ थाहा नहुदो रहेछ, अचानोको पिर खुकुरिले नजाने जस्तो,  त्यसैमा यो युनिकोडमा लेख्न त साढे सात को ग्रह लागे जस्तो नै हुदो रहेछ। त्यसैले यो थ्रेड जस् जस्ले नियमित रुपमा युनिकोडमा लेख रचनाहरु, कविता, प्रतिक्रिया, गजल, कथा, अनुभवहरु लेखेर साझालाइ अझ रङ्गीन बनाउनुभयको छ, ति सबै साथिहरुमा समप्रित गर्न चाहन्छु, आफुलाइ परे पछि मात्र थाहा हुदोरहेछ, के गर्ने मान्छेको जातै यस्तो,

 आशा छ तपाइहरुको हौसला यसरि नै पाइरहने छु

सम्बन्धहरु-६


From today,  just call me Rose’ भन्दै धेरै कामुकता, थोरै मुस्कान अनि थाहै नपाउने किसिमको स्स्विकीर्ती को इशारा उसको आखा बाट आय जस्तो लाग्यो।

आखा लोभि मन पापी,  मेरो मनमा अबको २-३ घन्टामा बज्ने गित अहिल्यै नै बज्न थाल्यो जोड जोड सङग 'सुहागरात है घुङ्गट उठारहा हु मै......................'

‘Rose, what a sweet name!’ German Ketile bhani

‘Yep, he gave me this name’ नशालु पारामा आखाको इशाराले म तिर इङित गर्दै भनि,

मनमा ठुलो आशा पलायो, उ सिङ्गल, त्यसैमा म पर्ति उसले देखायको उदारता, दीप ब्रो को स्टाइलमै लेखु न, मनमा बार बजेको तोप हान्यो.

अब Sri Lankan Ko पालो आयो, उ अलि अलि नर्भस देखिन्छ, खरानि रङको सट र सिलिक्क प्रेस गरेको निलो पाइन्ट लगायको छ, हेर्दा अलि कुपोशण भय जस्तो देखिन्छ, सबैले पिउनको लागि हातमा केहि न केहि लियका थिय तर उ भने रित्तो हात थियो। उसको असजिलोपनले मलाइ नै कता कता असजिलो बनाइदियको थियो। सबैलाइ सबैको नाम कन्ठ होस भनेर आज पनि सबैले आफ्नो नाम भन्दै थिय। उसको पालो आऊना साथ maile टवाइलेट गयर आऊछु भने, सबै आश्च्य्र परे ‘Coz, Sri Lankan names are so long’ अनि नरम हुदै मैले भने,  उसको त्यो नर्भस अनुहारका रेखाहरु पनि केहि हटे जस्तो लाग्यो, ‘या हि इज राइट्ट, माइ नेम इस् सो लङगग pepole call me Chaminda Vidhaya but my real name is ‘Chaminda RamNayake Wijayakumara Vidanapathirana’

स्री लन्कन नामहरु किन यती लामा हुन्छन? खै यस बारेमा त आफ्नै कथा होला तर  कारण जे भयपनि धेरै ठाउमा यि नामले गर्दा स्रिलन्कन हरुलाइ समस्या पारेको थियो। अस्ति भर्खर येउटा समाचारमा पढेको थिय.. Sri Lankan long names crack down Italian computers.

हामि सबैले उसलाइ चमिन्दा भनन थाल्यो, फेरि क्रिकेटको चमिन्दा भास होइन नि। उसको आखा, बोलि, जीउको हाउभाउ -बडि ल्याङ्गुएज- सबै अलि फरक् थियो, अलि अलि डराय जस्तो, केहि बिराय जस्तो लाग्थ्यो।  मलाइ यति मात्र थाहा थियो कि उ स्विजरल्याण्ड बाट आयको थियो, तर पछि थाहा भयो यो उसको पहिलो युरोप यात्र रहेछ, स्विसमा पनि यस्तै वर्कक्याम्पमा १० दिन बितायर आयको रहेछ, यसपछि बेल्जीयमको अर्को क्याम्पमा १५ दिन बसेर घर फर्किने कुरा बतायो। हावा हुरि आयको बेलामा नगरकोटतिर हिड्यो भने हावाले उडायर कमलबिनायक पुराउल भन्ने डर, अनि सफा टयाम्पुमा सिट नभयपनि उभियरै गुजार चलाउल जस्तो उसको जिउ थियो। मलाइ गेस् गर्न केहि अप्ठेरो परेन कि उ चाहेर पनि केहि पियको थियन। यस्तै हो एसियन पैसा कहा पाउन्डमा कन्भर्ट गर्दा त ढाडै भाच्चिन्छ नि। मलाइ कता कता उ पर्ति दया लाग्यो, हुन त म पनि उहि ड्याङ्को मुला न हो त्यहि पनि, उसले नाइ भन्दा भन्दै Orange Juice किनिदिय, उसले पिउन अप्ठेरो मान्दै थियो.. ‘Take it easy brother'  सायद यो वाक्यले उसलाइ केहि राहत दियको हुनु पर्छ।


पछि गयर उ क्याम्पको सबै भन्दा प्रिय पात्र बन्यो, उसको मेहेनत, हार्ड वर्क, सिम्पीलीसिटी, सबैलाइ सहयोग गर्ने भावना अनि उसको त्यो निस्वार्थ भावनाले सबैको मन जितेको थियो। सायद हामिहरु सबै त्यहा थोरै समाजसेवाको भावना र धेरै रमाइलो यात्राको लागि आयका थियोउ तर उ भने ठिक् उल्टो थियो। त्यो ८ दिनमा उसले गरेको काम सबै भन्दा राम्रो र छिटो हुन्थ्यो अनि फेरि आफ्नो काम सक्ने बित्तिकै सबैलाइ सहयोग् गर्न कस्सी हाल्थ्यो,  सङग मेरो पनी अति नै आत्मियता बढ्यो,  अहिले स्रि लन्कामै छ, समाजसेवाको अहिले एुटा स्कुल भवन बनाउनको लागि १०-१२ जना युरोपियन भलुन्टरहरु बोलाइुदै छु भन्दै थियो। उ जस्ता स्वच्छ अनि मन भित्रै देखि समाजसेवामा खटियका ब्यक्तिहरु भयको भय सायद अहिलेको hami baseko सन्सार अझै राम्रो हुन्थ्यो होला..

ल अब जाउ भन्दै केहि उठ्न थाले, १२ बजिसकेको थियो। जर्मन र डेनिशले त्यहि bar बाट १-२ घन्टाको लागि क्लब जाने प्रस्ताव राखे, अरु कसैले केहि प्रतिक्रिया जनायनन्, म भने रोजको बिचार बुझ्दै थिय, उ पनि केहि बोलिने, अंेरिकन भने 'यु गाइज इन्जय, आम् लिल् टाइयड्' भन्दै पन्छिन खोजि,  हामिहरु सबै बारबाट निस्केउ र जुन् क्लब देखिन्छ त्यसैमा जाने भन्ने कुरा आयो, म पनि पायको बेलामा चान्सामा डान्स आगोमा मट्टितेल दीइ हाले, रोजसङ जुका टासियजसरी चिप्किन थाले। उसलाइ अलि अलि बियर लागेको हुनु पर्छ त्यसैले बिहान भन्दा अलि बढि नै खुलेर कुरा गर्दै थीइ

So you like clubbin?  मेरो अप्रत्याशित प्रश्नले उस्ले टाउको घुमाइ र भनि ‘Hey you, Im a party gal, how abt U?’ अब यहि मौकामा उसको मन जित्नु पर्छ भन्दै कुरा दीइ हाले ‘Ya same here, but I enjoy company for frens than clubbin’’

‘I hate Pop music’ , उसले नाक खुम्च्याउदै  भनि त्यहि पनि उसको सुन्दरतामा केहि कमि आयको थियन, ‘But Im crazy abt rock music’ She added. हामिहरु पछि पछि थियो, सबै आफ्नो आफ्नो ग्रुपमा हिड्दै थिय, रसियन र सर्बियन, स्रि लन्कन र जर्मन्, अंेरिकन डेनिश अनि फेरि अर्क जर्मन र सर्बियन्।

एुटा क्लब देखियो, हामिलाइ छिर्न दियन, पासपोट चाहिदो रहेछ, हाइ कसैले पनि बोकेका थियनौ,  सबैको मुखबाट एकै शब्द निस्क्यो WTF, सायद Sri Lankan यो पनि कुनै क्लब को नाम हो कि भन्यो होला ,

मेरो बिचारमा अंेरिकन भने खुशि देखिन्थी , त्यसको लगत्तै अर्को क्लब रहेछ, त्यहा भने आराम सङ्ग छिर्न् पाइयो,  कतिले त फेरि पनि तिनपानि चढाइ हाले, सर्बियन त ५ मिनेटमै झाक्रि लागेजसो  गरेर हल्लिन थालि, त्यसपछि डेनिशको पालो थियो, आफुलाइ पनि जाउ जाउ जस्तो लाग्यो तर रोज बिना त म एक्डग पनि चल्नेवाला थीइन, उसलाइ भने 'लेस् गो', क्लबमा जोड् जोड् सङग बजेको Music ले केहि बुझ्न गारो थियो, उसले के भनि केहि थाहा भयन। उसको कानै निर गयर भने लेस् गो टु डान्स्’ … मलाइ चुम्बन नै गर्न् थाले जसो गरेर कानमै मुख जोडेर भनि 'I hate this song' हुन त मलाइ पनि अति नै मन नपर्ने गित थ्यो त्यो, अचम्म लाग्यो  कस्तो कस्तो अजीबको गित बजाउदा रहेछन भनेर, त्यो गित एक् जमानामा काठ्मान्डुमा छदा Music Jam ra Rhytm Borthers ko कान्तिपुर् एफ् एम् मा दिनमा १० पटक बज्ने गित हो who lets the dog out who who who……’ तर म भने आर जे प्रसन् र आशिसको अति नै फ्यान थिय, अहिले सम्म कति एफ् एम् सुनियो , तर प्रसन् को जस्तो powerful and pleasant voice  मैले सुनेको छैन।  मान्छे पनि सारै फ्रेन्ड्लि रहेछ, एक् पटक BICC मा भेटेको थिय। उ MTV ko VJ हुन सक्ने खालको मान्छे हो, पर्सनालिटि पनि छ, पछि सुन्नमा आयो फाइनल राउण्डमा गयर फालियो रे त्यहि भेटेको बेलामा MTV ko popular VJ निखिललाइ भेटेर हफ्ताको एक् घन्टा बम्बे बाट नै रेकर्ड गरेर प्रोग्राम चलाउथ्यो, तो सबै प्रसनको कनेक्सनबाट हो रे,
 

कोहि कता थिय कोइ कता तर मेरो लागि भने रोजसङ नजिकिने ठुलो मौका थियो, मौकामा हिरा फोर्नु बेमौकामा कौडि नछोड्नु भन्ने त थाह थियो आज प्रयोग पनि गरेर हेर्नु पर्यो भन्दै फेरि जानि जानि उसको कानमा बिस्तारै फुके ‘Wanna have some drinks?’  उसले सजिलै नकारिदीइ, ‘No thanks’ ..! ‘ सरि  मैले फेरि नसुने जसो गरे, उ अलि ठुलो स्वरमा मेरो कानैमा आयर भनि ‘Not now’ , त्यो बेला उसको जिउले मलाइ हल्का स्पर्श दियो मनभित्र आधिबेरि आयजस्तो उथुलपुथुल भयो, उसको त्यो नरम गाला कता कता मेरो गाला सङ टासियजस्तो लाग्यो, मनमा फेरि भुइचालो आयो, ८ रेक्टर भन्दा कम त पक्कै थियन।

 

भोलि फेरि १ बजे दिउसो एुटा चर्चमा पेन्टिङ् गर्ने प्रोग्राम् थियो, त्यसैले हतार् होला भनेर हामि सबै होस्टेल् तिर लाग्यो, सबै जना गुडनाइट भन्दै आफ्नो आफ्नो कोठा तिर लागे, डेनिशलाइ अझै पिउनु पर्ने अनि साथि चाहियो रे किचनमै एक्  छिन बसन आग्रह गरि, उसको कोठा पनि त्यहि थियो अनि मलाइ पनि खासै निद्रा लागेको थियन, साथ दिय, रोज पनि म सङग  नै थीइ। रोज र डेनिशको मित्रता पनि नजिकिदै थियो, दुबै पाटि गल्स्, अनि उमेर पनि उस्तै उस्तै, उनिहरुमा धेरै समानता थियो। दुबै जनाले हल्का साइडर पिउन थाले, म भने पानि तान्दै बसेको थिय, रातको २ बजि सक्या थियो। हामि ३ जना अर्थ न बर्थका कुराहरु गर्दै बस्दै थियो। डेनिश डिम्पल पनि म सङ्ग अतिनै खुलेर कुरा गर्थि, हाम्रो धेरै कुरा मिल्थ्यो। गीत सङीत र हलीउड मुभिमै हाम्रो गफ सिमित् थियो, हेर्दा हेर्दै डेनिस झुपु झुप् निदाउन थाली, OK guys, I will sleep भनि,
 

मनले जे आठेको थियो त्यहि हुने भयो भन्दै मनमनै प्रभुको नाम पुकारे, अब रोज र म मात्रै हुने भयोउ, तर रोज पनि उठेर जान्छु भन्न थालि, उसलाइ फोर्स् गर्दै भने

‘R U also goin’? उसलाइ एक्लै बस्न अलि अप्ठेरो लागेको कुरा बुझ्न मलाइ  केहि अप्ठेरो परेन, उसलाइ पनि निद्रा लागेको थियन, त्यो कुरा मलाइ पक्का थाहा थियो, रोजले डेनिशलाइ बस्न आग्रह गरि तर उ ओके भन्दै त्यै सुत्न थालि,  ‘Let her sleep’  भन्दै उसको कोथामा जा भने, रोज केहि बोलिन अनि हामिलाइ हेर्दै नहेरि सरासर लागेको तालमा हिडि, ढोकामा दरो निधार ठोकिछ , FucckkK YOU bhandai  कोठा मा छिरी..

रोज सारै न नर्भस थीइ, किन हो मलाइ केहि थाहा थियन, सायद उसलाइ अलि डर थियो या, उसलाइ मेरो नियत प्रति शन्का थियो, या उ पनि त्यहि चाहान्थि जे म चाहान्थे। यस्तो बेलामा अरुको मनको कुरा बुझ्न पाय कति सजिलो हुन्थ्यो होला है। तर म पनि केहि बोलिन। उ टेबुलको अर्को साइडमा थीइ, मैले उसलाइ मजाले हेरिरहे, कति सुन्दर अनुहार, कस्तो मिलेको आन्खा, त्यो सलक्क परेको नाक, अनि मलाइ सबै भन्दा मन पर्ने उसको त्यो सलल सलल बगेको कपाल, त्यसैमा उसको German Accent ko English बेला बेलामा होशै उडाइदिने त्यो उन्मुक्त हासो।

खासै भन्ने हो भने मलाइ त उसले खुट्टामा राखे पनि सुहाउने खालको थीइन म, कहा उ कालिगढले कुदेजस्ति अनि कहा म चार्ली च्याप्लिनजस्तो तर पनि मान्छेको मन आश भने लाग्न नछाड्ने। एक् जना साथिले भन्थ्यो केटिहरुको आन्खा फुटेको हुन्छ रे, त्यसैले जति राम्रि केटि भयपनि तिमिले कहिल्यै हिम्मत नहार्नु, के थाहा तिमिनै उसकओ राजकुमार पो हुन सक्छौ कि? मलाइ त्यो बेला त्यो साथिको झलझली याद आयो। हुन पनि केटाले Keti को शारिरिक सुन्तरतामा बढि ध्यान दिन्छन भने केटीहरुको अगाडि राम्रो पुरुश हुन शारिरिक कुरा बाहेक अनेक कुरा हरु पर्छन् रे, कता कता Cosmopolotian मा पढे जस्तो लाग्छ..

 

तर म अब बोल्ने शब्दमा अली सम्बेदनशिल् हुनु जरुरि थियो, म उ पर्ति नकारम्त्क इम्प्रेसन पार्न चाहन्नथे, क्रिकेटमा पहिलो बलमै छक्का हान्छु भन्दा कस्ता कस्ता महारथिहरु डक आऊट भयको पनि धेरै हेरियो, सचिन् होस् या लारा, या पोन्टिङ् होस या जयासुर्या, तर बिस्तारै बिस्तारै सिङ्गल सिङ्ग्ल बटुल्दै होशपुर्वबक् खेल्यो भने कैफ जस्तो ले त सेन्चुरि हान्दो रहेछन

‘I have exam, right after this workcamp’ उसले कुरा मोड्न थालि,

‘Oh really?’  सायद मैले अलि बढि न भन्नु पर्थ्यो क्यारे,

अचानक मेरो मुखबाट निस्क्यो ‘You are really beautiful’ त्यो मेरो अन्तराअत्मा बाट निस्केको थियो, मैले दबाउन् खोज्दा खोज्दै पनि निस्कि हाल्यो, अनि मलाइ पछुतो पनि लाग्यो सायद मैले ब्याड टाइममा भने कि भनेर..

उ मुसुक्क हासि, 'You are so direct’’ म तिर एक् नजर दीइ ‘You are also very  jolly guy’ उसको हासोले ठुलो मुक्ती दियो.

पढाइ, घर परिवार, आदिको बारेमा सामन्य गफगाफ भयो,  ‘ I will make coffee for you ‘ म उठे,

‘No no, I need to sleep now’’ usale  भनि

तर म म भने उठेर कफी मेसिनमा पानि हाल्न थाले, यो सबै DALE CARENGIE ko ‘ How to win freineds and influence people’ भन्ने बुकको कमाल थियो, कसैलाइ कफि खुवाउनु छ भने, कफी खाने हो? बनाउ, भनेर टाइम वेस्ट गर्नु भन्दा सिधै बनायर टक्रायुनु राम्रो कुरा हो..

 

३ बजि सकेको थियो, सुत्ने मुड नि थियन, सकेसम्म उसलाइ पनि सुत्न नदिने मेरो उधेश्य भयकोले कफि खुवायको थिय। कफि बनाउने बहानामा कफि लगेर उ सङै बसे, नढाटि भन्नु पर्दा मनमा कुनै कुविचार थियन, उसको कम्पनिनै मेरो लागि सबैभन्दा ठुलो कुरा थियो,  अप्सरा जस्ति सङ्ग दुइ चार कुरा हरु गर्नु नै मेरो लागि खुशिको कुरा थियो।


मेरो मनमा सबिन राइको मधुर आवाज गुन्जिरहको थियो

कोमल त्यो  तिम्रो बदनमा झुल्न मन लाग्यो
एक छिनलाइ सारा भुलेर निदाउन इच्छा जाग्यो

 कुरै कुरामा उसको हात समाउन पुगे, खै किन हो, के कारनले हो, राम्रो सङ्ग याद छैन, उसले पनि केहि माइन्ड नगरे जस्तो लाग्यो। मलाइ त सपना हो कि बिपना जस्तो लाग्यो। उ पनि चुपचाप थीइ। बिस्तारै बिस्तारै उसका ति कोमल औलाहरु मेरा औलाहरु सङ्ह स्प्रश गर्न थाले अनि उसको त्यो मधुर् हसाइ ले झन हौसला बढायो, 'लड्की हसी तो फसी' भन्ने साच्चै नै हो कि जस्तो लाग्यो

 ‘Give man a free hand, he will run over you’..भन्ने भनाइ त सुनेको थिय तर त्यो बेला त्यो भनाइलाइ नै गलत प्रमाणीत गरिदिय..

साझामा यस्तो धेरै कुराहरु लेख्नु पनि सायद राम्रो हुदैन होला, त्यसैलेतर यतीबेलासम्म उसको र मेरो बिचमा दुरि नै थियन। मलाइ आफैलाइ बिश्वास गर्न गारो हुदै थियो। तर मेरो होश हवास ठिक् ठाउमै थियो, हामिहरु सामन्य कुरा गर्दै थियो, जीवनमा कहिलेकाहि यस्ता मोडहरु पनि अौछन जतिबेला आफैले आफुलाइ कन्ट्रोलमा राख्नु पर्छ, मैले भुलेर पनि केहि नकारात्मक कदम चाल्ने पक्षमा थीईन, गफ गर्नु र वास्ताविकतमा धेरै फरक हुन्छ। ‘Oh Coffee’ भन्दै उसले चिसो कफि पिउन थालि

‘OK, now I really have to go’’ भन्दै उ उठि, म पनि केहि प्रतिकार गर्ने पक्षमा थीइन, उसको कोठा अर्को बिल्डिङमा थियो, म उसलाइ बाहिरसम्म छोड्न आय।

 उ मेनगेट खोलेर बाहिर निस्किसकेकि थीइ मैले पछाडिअबाट बिस्तारै बोलाय

‘Rose------------------‘

'Ya………..’’ उसको बोलिमा अवश्य पनि केहि भावना लुकेको थियो

बिहानको ४ बजिसकेको थियो, झिसमिसे उज्यालो थियो, मैले आफ्नो आग्रह राखे

‘I wanna kiss you’ शरिरभरिको ताकत एक ठाउमा जम्मा गरेर मैले भने, 

मैले यो कुरा अघि नै किचनमा भन्न सक्थे तर उसलाइ अप्ठेरो नहोस् र अर्कै अर्थ नलागोस् भनेर बाहिर खुला आकाश मुनि भनेको थिय।

‘Naughty Boy’ भन्दै उसले ढोकाबाट बाइ भनि

 

सम्बन्धहरु बढ्दै छ।



-------------To be contd------
Thanks for reading


 
Posted on 01-20-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,
This is a romantic plot of your journey. You are perfect writer in expressing your real thoughts. This is long part as compared to others and enjoyed the weekend. I liked the style you put those

'
लड्की हसी तो फसी'

‘Give man a free hand, he will run over you’.

"केटिहरुको आन्खा फुटेको हुन्छ रे, त्यसैले जति राम्रि केटि भयपनि तिमिले कहिल्यै हिम्मत नहार्नु, के थाहा तिमिनै उसकओ राजकुमार पो हुन सक्छौ कि
?"

and kasari milayeko ho yo?

मलाइ चुम्बन नै गर्न् थाले जसो गरेर कानमै मुख जोडेर भनि 'I hate this song'

I bet you would get many calls from the gals if you were here in US.
 
Posted on 01-20-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

------Light- 2 and Birkhe bro, malai pani euta GABBAR SINGH ko joke bhanna man lagyo

बिर्खे ब्रो ले बिए गरेको ८ महिनामै श्रीमति बिर्खेनिलाइ दुइजिऊकि बनायछन, अनि त्यो सुत्केरी अवस्थामा पनि भाउजुलाइ दिनमा १० पटक शोले फिलिम हेराउदा रहेछन,
'ल बधाइ छ बिर्खे बुढा, अब मर्ने बेलामा बाउ बन्नु भयो, सुपुत्रको', नर्सको यो भनाइले बिर्खेको पुरुशार्थ माथि शन्का नभयको पक्का भयपछि, हाम्रो बिर्खे ब्रो, अति नै खुशि नि
'तर त्यो नवजात शिशुले बारबार आमालाइ एुउटै प्रश्न गरिरहन्छ'
'के प्रश्न?' बिर्खे ब्रो अचम्मै मानेछन
बोलो कितने आदमी थे?
khit khit khit khit
-----------------


CL hon, your stories are just superb. But these days, my hectic schedule does not permit to go through all the stories, am missing your MANAI CHHUNE kathaharu. Very eager to read your Golden Hit TIMI YOUNKO MAMALAMA KAMJOR CHHAU. I think thats superb series, so far only ready 2-3 parts. will comment later after readin.

----------
Hey Pjna, ooooooooooops!!!! strange, Dont know what made me think you BRO :-) perhpas u did not give any hints you wee Sis LOL.......anyway, les forget it here. Imagination makes many things wonderful, not only story ni hehehe....alright, please keep reading like before hai......Pjna Sis

---------------
Parbatey bro, I really appreciate your comments, Im happy that you liked it...hahha aba ketiko kura tyastai ta ho ni........haha k bhanne yar aba, Broharu jasto khappis ko agadi ta hami ta k ho ra



 
Posted on 01-20-08 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाssssssssssssssssssssssssssssमी छ झिल्के दामी !

बिशेष गरि भाग-६ को अन्तिम तिरका अनुच्छेदहरु त गजबै लागे। कस्तो बिस्ताssssssssssssssरै नशामा चढ्दै जाने। निकै मीठो  छ प्रश्तुति।

मज्जाले धक नमानिकन लेख। म त झिल्केको पंखा नै भएँ ल अब।


 
Posted on 01-20-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Travel is always exciting and the experience gained from it makes people's perspective toward life more broaden and this applies to all the people but everybody can not express their travel experience in the interesting way like you.The writing style you have adopted to link the general knowledge and other prevalent stuffs to describe the incident is so impresive, i.e. "एक् जना साथिले भन्थ्यो केटिहरुको आन्खा फुटेको हुन्छ रे, त्यसैले जति राम्रि केटि भयपनि तिमिले कहिल्यै हिम्मत नहार्नु, के थाहा तिमिनै उसकओ राजकुमार पो हुन सक्छौ कि? मलाइ त्यो बेला त्यो साथिको झलझली याद आयो"

While reading your writing I was totally lost in thinking that I was there for the moment.But I didn't do anything for your Rose hai... just looking both of your's activities

 


 
Posted on 01-21-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! धमाका त धमाका नै गर्या रेछ नि यता! कस्तरि मजाले बाँधेको यार लेखाईले! मजा आयो!

जमानाको लेख्ने बानि परेको लेखक भन्ने प्रमाणित भइहाल्यो नि!

ल ब्रो अरु आउँछ कि भनेर कुराssssन दिराको छ ल मैले!


 
Posted on 01-22-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ब्रो, ब्रो को निरन्तर हौसलाको लागि धेरै धेरै धन्यबाद,  अनि बिस्तारै बिस्तारै नशामा अौनु पर्यो नि ब्रो, अब नेपाल तिर गाडिमा पढ्ने गर्या थियो 'ढिलो गय अवश्य् पुगिन्छ, छिटो गय भन्न सकिन्न.........'

---------
Light-2 ब्रो, यु क्यान टेक् रोज विद् यु, जस्ट किडिङ् है फेरि

---------------
जीम्माल बा, धमाका त तपाइहरुको कमेन्ट ले गर्छ नि, धेरै धेरै धन्यबाद हौसलाको लागि,
अनि त्यो गब्बर सिङको जवाफमा केहि झकास Reply अौछ कि भनेर कुरेर बस्या थिय तर
 
Posted on 01-25-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा à¤¹à¤¾! à¤¦à¤¾à¤®à¥€ à¤› à¤à¤¿à¤²à¥à¤•à¥‡ à¤¬à¥à¤°à¥‹!

तिमीले character à¤¹à¤°à¥‚को potrayal à¤¨à¤¿à¤•à¥ˆ à¤®à¤œà¥à¤œà¤¾à¤²à¥‡ à¤—रेका à¤›à¥Œ!

भनेपछि à¤à¤¿à¤²à¥à¤•à¥‡à¤²à¥‡ à¤•à¥‡à¤Ÿà¥€ à¤ªà¤Ÿà¥à¤Ÿà¤¾à¤‰à¤¨à¤•à¥‹ à¤²à¤¾à¤—ि DALE CARENGIE को à¤¬à¥à¤• à¤¨à¤¿ à¤ªà¤¢à¥à¤¦à¥‹ à¤°à¥‡à¤›!

लेखम à¤²à¥‡à¤–म à¤…रू à¤¨à¤¿!


 
Posted on 01-25-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Till I write the NEXT EPISODE, Have a happy weekend, Guys

--
Chitre bro
Dale Carnegie को त के कुरा भयो र?  How to be a Sensual Man भन्ने अनौठो नाम भाका किताप त पढियो तर केटी नै पट्याउन भने होइन है , by the way, thanks a lot for your comments, ma ta timile pani maya maryou bahnera kya Pir mani raha ni, these days, im lil busy ke so cant come often here in Sajha. La ta hai....MOJ GARA BHOJ GARA
 
Posted on 01-25-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau sathi ko rose ta kaha pugisakechha 

"हावा हुरि आयको बेलामा नगरकोटतिर हिड्यो भने हावाले उडायर कमलबिनायक पुराउल भन्ने डर"-- nahasauna yesari , bichara shrilankan

"who lets the dog out who who who……"OMG yo song ta ma pani sunna sakdina, kahile man parena

"केटिहरुको आन्खा फुटेको हुन्छ रे"---lau na k bhaneko testo  tettikai arkako aakha futaidine bhayena ni testo ta

lau aba aakhanai futaide pani padna chai pade, ramailo laagyo timro sambandhaharu good going buddy.

Last edited: 26-Jan-08 10:49 AM

 
Posted on 01-25-08 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  ekdamai hansaeu Amazing... haha... kya ramro...
 
Posted on 01-26-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhilke bro, la arko dhamaka episode. Padhera hasda hasda jhandai murchha parya. Dami lagyo yo part pani. baki part ni chadai padhna paiyos.  
 
Posted on 01-27-08 4:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Dipika,
Where have u been? kina ho Sajha bata harayako? Thanks, finally you appeared Yesari maya marnu bhayena hai...ani tyo ankha futaune kura LOL....tyahi Futeko Ankha ma herdai git gaune hoina ta?
तिम्रो आँखाको सागरमा लहर लहर दैडिरहेछ ........... lol
-----------------
Kancha bro, thanks a lot.....ali ali ta hasnu paryo ni hoina ra, aja marne ho ki bholi k thaha LOL.......please keep coming like this la

----------
Nepche bro, thanks a lot.....ani bro k hudai chha ta yar? Literature mai busy ho?

 
Posted on 01-27-08 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पनि मनै त हो पार्वती - ७

बिहानको ४ बजिसकेको थियो, झिसमिसे उज्यालो थियो, मैले आफ्नो आग्रह राखे

‘I wanna kiss you’ शरिरभरिको ताकत एक ठाउमा जम्मा गरेर मैले भने,

मैले यो कुरा अघि नै किचनमा भन्न सक्थे तर उसलाइ अप्ठेरो नहोस् र अर्कै अर्थ नलागोस् भनेर बाहिर खुला आकाश मुनि भनेको थिय।

‘Naughty Boy’ भन्दै उसले ढोकाबाट बाइ भनि

सम्बन्धहरु बढ्दै छ।

कोठामा फर्के निद्रा लाग्ने कुरै भयन, मनमा धेरै कुराहरु खेलिरहयो, रोजको बारेमा, उसको सुन्दरताको बारेमा, अनि उसका आफ्ना भावनाहरु, उसको त्यो अस्ट्रियाको ठाउ, स्विट्जरल्यान्ड अस्ट्रियाको बिचमा पर्छ रे, नाम चाइ इन्स्बर्क हो, त्यो बिचमा एुटा सानो तर सफा खोला , अनि साना साना पहाडहरु, वरिपरि हरियो जङगल, फराकिलो रोड, अनि फेरि जाडोमा सबै जमेर हिउ हुन्छ रे। उसले सबै भनेकि थीइ केहि बेर अगडि।

त्यति रमाइलो ठाउमा पनि मेरो मन रम्न सक्दैन, उसले अलि भावुक हुदै नशामा भनेकि थीइ। मलाइ उसको पारिवारिक या ब्यक्तिगत कुराहरु थाहा भैसकेको थियो, सायद मैले चाहिने भन्दा बढि नै सोधेछु जस्तो पनि लाग्यो। तर उसले नै होस्टेमा हौसे थप्दै कुरा गरेकि थीइ, ‘You guys care so much about others, I like that culture’ त्यो रात उसले आफ्ना मनका बेदनाहरु धेरै नै पोखेकि थीइ सङ्ग। खै किन हो, के कारणले हो, हामि बिच अति नै आत्मियात बढिसकेको थियो, अर्थात मलाई मात्र त्यस्तो भान परेको थियो कियस्तै यस्तै नानाथरिका कुराहरु खेल्दा खेल्दै कति बेला सुतेछु थाहै भयन, सपनामा पनि रोज नै देखेछु।

निद्रामै थिय, कसैले का Knock गरे जस्तो लाग्यो, बाहिर बाट डिम्पल चिच्याउदै थीइ, ‘Wake up, Mr Lazy’ यसो घडि हेर्छु साढे बार बजिसकेछ अबको १५ मिनेटमा ready hunu chha. हतार हतार उठे, थ्यान्क्स् डियर, यो सुनेर डिम्पलको डिम्पल अझै सुन्दर देखियो। भने अलि झर्के जस्तो गरेर भन्दै थीइ ‘You r always late’ उसको त्यो बोलिमा अलि अलि रवाफ धम्किको सकेत थियो, स्रीमतिको जस्तै तर मलाइ अति नै मन पर्ने भन्या, किचनमा सबै जना जम्मा भैसकेका थिय, आज पनि मैले ब्रेक्फास्ट गर्न नभ्याउने भय, 'हाइ गाइज, मर्नीङ्' सबैलाइ एकैपटक दर्शन गरे, रोज पनि त्यहि भिडमा थीइ 'हेय् रोज, डिड् यु स्लीप् वेल्' मेरो प्रश्नको जवाफ उसले टाउको हल्ल्यार दीइ


आज तेस्रो दिन थियो तर यति छिटै सबै सङ्ग यति राम्रो सङग घुल्मील होला भनेर सोचेको थीइन,मेरो सबै भन्दा मिल्ने साथि डिम्पल थीइ, सर्बियन पनि सङ्ग अति नै क्लोज हुन खोज्थि तर खासै कुरा हुन पायको थियन, अनि रसियन, स्रिलन्कन सङग पनि एक्दम खुलेर कुरा हुन्थ्यो अब रोज रोज भै हालि. अरु बाकि हरु सङ्ग हाइ हेल्लो मै सिमित थियो, आज एूट Cathedral जाने घन्टा जति पेन्टिङ् गर्ने, अनि प्रेयर सुन्ने हाम्रो लागि लन्च पनि त्यहि ब्वस्था गरियको थियो। त्यसै अनुरुप हामि एक् हुल भयर ग्रुप लिडर Oliver को पछि पछि लाग्यो, हामिहरु Newark Street मा बसेका थियो, त्याहा बाट Market Street , Hotel Street हुदै Leicester Cathedral पुग्योउ, १० मिनेट मात्र लाग्ने रहेछ।

समयमै पुगियो, लेस्टर सिटिको प्रमुख आक्रशक मध्य एक रहेछ त्यो Cathedral तर मलाई भने मन्दिर मस्जिद सङ्रालय्हा चर्च स्तुपा यस्ता चिजले कहिल्य पनि मन लोभ्यान। काठमाडौंमा छ्दा पनि कहिल्यै मनले चाहेर पशुपती गैयन, बरु बिहान बिहान कहिलेकही त्यो बाटो हिड्दा - रुपैयाँ माग्नेलाई दिन्थे, मन त्यसइ हलुका हुन्थ्यो, जे होस् बन्काली जङल त्यो पशुपती डाँडाको भने आफ्नै कहानी , फुर्यो भने कुनै दिन साझामा लेख्नु पर्ला।

अहिले दिउसोको एक बजेको , सिमिसिम पानी अनी आकाशमा कालो बादल , इङ्ल्यान्डमा पानी नपर्ने दिन नै हुँदैन क्यारे, मलाई भने पानी परेको मौसम अतिनै रोमअन्चक लाग्छ, जब जब पानी पर्छ तब तब मलाई मेरो बाल्यकाल्को सम्झना आउछ, घरमा सिरक ओडेर बस्यो अनी त्यो पानिले जोड जोड सँग टिनको छानोमा हान्दा अनौठो किसिम्कको आवाज अऔथ्यो, साथीहरु छम्मा छम्मा छैया छैय..’ सुन्दै बस्थे भने अल इन्डिया रेडियोमा तेरी आन्खो कि सिवा दुनियाँमे रखा क्या है ……..’भन्ने जस्ता Oldies आँफैलाई हराउथे.. स्कुल जान पनि नपर्ने, के गर्ने घरमा छाता पनि थियन, एक दिन भिज्दै भिज्दै स्कुल गयको, स्कुलको स्थिती पनि त्यस्तै फेरी हाहा हा

, पानी View/Share this post only

 
Posted on 01-27-08 5:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Contd...........हाम्रो पनि मनै त हो पार्वती - ७


पानी चुहेर कक्षानै पोखरी जसतो हुन्थ्यो। पानी सँग मेरो मित्रताको दिन स्कुले दिन देखी नै हो

 

हल्का सिम्सिम पानी ले गर्दा आजको काम पेन्टिङ पनि नहोला जस्तो , बजे लन्च प्रोग्राम , एक घण्टा फ्री Cathedralको बारेमा पढ्नु भनेर केही पर्चाहरु दियो, सबैजना साथीहरु एुऊटा कुनामा छन, रसियनले जर्मन् च्यापे जस्तो जुन कुराले मलाई अप्रथयाक्ष फाईदा नै पुग्ने देखियो,  स्रिलन्कन, डिम्पल रोज जोक गरिराछन, सर्बियन, अमेरिकन बाँकी फोटो खिच्न मै ब्यस्त छन।

 

रोजलाई एक नजरले हेरे, झन झन सुन्दर हुँदै छे, फेयर एन्ड लभली को फेयरनेस क्रिम लगाउनै नपर्ने ,हुन डिम्पल  पनि कम थीइन, हेर्दा हेर्दाइ डिम्पल सँग आएर भनी ‘We r goin for shoppin, wanna join?’ जस्ता तस्ता उस्को डिम्पल देखेर नै खुत्रुक्क हुन्थे होला, भगवानले दियकै हुन मोरिलाई गालाको बिचमा त्यो मोहनी लगाउने खोपिल्टो

 

केटीहरुलाई पनि बेला कुबेला शपिङ जानु पर्ने, तर चुप लागे, त्यस्तो स्तिथिमा केही बोल्नु ठुलो गल्ती हुन्थ्यो, आफुले खानेको खाडलमा आँफै  जाकिन मन  छैन भने  जीवनमा दुइवटा कुराहरु केटीहरुलाई भुलेर पनि नभन्नु ‘You look fat’ ‘Don’t go shopping’. मलाई खासैजाने मन थिएन तर त्यहा बसिरहन पनि मन लागेन, ठिटिहरुको पछी पछी लागे, लेस्टर पनि यसो घुम्नु थियो। आज यो मौसमले पनि साथ दियको 'आज मौसमा बडा बेइमान है, आनेवाला कोइ तूफ्यान है' भने जस्तो

 

दुई चारवटा मलहरु घुमियो तर ठिटिहरुलाई भने पाउन्डको समान किन्न हजार पाउन्ड्को कच्कच, साह्रै नहुने यार तर धन्न एउटा शो रुममा केटाहरुको लागि भनेर अलग्गै Big Screen TV को व्यवस्था रहेछ, मजाले फुट्बल हेरर्दै बसे। यही मौकामा ले पनि एउटा शपिङ गरे England लेखेको No 4 , को जर्सी किने, Stephne Gerrad लिभरपूल्को क्यप्टेन अनी उसको ठुलो फ्यान। यस्को पछाडि पनि कारण , २००५ को Championship league फाइनलमा AC Milan बिरुद्द फस्ट हाफमा -0 ले पछी परेर पनि Liverpool ले फुटबल ईतिहासकै एक उत्कृष्ट Comeback गरेको थियो, अहिलेसम्म मैले त्यती Exciting फुटबल हेर्न पायको छैन। त्यो म्याच सकियपछी कोठामा एक्लै चिच्याको थिय, मेरो अपार्ट्मेन्ट मेट पनि एक्लै त्यसरी नै चिच्याउदै रहेछ, हा हा हा पछी पो थाहा भयो

 

हामी 3 जना भिज्दै भिज्दै Cathedral फर्योउ, चिसो चिसो मौसम थियो, रोजको कपाल हल्का िजेको थियो। यतिबेला सम्म शायद डिम्पल्लाई मेरो रोजप्रति एक्तर्फी झुकाव भयको शन्का पैसाकेकी थिई, बेलाबेलामा 'Rose, Yu have to visit us after workcamp’ भन्दै झट्का दिन्थी। रोज साह्रै नै मजाकी केटी थीइ, प्राय मुसुक्क हास्थी अनी कुनै कुरा इन्कार नगरने, पानी अली जोड्ले बर्सिन थाल्यो,  रोज चाइ Oh no भन्दै सलक्क परेको सिल्की कपाल मन्दाकिनी स्टाइल्मा झट्कारी, यता आफ्नो भने हालत खराब भाईसक्यो    'बर्षात मा तिमी रुझ्दा झरी बनु लाग्यो, केशबाट तप्प चुइने पानी बन्यो लाग्यो' भन्ने गीत झलक्क सम्झे' ढकाल सरले गीत भने गायकै हो यार.

 

रोज हिजो रातिका कुराहरु सकेसम्मा नानीकल्ने पक्षमा थियोउ, हुन के नै भयको थियो , युरोपइयन लाइफमा यो सामान्य नै थियो तर भने केही भुल्न सकेको थीइन, कतिबेला रोजसँग एक्लै कुरा गरु जस्तो भै एस्अकेको थियो तर चान्स नै नमिल्ने।

 

लन्च पछी पानरोकियन, त्यसैले अब हामीलाई त्य्हा भित्रै केही सामान्य काम दिय, आजको ग्रुपमा अमेरिकन सँगइ परेका थियौ। सँग मेरो hi hello मात्र चलेको थियो, अहिलेसम्म अमेरिकनहरु सँग खासै संगत गर्ने मौका मिलेको थिएन,

 
Posted on 01-27-08 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Contd...........हाम्रो पनि मनै त हो पार्वती - ७


अहिलेसम्म अमेरिकनहरु सँग खासै संगत गर्ने मौका मिलेको थिएन, मैले भेटेका 6th or 7th अमेरिकअन हो, अरु भन्दा अली फरक थीइ, स्लिम, कालो कपाल, ठुला ठुला आँखा, गहुगोरो अनी लाम्चो अनुहार, ज्यान नै फाल्नु पर्ने अनुहार चै होइन तर साह्रै नै भलादमी कुरा गर्ने। Im from US भन्दा  पनी Im from New York भन्थी, उसको नाम पनि सारै राम्रो  Melissa, उमेर २८ बर्ष, American born, from  Greek Parents.

 

वास्तवमा Melissa को मेरो धेरै कुरा मिल्न थाल्यो, उसले मेरो धेरै कुराहरु बुझ्थी, उसको जीवनप्रतिको सोचाइ, अरु सँग गर्नुपरे व्यबहार, एउटा नारिमा हुनुपर्ने लचकता अनी फेरी आत्मबिश्वास, सबै गुणले भरिपूर्ण थिई, शायद Woman of substance भन्न्छन क्यारे। रोज हेर्दा आकर्शक थिई तर मेलिस्साको भित्री सुन्दरता रोजभन्दा धेरै नै गहिरो थियो। मलाई बिस्तारै बिस्तारइ मेलिस्स्सा अती नै राम्री लाग्न थालयो अर्थात मैले उसलाई आदर गर्न थाले  उसको मेरो सम्बन्ध अर्कै थियो, सँग धेरै जसो intellectual गफहरु ब्ढी हुन्थ्यो। मेल्सिस्सालाई कहिलेपनी मैले त्यो दृष्टिले हेरिन जुन दृष्टिले रोज, सर्बियन डिम्पल लाई हेरेको थिय। मेलिस्सा हाम्रो ग्रुपमा सबैभन्दा बढी उमेर भयकिले नो होला धेरै नै परिपक्क थिई। बिस्तारइ घुल्मैल हुन्थी अनी उसको प्रभाव पनि बिस्तारै पर्ने, Slow Poison जस्तो

 

 

मेलिसा एउटा सम्पूर्ण नारी थीइ, जीवन सम्बन्धहरुको बारेमा पछी पछी उसले मल धेरै कुराहरु सिकाइ। लेस्टर भर्मणको पहिलो सम्झना रोज हो भने दोस्रो मेलिसा हुने भै। त्यो दिनमा उसले धेरै नै प्रभाव पारी। उसले पनि मलाई आफ्नै भाईलाई जसरी माया गर्थी, मैले भनेर Pappy Sis जिस्काउथे, पछी रोज सँगको कुरा थाहा पाइछे अनी जिस्काउने पाराले बेला बेलामा अर्ती दिन्थी। रोजले पनि उसलाई अति नै सम्म्मान गर्थी जुन कुराले मलाई दोहोरो फाईदा मिल्यो।

 

अब आजको काम पनि सकियो, बजी सक्यो, मलाई Net ma  केही काम थियो त्यसैले group leader Oliver सँगइ उसको घर गये, उसको Laptop लिनको लागि, अरु सबै साथिहरु होस्टल आए।

Oliverको घरमा चियापानी भयो अनी  ल्यापटप लियर आउँदा बजी सकेछ। यसो किचनमा छिरेको अती नै हल्ला थियो, फेरी पाटी शुरु भैसकेछ। ‘Oh Amazing, where have u been so long’ भन्दै चीच्चायूओन थाले

 

त्यो रात मैले रोजलाई एउटा अचम्मको प्रस्ताव राखे,


के गर्नु हाम्रो पनि मनै हो


Thanks for Reading--------To be Contd
Your comments highly appreciated
 
Posted on 01-27-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing bro,

छुट्टीको दिनमा कथा पढ्दा त पहिले नेपाल टिभी मा शनिबारिय फिल्म हेरे जस्तै भयो
 टाइटल रोमान्टिक भए पनि टेलर मात्रा रहेछ
सबै भन्दा राम्रो त लामो भएर पनि हो
केही सम्बाद हरु टिपिकल छन
रोज नै रोज्नु को कारण आयो कि आएन खै ? एक से एक राम्रा भएको ठाउमा हैन ?

Anyway Hope for the next Saturday dhamaakaa.

Parbatya


 
Posted on 01-27-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुइवटा कुराहरु केटीहरुलाई भुलेर पनि नभन्नु ‘You look fat’ ‘Don’t go shopping’

पढ्दा पढ्दै कतिबेला झिल्केको ठाउँमा आफैलाई राखेछु, पत्तै भएन। ठाउँ तथा बस्तुस्थितीको बर्णन जीवन्त छ, आफै युरोप पुगे जस्तो लाग्ने। फेरि सलक्क परेको सिल्की कपाल मन्दाकिनी स्टाइल्मा झट्कारी जस्ता बीच बीचमा ट्वाक्क टुक्क मिसाइएका चुट्किलाले कसैले आफ्नै आँखा अगाडि बसेर यात्रा विवरण सुनाइराकेको जस्तो नि लाग्ने।

अर्को भागको ब्यग्र प्रतिक्षामा।

त्यो रात मैले रोजलाई एउटा अचम्मको प्रस्ताव राखे,

बदमाश केटो !, के प्रस्ताव राखेउ हँ त्यस्तो ?

 


 
Posted on 01-27-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




भोलि बिहानै मलै चीया बनाइदिनु है रोज --भन्ने होला नि प्रस्ताव  चै --

मजाक अपार्ट , स्टोरी( मैले काल्पनिक स्टोरी नै होला भन्ने मानेकी छु) निकै चाख लाग्दो छ है ।।बेला बेलाँ मैले नि पढ्छु --उता चौतारी गाम मा बिज्ञापन अर्नु भारै'छ त्यै भर  मेरो नि उपस्थिति छ है यो धागो मा भन्नलाई :)

Last edited: 27-Jan-08 11:20 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters