[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 257884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाइ सके पछीको पहिलो राउन्डको जधौ सप्पैलाई ।।
 
Posted on 08-22-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले आज सि फुड विथ क्र्याब खाए , तिमीले के खाएउ बिस्टे , रिठ्ठेले जस्तो खाएनी नखाएनी म म चै नभन है फेरी ।।
 
Posted on 08-22-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>कत्तिन्जेल चौतारी नगै कन बस्न सक्छु भनेर काम गर्न थालएको के हुन्थ्यो साह्रै
छट्पटी हुदो रइछ, अत्ती भएन भनेर जे पर्ला पर्ला भनेर आए,३ घण्टा त साह्रै मुस्किल ले बितायियो।<<<

 

सबैको तेइ हाल रैछन्त बिस्टे पाट ! मैले सान्नानीलाई २ लिटर को कोक को बोटल भनेको कारण छ नि त बिस्टे ! त्यो २ लिटर को बोटल त झन कस्तो गूड शेप मा हुन्छन्त !

हर्के मैले आज म:म खाको हो- इन ! यो बौचा सार्है मात्तिन थालयो मलाई के के भन्दैछ अब पिटिसन बना'र सबै सँग साइन गर्न नलाई भएन ! 


 
Posted on 08-22-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाउडर पढेर ठुलदाइ बिग्रियो, सोह्रै आना सहि ।  मन को कुरा मुख सम्म ल्याइ दियौ बिस्टे । धन्यवाद।

पढ्ने रहर ले कहाँ हो र बिस्टे, बाध्यता अनी बिबशता दुई बहिनी मिलेर जबर्जस्ती घिच्याएको । के अर्ने? सके त ८ कक्षा सम्म पढ्ने बिचार  थियो। ४ पढेको जोगमेहर मन्त्री भन्दा डब्बल पड्गेको भनेर महामन्त्री खाने दाउ मा थिएं। फेल हुन्छु भन्दा फस बनाइ दियो मास्टर ले। पढ्नै पर्‍यो। जिन्दगी भरी पढ्दै छु।


थापाथलीको साइत कैले लाई जुरेको छ?


 
Posted on 08-22-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न प्रभु रिठ्ठले मो मो खाको रैनछ आज , नत्र म म खाको भनेर सुनार वाक्क लगाउथ्यो यहाँ ।। अजै म म कुरा नगरन हो भन्थ्यो बज्जे ।।
आज त फ्राइडे , फ्राइ गरेको बूङूर्को ह्यकुला बजाउनु पर्ने हो खै त ।।
 
Posted on 08-22-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त रोटी तरकारी भ्याए नि आज ,स्वचछ ताजा।
सान्नानी का गई सानु या रिट्ठे ले निकै तारिफ गर्दै छ् है तिउरो बनोट को
ऐले आर कन्सिरी को रौ उखाल्छे है रिट्ठे नातिनी मेरी कम कि छैन।
"दुई बहिनी मिलेर जबर्जस्ती घिच्याएको" -- किन नि ठुल्दाइ ?
फेल हुन्छु भन्दा फस बनाइ दियो मास्टर ले।
थाउथली जाने साइत अब डाउडर ले निकाल्छ अब सोमबार को दिन एहिले आउ थाउथली भनेर।
 
Posted on 08-22-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के रोउ लायो मुलाई। यो सुरबार भयोकी म: म: को तलतल लाउछ। त्यो तालु नै पोल्ने तातो तातो म: म: लाई चिसो गोल्भेडा र टिम्मुर को अचारमा चुर्लुम्म डुबाएर मुखमा हुली जिब्रोले माथि थिचेर पिचिक्क रस निकालेर अनी मात्र बङराले चपाएर स्वाद लिइ लिइ एक्छिन मुखमा खेलाएर निलेर एक घुड्को चिसो कोरोना पियुन मन लाउछ। 
 
Posted on 08-22-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ।
लहरे बाउचा, म २२ बर्षे जवानलाई काका रे? आँफै ४० काट्या होलाउ।
पर्बत्या माड्साब र ठुल्दाइलाई तारेमाम।
रिट्ठे, खायौ त बर्गर र अण्डा?
दीपू, म पनि तिम्रो अर्को कथा पढ्न कुरिरहेको छु।
बिष्टेको अझै जाने बेला भएको रहिन्छ। अहिले चौतारी नआँउदा छटपट्टी हुन्छ भन्छौ तर थापाथली गएपछी के गर्ने हो। वेब्क्याम राखेर हेरिरहने होला घरमा, सुत्यो कि उठ्यो कि भनेर।
हर्के, ठुल्दाइले जस्तो भात पो खानु त के त्यो गँगटा खाएको धाक लगाइरहेको।           
 

 
Posted on 08-22-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiple दिउसो भात खान त भाग्यमानी "ठुल्दाइ" ले मात्रै पाउछन हो हामी अभागी हरु कहिले गगटा कहिले गोरु तेहित हो ।।
हो हो मलाईनी तेस्तै हुन्छ नेत्रे के भा ह , जहिले अब चै पुग्यो कहिले खन्न भन्यो , शुक्रबार आएसी के हुन्छ हुन्छ गान्ठे ।।
 
Posted on 08-22-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिल्ला साझा गाबिस चौतारी वडा न. ४२० मा स्थाइ बसोबास गरी आएका हडबडेन्द्र लाल लाकौलका नाती लडबडेन्द्र लाल लाकौलका छोरा अन्दाजी बर्ष ३० का लहरे लाल लाकौल आगे ऐ. ऐ. वडामा बसोबास गरिआएका चौतारी
गाबिसका सम्पूर्ण गाउलेहरु माथि निज प्र. लाकौलले गरेको दुर्ब्यभार र गालीगलौजको उपर कार्यवाही गर्ने हेतुले यो नालिस पत्र लेख्ने कार्य गरिएको छ !

निज प्र. लहरे लाल लाकौल बिगत केही समय देखी गब्बर सिङ स्टाईलमा चौतारीमा आई सम्पूर्ण गाउलेहरुलाई अनयासै गाली गलोज गरी चौतारीकै गरिमामा आँच आउने गरी अभद्र ब्यभारका साथै मन्त्रिपरिशदको निर्णय बिना नै आफुखुसी केही चौतारी सदस्यहरु को पुन: नामाकरण गरी आफु खुशी बिभाग गठन गरी सो बिभागको सो कल्ड अध्यक्ष पनि आँफैलाई घोसित गर्ने जस्ता अराजक कृयाकलाप गर्दै आएका छन ! अत: प्र.  निज लाकौलले भये गरेका सम्पूर्ण विवरण सहितको बयान यस चौतारी अदालतमा बाटोको म्याद बाहेक ३५ मिनेट भित्र बुझाउनु पर्ने छ अन्यथा चौतारी ऐन २०६३ को दफा २७ समुह २ ख को उपसमुह ४ ग र सोही दफाको उपदफा ३३ को समुह च को उपसमुह क बमोजिम कडा भन्दा कडा कार्वाही गरीने जानकारी गराइन्छ !

वादीहरु:

सम्पूर्ण लहरे पीडित गाउलेहरु
चौतारी गाबिस वडा न ४२०
साझा नगर


 
Posted on 08-22-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते, तारेमाम्,जदौ
weekend  लागिसक्या हो सबैलाई?
मलाई नि म: म:  खान मन्लाग्यो

 
Posted on 08-22-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-22-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेही भन्या चिप्ले धेरै दिन छैन अब यसरी बस्नु तेस्पची अर्को छट्पटी हुन्छ
हर्के कता गो भनेर हेर्या त उता काली सँग उचाल्ली उचाल्ली अन्तक्षेरी खेली रा रछ 

रिट्ठे ले हसायो लहरे को तीन पुस्ता खुलाको  हा हा हा।


 
Posted on 08-22-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा बिस्टे नह्साआउन यार , टाईम पास गर्दै छु अब १० मिनटमा टाप दिनु छ फेरी उफ ।।
 
Posted on 08-22-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले भक्खरै प्राप्त जानकारीका अनुसार रिक्त रहेको चौतारी सर्वोच्चो अदालत को महा न्यायधिशको पद मा श्री लहरे कान्त लकौलाई नियुक्त गरिएको छ। आजैका मिती देखी उहाले सो पद सम्हाल्नु हुने जानकारी पनि प्राप्त भएको छ। उहालाई चौतारी न्युज नेट्वोर्क को तर्फबाट हार्दिक बधाई अनी शुभकामना।


प्रमुख सम्पादक
चौतारी न्युज नेट्वोर्क
Last edited: 22-Aug-08 02:59 PM

 
Posted on 08-22-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे फस्यो अब। उता गाउमा गीत भट्यौदै छ एक्छिनमा यो सुचना पढेपछी गीत को "गी" पनि नानीस्किने होला हाम्रो श्री हडबेन्द्र लाल लाकोल को नाती अनी श्री लडबेन्द्र लाल लाकोलको छोरा लहरे लाल लाकोल को 

मामा म त हजुरलाई खाना बनाएर कुर्दा कुर्दा , हजुरले चाइ रोटी खानु भएको? त्यही धुर्ब दाइको पसल मा हो?

चिप्लु कस्तो बाठो। आफ्नो कथा अगाडि नबढाएर मेरो कथा कुरिराछु रे।

रिट्ठे किन होला है यो लहरेको नाम लहरे भएको। बाजे को नाम हडबेन्द्र अनी बाबाको नाम लडबेन्द्र भएछ यो बौचाको नाममा छै किन त्यो बेन्द्र नै नभएको होला

Last edited: 22-Aug-08 02:19 PM

 
Posted on 08-22-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दिपिका म फस्यो, मेरो बिरुद्द नालिश मेरै अदालतमा मै न्यायाधिश भएको बेला परेछ, मलाई क्या बोर

अनी अरुलाई जिस्काउदा त हाँस उठ्दो राइछ है, कस्तो है मान्छेको बानी, बुझिनसक्नु


 
Posted on 08-22-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा तिमी आँफै निहु खोजी खोजी हिड्छौ त के भन्ने?
मलाई र सानु लाई काम न काज को बिभाग दिएर अझ आफु चाइ बिभाग प्रमुख भन्ने तिमीनै हौ। होइन भने होइन भन क्यारे
एउटा कथा सम्झे के मैले। बाँदर ले बाघ सुतेको देख्यो भने के गर्छ रे भनन?

पहिले बाघ को पुच्छर चलाएर बुत्रुक्क रुखमा हाम्फालिहाल्छ रे। बाघ चै चुप लागेर आँखा बन्द गरेरै सुतिरहन्छे रे। अनी फेरी बाँदर त अब बाँदर न पर्‍यो, बाघ त निदाएको रहेछ भनेर बाघ को छाती को रौं तान्न जान्छ रे अनी फेरी हत्तनपत्त रुखमा हाम्फल्छ रे। बाघ तै पनि चुप लागेर सुतिरहन्छ रे। बाँदरलाई त्यती बदमासी ले नपुगेर बाघलाई हेपेर त्यस्को जुङा तान्न जान्छ रे। अनी बाघ ले त्यस्लाई बाँकी राख्ला त भनेको?

अब हेर यहाँ त न म बाघ परे न तिमी बाँदर तर लहरे नै भए पनि तिमी बेला बेला मा बाँदर जस्तो काम नगर साथी फेरी चौतारीका बाघहरुले छोड्दैनन,  अनी त्यो बेलामा चै केही नभन्नु फेरी


 
Posted on 08-22-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले पनि कती हसाउन सक्ने भने। आफु बिरुद्ध महा- अभियोग दर्ता भए सि न्यादिश नियुक्ती को फर्जी सूचना निकालेछ।

 ढाँट्या कुरा काटे पनि मिल्दैन भनेको यही हो। न्यायधिश नियुक्त भए पो अर्को कुरा। न्यादिश को के काम?


लौ रिट्ठे, कालो छ कालो? कहाँ ल्याप्चे लगाउने हो, देखै देउ त।
 


 
Posted on 08-22-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुरो सुन्दा दीपूलाई रिस उठे पछि नराम्रोसँग उठ्दो रहिछ। होश राखे है गाम्ले हो।  

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters