[Show all top banners]

sangam4u

More by sangam4u
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालप्रेम्: एक बिदेशमा बस्ने नेपालीको आँखाबाट
[VIEWED 3473 TIMES]
SAVE! for ease of future access.
Posted on 10-18-14 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काममा दिउसोको खाजा खाने समय थियो, म र एकजना दाई खाँदै नेपाल बारेमा कुरा गर्दै थियौ। बिदेशमा बसेपनी नेपालमा के भईरहेछ भन्ने जिज्ञासा हुनु स्वोभबिकनै हो।तेतिकैमा अर्को दाई आएर "अमेरिकामा बस्छौ अनी नेपालको कुरा गर्छौ" भनेर जिस्काउनु भयो। हुनपनी हो एकछिन त सोचे ठिकै भन्नु भो भनेर। तर मन मा अर्को पनि प्र्श्न आयो, के नेपाल को हित चाहनको लागि नेपालमै बस्न पर्छ र?
हो म नेपाललाई माया गर्छु ,"जननी जन्म भुमिस्च स्वोर्गदपी गरियेसि" भनेझै म जहाँ रहेपनि नेपाली माया, नेपाली रगत म मा सदा बगिरहन्छ। मेरो अस्तित्व मेरो पहिचान भनेको नेपालि नै हो। प्रश्न आउन सक्छ तेत्रो माया भए नेपाल छोडेर किन बिदेश् लागेको त? एस्का उत्तर हरू धेरै आउन सक्छन् ,राम्रो रोजगार देखि लिएर पढाई अथवा अरु कुनै।कोइ बाध्यताले बिदेसिन्छन त कोइ रहरले। बिदेश् जानु राम्रो हो होईन त्यो आफैमा एउटा छलफल को बिषय होला तर मैले भन्न खोजेको चाँही "के बिदेश् जाने बित्तिकै सबै नेपाली ले नेपाल लाई माया मार्छन त, नेपालि परम्परा सस्क्रिती बिर्सछन त? बिदेशि नेपालिहरूलाई नागरिकता दिने नदिने भन्ने ठुलै बहस छ नेपालमा। एउटा मन्त्रीको भनाइ अनुसार त बिदेशमा बस्ने नेपालि त भगुवा हुन रे। दोहरो नागरिकता त दिनै हुन्न रे। तर वहाँले यो चाँही बुज्नुभयेनछकी नेपालि हुनलाई नेपाल् मै बस्नु पर्दैन। समय परिवर्तन्सिल हुन्छ। अहिले को यो सानो संसार मा तपाइले आफ्नो देश् प्रतिको माया दर्सौउन नेपालमै बस्न पर्दैन। माया भन्ने चीज मन बाट आउने कुरा हो। नेपाल् मै बसेरपनी बाहिर मुख बाट देशभाक्तीका ठुला ठुला कुरा गर्ने अनि बेबहारमा चाँही देशलाई टुक्रा टुक्रा पार्ने योजना बनाउने कहीले पनि नेपालि हुन सक्दैन। भलै अहिले म नेपालमा छुइन तर मेरो मन मा नेपाल लाई टुक्रा टुक्रा पार्ने सोच कहीले पनि आएन र आउदैन पनि। कुनै पनि ठाउँ भनेको भौतिक कुरा हो, तर देशप्रेम भनेको भावनत्मक कुरा हो। देश् वा बिदेश् जहाँ पनि हुनुस् ,येदी मन मा देश् प्रतिको माया र आस्था छैन भने आफूलाई जतिनै देशप्रेमी भने पनि त्यो केवल एउटा नौटन्की बाहेक केही हुदैन। नेपाल मा कुनै नराम्रो हुँदा हाम्रो पनि तेतिनै मन दुख्छ जति नेपालमा बस्ने एउटा सच्च् नेपालीको दुख्छ। अहिलेको समयमा संसारलाई भुगोलमा बाड्ने मुर्ख सिवाय केही होइन। के एउटा नेपालिको राम्रो हुनु भनेको नेपालको पनि राम्रो हुनु होईन र? चाहे त्यो नेपाल मा होस् या बिदेशमा continue at http://selroti977.blogspot.com/2014/10/blog-post.html
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters