[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रमाउँन्न बसन्तमा......
[VIEWED 6643 TIMES]
SAVE! for ease of future access.
Posted on 06-25-10 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाउँन्न बसन्तमा, तिंमी आफै नफुल्ने भए
के हेरेर शीत बनुं ? घाम सित नझुल्ने भए !



रात भरि ननिदाई बसि दिन्छु
तिमि सपनीमा नआउने भए !
मुटु बनि धड्किन्न पनि कंहि
छाति भित्र राख्न नसकिने भए !



गीत हुनु छैन मलाई न त बोल नै
तिम्रो सङगीतमा भरिन नसक्ने भए,
नसताउ अझ मलाई, बरु चिन्दिन भन
मेरो नाम लिई बोलाउन नसक्ने भए !


 
Posted on 06-25-10 3:26 PM     [Snapshot: 34]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह शिरिष दाई वाह । सदा झै उत्तम सिर्जना ।
 
Posted on 06-25-10 3:43 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिषजीका गजलहरु पहिले पनि पढेको थिए मैले । राम्रा लागेका थिए । यो गजल मा चैं कता कता के नमिले जस्तो लाग्यो । ( उहाँ को खुबीलाई च्यालेन्ज गर्न खोजेको होइन है, लागेको कुरो भनेको मात्र हो  )

म कविता, गीत, गजल लेख्न जान्दिन, पढ्न भने जान्दछु ।।।।।

यो गजललाई यसरी सुरु गरे कसो हुन्थ्यो ?


रमाउँछु बसन्तमा तिमी आँफै फुल्ने भये
शीत बन्छु तिमिपनि घाम बनी झुल्ने भये

निदाइदिन्छु सधैं तिमी सपनीमा आउने भये
छाउंछु तिम्रो मनमा तिमी मेरो मनमा छाउने भये   




      

 
Posted on 06-26-10 5:24 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुल्ने रहर छैन म् लाई ,भो धेरै कर न् लाउ |
आगो बाल्छौ ,तडपाउछौ ,निस्टुरी हौ , नजिक न्आउ |


सपनी मा सताउछौ ,बिपनी मा घुर्की लाउछौ |
मुटु अन्तै छाडेका छौ ,छाति के देखाउछौ |
सुकुम्बासी माया हैन ,रिटेल  मै किन्न पाइने |
जिबन तेसै बितिसक्यो ,बुदेस काल मा माया चाहिने ?


गीत नयाँ गाइन्न है ,प्रित नयाँ लाइन्न ?
जमाना आँफै गाउछ हाम्रो ,रेडियो  क्यासेट चाहिन्न |
आँफै सताउछौ म् लाई ,फेरी दोश लगाउछौ |
मुख ले बोलाउनु पर्दैन तिमीलाई ,
मन ले बोलाउदै मा आउछौ |


 
Posted on 06-26-10 5:36 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई गजल लेख ,मन तेसै रमाउने |
कलम किन बन्द तिम्रो ,छैन मसी चलाऊने ?


'कोइ कोइ ' बहाना गर्छन् ,राहुलभाई लाई जगाउने |
राहुलभाई धेरै सुते ,घन्टी के ले बजाउने ?


 


 
Posted on 06-27-10 11:32 AM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हे साहित्य

आखिर तपाई र मैले भन्न खोजेको कुरा त्यहि हैन र ?

तपाईले सीधा लेख्नु भो - मैले बड्ग्याएर ! 

तिमी नफूल्ने भए म बसन्तमा रमाउंदिन भन्ने तरीका धेरै छन् के !

अचेल म फेसबुकमा धेरै रमाउछु त्यसैले यता तिर अलि कम तर माया चांहि मार्न सक्दिन !

 
Posted on 06-27-10 5:19 PM     [Snapshot: 238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मैलेनै सिरिशजी को गगल बुझ्न नसकेको वा यो अरु भन्दा प्रिथक भएको महसुस गरेको छु  । फेस बुक बाट एता टासी दिदा हामी पनि रमाउन पाउथिम । 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters