[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gloomy Sunday
[VIEWED 10453 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-05 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदास आइतवार

आइतवार उदास छ
मेरा पलहरु निद्राविहिन छन्
मेरो साथमा जीऊने प्रिय छाँयाहरु
अनगिन्ती छन्
साना सेता फूलहरुले
कहिल्यै तिमिलाई व्यूँझाउने छैनन
काला वग्गीहरुमा तिमी व्यूतिने छैनौ
जहाँ पू-याएको छ तिमीलाइ दूःखले
अप्सराहरुले सोंचेका छैनन
कहिल्यै तिमीलाई फर्काउने कुरा
मैले पनि तिम्रो साथ आउने विचार गरे
उनीहरु मसंग रुष्ट नहोइजालान?

उदास आइतवार

आइतवार उदास छ
पूरा दिन मैले छाँयासंग विताए
म र मेरो हृदयले
सवै दिन काट्ने निधो ग-यौं
चाँडै मैनवत्ति जल्नेछन
र मैले जानेका प्रार्थनाहरु भन्नेछु
तर तिनलाई रुन नदिनु
तिनलाई थाहा दिनु म खुशी साथ जाँदैछु
मृत्यु सपना होइन
किनकी म मृत्युमा तिम्रो सुसुश्रा गरिरहेछु
मेरो आत्माको अन्तिम श्वाससंगै
म तिमीलाई आशिष दिनेछु

उदास आइतवार

सपना, मैले केवल सपना देखिरहेथें
म व्यूँझे र तिमीलाई निदाएको देखें
यहाँ मेरो मुटुको गहिराइमा
प्रिय, मेरो आशा छ
कि मेरो सपनाले तिमिलाई कहिल्यै लखेटेन
मेरो मुटुले भन्दैछ तिमीलाइ
कति चाहेकोथें मैले तिमीलाइ
उदास आइतवार

Gloomy Sunday by Reszo Seress.




 
Posted on 05-29-05 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Should I hang now?
 
Posted on 05-29-05 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shall I Jump from Golden Bridge now??
 
Posted on 05-29-05 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरौं के गरौं लोगेको बेलामा केहि ठाडो अनुवाद गर्ने लहड चलेको छ।

अन्यमनस्कता


खेतहरु र जंगल भएर
अनि पर्खाल नाघेर म हिंडेको छु
मैले दृश्यका पहाडहरु चढेको छु
र संसारलाई नियालेर तल ओर्लेको छु
म राजमार्ग हुँदै घर आएको छु
र लौ यात्रा सकिएछ

सवै पातहरु मरेर भूईंमा झरेका छन्
बज्राँठले राखेका पातहरु जोगाउ
तिनलाई एक/एक गर्दै समेलेर
तन्किंदै लहरिंदै जान देउ
खस्रा हिंउ माथी चढेर
अरुहरु निदाइरहेका बेला

र मरेका पातहरु गुजुल्टिएर स्थिर छन्
फेरी यताउती नउडिकन
अन्तिम एउटै यास्टर (फूल) पनि गयो
विच-हेजल (विरुवा) का फूलहरु ओइलाए
प्राप्तिका लागि मुटु अझै व्गथित छ
तर गोडाहरुले सोध्छन - ओइलायो ?

उफ! मान्छेको हृदयका लागि
वस्तुहरुको प्रवाहसंगै वहनकिनु
कारण दर्शाउन सौन्दर्य लिएर फक्रनु
र शिर झुकाएर
प्रेम र यामको अन्त्यलाई स्विकार्नु
कहिल्यै विश्वासघात भन्दा कम थियो त्यो ?

Reluctance by Robert Frost
 
Posted on 05-29-05 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्ययुजर जी, के हो कविताको खुब जङ् चलेको जस्तो छ नि? राम्रो छ ल। मलाइ पनि कहिलेकाहिं कविताको लहड चल्छ। तपाइँको छेउछाउमा कोही कविता नामको केटी भए मलाइ भन्दा हुन्छ नि!!
 
Posted on 05-29-05 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

New User,

How about a translation of Love Song of Alfred J. Proofrock?
 
Posted on 06-20-05 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well Houston Bro, you had thrown me an imposing challenge. I had forgotten about this thread but as I have again found it, let me try a couple of beginning stanzas of it. Just to remind you that I am neither a poet nor a good reader of poems. Poems soothe my agonies, thats it. However, try गर्दैमा के विग्रन्छ र, हैन त ?

जे. अल्फ्रेड प्रुफरकको प्रेमगीत

- T.S. Elliot

जाउँ न त हामी उसो भए,

तिमी र म

टेबलमा अचेत पारिएको एक विरामी जस्तै

जव साँझ - आकाश सम्मुख पोखिनेछ

हामी जाउँ, आधा परित्यक्त गल्लिहरु भएर

वेचैन रातहरुका

?एक-रात? वास दिने सस्ता होटेलहरु

र शंखहरुले सुसज्जित रेस्टुराँहरुमा हुने

वर्वराहटपूर्ण फिर्तिहरुमा

तिमीलाई एउटा अभूतपूर्व प्रश्नतर्फ डो-याउने

प्रतिघातमा लक्षित

एउटा दिग्दारको वादविवाद झैं पछ्याउने गल्लिहरु भएर

हिंड हामी त्यहाँ जाउँ

अँ साँच्चि ! नसोध त्यो प्रश्न के हो ?

लौ हामी जाउँ र त्यहाँको शयर गरौं

आइमाईहरु आउने जाने कोठामा ?


(वाँकि फुर्सदमा)



 
Posted on 06-20-05 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* Question marks (?) came as defaults.
 
Posted on 06-20-05 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting. keep it rolling.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters