[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "बुझ्न नसकिएको कारण।"

[Please view other pages to see the rest of the postings. Total posts: 94]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 41712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-11-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

(कथाको बिषयबस्तु, पात्र वा घटना कसैको जिबनसङ मेल खान गएमा त्यो संयोग मात्र हुनेछ।)


त्यो जाडोको बिदामा हामी सानुको मामाघर गएका थिंयौ। सानु मेरो काकाकी छोरी, सबैभन्दा सानी भएकीले उसलाइ हामी "सानु" भन्थ्यौं। उसको मामाघर निकै रमाइलो लाग्थ्यो हामीलाइ। त्यहाँ हामीहरुलाइ स्वतन्त्रताको आभाष हुन्थ्यो। हामीलाइ सानुको मामाले सधैं बाहिर घुमाउन लानु हुन्थ्यो। भने जति सबै अनुरोध पूरा गर्नु हुन्थ्यो। सानुको माइज्यु पनि असाध्यै माया गर्नु हुन्थ्यो हामीलाइ। उहाँको पनि दुइ छोरीहरु थिए, छुनु र मुनु, उनिहरु पनि हामीहरुलाइ त्यस्तै मन पराँउथे। सानुको हजुर आमाले चाहिँ मेरो भाइलाइ धेरै माया गर्नु हुन्थ्यो अरुलाइ भन्दा। त्यसैले भाइ झन खुशी हुन्थ्यो सानुको मामाघरमा। त्यहाँ हामीहरु आफुलाइ मन लागेको कुराहरु गर्न सक्थ्यौँ, फलफुलको रुखमा चडेर सक्दो खान सक्थ्यौं, नसकेको फाल्थ्यौं, कसैले हामीलाइ रोक्न सक्दैनथे। त्यो उमेरमा हामीलाइ खेल्नु र खानु सिबाय अरु कुराको मतलब हुन्थेन। तर हामी सामाजिक रीतिबारे प्रश्न गर्ने पनि भइसकेका थिंयौ। भाइलाइ बाहेक हामीहरुलाइ घरमा "छोरी भएर धेरै हाँस्नु हुँदैन" भन्ने कानुन मन पर्थेन। सानु र म कहिले कहिँ त्यही कुरामा सक्दो बिबाद गर्थ्यौँ अभिभाबकसङ। तर हाम्रो कुरा कसैले गम्भिरतापुर्बक बुझ्नु हुन्थेन, त्यो नियम परम्परा हामीहरुको बिद्रोहले परिबर्तन हुन्थेन। त्यसैले हामीमा पुरै बचपना  पनि थिएन, न त जिबनको गहिराइ बुझ्ने सामर्थ्य थियो। र पनि हामी रमाउथ्यौँ सानुको मामाघरमा। त्यहाँ हामी मन फुकाएर हाँस्थ्यौ सानुको मामा र माइज्यु सङ। हजुर आमाको अगाडी चाहि औपचारिकता धेरै गर्नु पर्थ्यो, हलुका हिड्थ्यौँ, सानो स्वरले कुरा गर्थ्यौं।


सानुको मामाघरमा हामी सुत्ने समय पनि आफ्नै हुन्थ्यो। घरमा जस्तो नौ बजे नैं खाटमा मन नलागी नलागी आँखा चिम्लेर सुतेको जस्तो नाटक गर्नु पर्थेन। एक रात हामीहरुमा फेरि नयाँ अनुभव गर्ने बिचार आयो, सानुको मामाघरमा सबै भन्दा अग्लो हलुवाबेदको रुख थियो। रुखै चडेर हलुवाबेद खानुको मज्जा अर्कै हुन्थ्यो। भाइ चड्थ्यो, अनि म, त्यसपछि सानु। राति रुख चड्नुको मज्जा अर्कै हुन्थ्यो, कसैले नदेख्ने र कसैलाइ भन्नु पनि नपर्ने। त्यस्तै ११-१२ बजेको हुँदो हो। रात चकमन्न अध्याँरो थियो। टाढा टाढा कतै कुकुरहरु रोएको सुनिन्थ्यो। हामी बिस्तारै तल आयौँ, चप्पल हातमा लिएर पदचापको आवाज सकेसम्म नआउने गरी बङैचामा पुग्यौं। हाम्रो मन डर र रोमान्चकताले भरिएको थियो। हलुवाबेदको रुखमा निस्फिक्री चड्ने र ओर्लिने बेलामा रुखको फेदमा हलुवाबेद दलि दिनु अर्को आनन्द थियो। ओर्लिनेको जिउभरी हलुवाबेद लाग्थ्यो, अनि मध्य रातमा चिसो पानीमा नुहाउनु पर्थ्यो।


बङैचामा पुग्नासाथै भाइ पहिले हलुवाबेदको रुख चड्यो, म भाइ माथि पुग्नासाथ चड्छु भन्ने पालो कुर्दै थिए, मेरो पछि सानु थि। तर भाइले माथि पुगे पछि हामी चड्ने ठाउ भरि हलुवाबेद दल्दै गयो। सानु र म तल बसेर भाइसङ झगडा गर्न थाल्यौँ। भाइले हलुवाबेदले हामीलाइ हान्न थाल्यो, हामी फेरि त्यही हलुवाबेद भाइ झर्ने बाटोभरि दल्दै थियौँ। अचानक "कुइँइीयssssssssss" बाहिरको ढोका खुलेको जस्तो आवाज सुनियो, हामीहरु सबै सतर्क भयौँ। भाइ रुखमै थियो। सानु र म ढोकातिर हेर्दै थ्यौँ। कसैले ढोका बिस्तारै खोल्यो, हामीलाइ आज पक्कै पनि हाम्रो बदमाशी पक्रिने भयो भन्ने डर लाग्यो। भाइ पनि रुखबाट बिस्तारै तल ओर्लिन थाल्यो। सडक बत्तिको मधुरो प्रकाशमा हामीले एउटा छाँया ठिङ उभिएको देख्यौँ हाम्रो ढोकामा। कुनै स्त्री शरीर बाहिर निस्किन लागेको थियो। पछाडीबाट हामी उस्को डाढमा फैलिएका छरप्रस्ट केशराशी मात्र देख्थ्यौं, रातो सारी कुर्कुच्चा छोप्ने गरी लगाएको जस्तो देखिन्थ्यो। त्यो छाँया एकछिन ढोकामा रोकियो। त्यसपछि हतार हतार ढोकाको दाँया गल्लीतिर मोडिदाँ हाम्रो मुटु ढुक ढुक गर्न थालिसकेको थियो। सानु मेरो हात समातेर काम्दै थी, भाइ रुखको फेदमा बसेर रुन थालेको थियो। हाम्रो पाइतालाहरु जमिनमा टाँसिएका थिए, हामी न घरभित्र जान सक्थ्यौँ, न त्यहाँ बाहिर बस्न सक्थ्यौँ। ढोका अझै आधा खुलेको थियो।


क्रमश:


 
Posted on 10-15-09 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Getting more interesting day by day. Good job.
 
Posted on 10-16-09 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial & Santosh 1984,


Thank you for the comments!


 


 
Posted on 10-16-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरियस कथा बाट त फेरी हँसाउने पो भयो त

जे होस् एकदम इन्टिरेस्टिङ हुँदैछ कथा -

बरु कथाकार ले नै भन्दिने हो कि

चम्पा को आमा ले चम्पा को भाई कसरी पायो भनेर

दिमागै घुम्यो मेरो त सोच्न नसकेर 
 
Posted on 10-16-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी म नि तिम्रो कथा पद्दै छु
त्यो भाग  ६ को पद्ता त क्या दर लगेको नि मलाई  रात भरी बत्ती बालेर सुतेको



 
Posted on 10-18-09 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-८


त्यो दिन देखि मलाइ चम्पाप्रति सहानुभुति जाग्न थाल्यो। उसको प्रश्न गहिरो थियो। त्यो प्रश्न गर्ने साहस पनि हामी कसैलाइ थिएन। तर उसले गरी। धेरैको मनमा त्यस्ता प्रश्नहरु गुजुल्टिएर बसेका हुन्थे। हामी लाज र भयले आफैभित्र गुम्सिएर बस्थ्यौं। तर चम्पा चुप रहीन। मलाइ लाग्यो, चम्पालाइ धेरै कुरा थाहा छ। उ मेरो साथी हुन सक्छे। सुमि र रुबिसङ मेरो कुरा पनि नमिलेको जस्तो लागिरहेको थियो। उनिहरु लजाउने, मुस्काउने, मस्किने चाल नै अर्कै देखिन्थ्यो। खाजा खाने बेलामा मैले चम्पालाइ बोलाए। उ म सङ साथी हुन पाएकोमा खुशी भइ। रुबि र सुमिलाइ चम्पा हाम्रो ग्रुपमा आएको मन परेन। उनिहरु म सङ टाढा हुन थाले, म र चम्पा नजिकिन थाल्यौँ। त्यही मित्रताको आधारमा एकदिन मैले चम्पालाइ सोधें।


"तिमीले बोक्सी देखेकी छौ?"


"छु। किन?" आश्चर्य भएर मलाइ सोधी।


"मलाइ बोक्सीको कथाहरु सुन्न मन पर्छ क्या।" मैले सानुको माइजुलाइ सम्झिदै  भने।


"बोक्सीले आफ्नो लोग्नेलाइ कुकुर बनाउछ।" चम्पाले उहि निस्फिक्री तरीकाले भनी।


"हँ? के भन्यौ?" मैले बिस्वास गरीन।


"तिमीलाइ थाहा छैन? बोक्सीले आधा रातमा पीपलको रुखमा पुजा गर्न जाँदा लोग्नेलाइ कुकुर जस्तो चार हात खुट्टा टेकाएर लैजान्छ।" चम्पाले आफैले देखेको जस्तो गरी भनी।


"कसरी थाहा पायौ?" मैले सोधें।


"हाम्रो घर जाने बाटोमा मन्दिर छ। त्यहाँ बोक्सीहरुको फोटो छ।" चम्पाको कुराले मेरो कौतुहुलता अरु बढायो।


"कहाँ?" मैले फेरि सोधें।


"तिमी जाने भए म लान सक्छु। स्कुल छुटेपछि। तर डराउने मान्छे जान हुँदैन। त्यो मन्दिरभित्रको एउटा भित्ताबाट राम्ररी हेर्‍यो भने सबै कुरा देखिन्छ, फिलिम हेरेको जस्तो।" चम्पाले "फिलिम" भनेपछि मलाइ त्यही बेला स्कुल छोडेर जाँउ जस्तो लाग्यो। तर पनि लास्ट कक्षासम्म कुर्नै पर्‍यो।


स्कुल छुटेपछि सुमि र रुबि पनि हामीसङ आए। चार जना भएपछि डर पनि कम हुन्थ्यो। नभन्दै गल्ली गल्लीबाट चम्पाले हामीलाइ एउटा ठुलो पीपलको रुख निर पुराइ। रुखको दाँया एउटा ढोका थियो र बाँयाबाट अर्को ढोका। बाँया ढोका नजिकै एउटा ठुलो घन्टा थियो। बाँयाबाट गएर दाँयाबाट निस्के पनि हुने र दाँयाबाट गएर बाँया निस्के पनि हुने। भित्र पुगेपछि अध्याँरो कुनामा देउता छ भनी चम्पाले। मन्दिर त्यतिखेर सुनसान थियो। कोहि पनि मान्छे थिएन। दाँया ढोकाको माथी बोक्सीहरु हातमा दियो बालेर पीपलको रुखलाइ घुमिरहेको चित्र थियो। त्यो चित्रमा राति पीपलको रुखको केहि पर उनिहरुको लोग्नेहरु निर्बस्त्र चारहात खुट्टा टेकेर पछि पछि आएको जस्तो देखिन्थ्यो। त्यो देखेर सानुको मामाघरको मैले पहिलो घटना सम्झे, मध्य रातमा मुख्य ढोकामा स्त्री आक्रिती, कपाल कम्मरसम्म छोडेको, रातो सारी। त्यसपछि मैले माइजुले मामालाइ यसै गरी कुकुर बनाउनु भएको कल्पना गरेँ। त्यो चित्रमा मैले सानुको माइजु र मामालाइ मात्र देख्न थाँले। मामा चार हात खुट्टा टेकेर कुकुर जस्तै माइजुको पछि पछि लाग्नु भएको जस्तो लाग्यो मलाइ त्यो फोटोमा।मलाइ कस्तो कस्तो लाग्यो, अलिकति चिन्ता अलिकति भय पनि।

रुबि र सुमिलाइ अब त्यहा बस्न मन लागेन। घर जाने भनेर कर गर्न थाले। मैले एक्छिन कुर्नलाइ भने।


"अनि खोइ त कहाँ देखिन्छ त फिलिम जस्तो द्रिश्य?" चम्पालाइ सोधेँ।


"भित्र जानु पर्छ, एउटा अध्याँरो कुना छ, त्यो सङैको भित्तामा पहिला कान थापेर सुन्नु पर्छ, जब मान्छेहरुको गुनगुन आवाज आँउछ। अनि त्यस्पछि त्यो अध्याँरो कुनामा हेर्नु पर्छ। अनि सबै देखिन्छ।" चम्पाले भनी।


"जाँउ न त भित्र।" मैले रुबि र सुमिलाइ भने।


"हामी त नजाने।" दुबैले एकै स्वरमा भने। अघि नै कुरा मिलि सक्या रैछ उनिहरुको।


"चम्पा हिँड न भित्र हेर्न जाँउ।" मैले चम्पाको आश गरेँ।


"एक्लै भए मात्र देखिन्छ। दुइजना गयो भने केहि देखिदैंन।" चम्पाले अर्को कुरा गरी त्यसबेला।


"ल ठिक छ, कोहि नआउने भए म एक्लै जान्छु" भन्दै मन मनमा देउताको नाम लिदैं भित्र पसेँ। भित्र त चुक घोप्ट्याएको जस्तो अन्धकार थियो, मेरो त सास रोकिएला जस्तो भयो। फर्कु भने साथीहरु अघि आफु पनि डरछेरुवा भन्ला भन्ने पीर। नफर्कु भने केहि देखिन्न कतै। अलिकति भित्र पसे पछि अध्याँरो कुना देखेँ र त्यसको नजिकै भित्ता छाम्दै कानलाइ सकेसम्म नजिक लगेँ। मान्छेहरुको गुनगुन त सुनियो। अब देखिन्छ होला सबै कथा आँखा अगाडी भनेर अध्याँरो कुनातिर हेरेँ। त्यो कुनामा निस्पट अध्याँरो छ, केहि देखिदैन। मैले अझै दुबै आँखालाइ त्यही कुनामा केन्द्रित गरेँ, धर्का धर्का आए जस्तो भयो। त्यही बेला "टन्नsssssssssssssss" कानको जाली फुट्ला जस्तो आवाज आयो, लौ अब के आयो त्यो कुनाबाट भन्दै म  अध्याँरोमा आँखा चिम्लेरै बाँया ढोकातिर दौँडे।  बाहिर चम्पा, सुमि र रुबि मिलेर त्यो ठुलो घन्टा मलाइ तर्साउनको लागि पालै पालो बजाउदै रहेछन्। नक्कलीहरु! आफ्नो चाहि झन्डै सास फुस्केको।


क्रमश:


 

Last edited: 18-Oct-09 08:33 PM

 
Posted on 10-18-09 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा, पढुन्जेल त मेरो नि साँस फुलेर आको, लौ देख्नी भो क्रेजिले भन्या त! भनेछी के त्यो चम्पाले भन्या जत्ती सब मजाक हो त? के साँची बोक्सी हुन्छ भनेर प्रुभ भो त? ल अर्को भाग अलिक अबेर नगरि पस्किउम है छिट्टै

 
Posted on 10-19-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम राम्रो सँग गैराछ कथा


अरु पनि राख्दै जाउँ - अली छिटो छिटो हात र कलम चलाए हुन्थ्यो भन्ने मलाई लागेको छ


 
Posted on 10-19-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीको कथा त भयंकर हरर मूभी भन्दा भयंकर गैराखेको छ । राती पढ्न नसकेर बिहान पढें ।


मान्छे मा बोक्सी र म्रित आत्म चढेको आफ्नै आँखा ले देखेको छु । नाटक हुनै नसक्ने परिस्थिती देखेको छु । मलाई लाग्छ, सबै बोक्सी का कथा नक्कली हुंदैनन। दुष्टहरु को कमी छैन हाम्रो समाज मा ।
 


 
Posted on 10-20-09 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story has become quite interesting. Can't wait for the next episode to be posted.
 
Posted on 10-21-09 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-९


मुटुको गति अलि कम भएपछि र सास साधारण गतिमा पुगेपछि मैले तिनै जनालाइ हकारे।


"काम छैन तिमीहरुको? झन्डै हार्ट फेल भएको।"


"काम त तिम्रो छैन जस्तो छ।" सुमिले ब्यंग गरी।


"अहिलेको जमानामा पनि बोक्सीमा बिस्वास गर्ने?" रुबिले सुमिलाइ साथ दी।


"बोक्सी हेर्न त मध्य रातमा आउनु पर्छ।" चम्पाले फेरि मलाइ उक्साउने प्रयास गरी।


"मान्छेलाइ उल्लु बनाउनु त भएन नि चम्पा!" मैले नि उल्टो चम्पालाइ दोष दिँए।


"सरी।" भनी चम्पाले।


"हैन मैले भित्तामा कान थापेर सुन्दा मान्छेहरु गुनगुन गरेको त सुनि सक्या थें।" मैले अलिकति आफ्नो कुरा पेश गरेँ।


"त्यो पछाडी पाटि छ। त्यहाँ घाम ताप्ने मान्छेहरु कुरा गरि रहन्छन्।" चम्पाले फेरि मुर्ख बनाइ मलाइ। त्यस्को कुराको पत्यार नलागेर मन्दिर पछाडी गएर हेरेको त साँच्चिकै पाटि रैछ। नभन्दै केहि मान्छेहरु गफ गर्दै रहेछन्। बेकारमा चम्पाको कुरामा लागेर मैले गल्ती गरे जस्तो लाग्यो। तर शुरु गरेको त मैले नै हो भन्ने पनि थाहा थियो।


दुइ दिनपछि रुबि स्कुल पुग्नासाथै मलाइ अङालो मार्न आइपुगी। सुमि स्कुल आइन क्यारे मलाइ त्यस्तै लाग्यो। नत्रभए उनिहरु दुइजना भएपछि त मलाइ गन्दै नगन्ने। म त्यहि भए पनि उनिहरु आफु आफु मात्र कुरा गर्ने गर्थे। "एउटा गोप्य कुरा छ।" भन्दै मलाइ तानेर एउटा कुनातिर लगी। चम्पा पनि मेरो पछि पछि आइ। अब गोप्य कुरा चम्पाले पनि थाहा पाउने  भइ। रुबिको सहमतिमा चम्पा, म र रुबि भएर एउटा "गुलाफको फूल" भएको पोस्टकार्ड खोलेर हेर्‍यौँ। भित्र रातो अक्षरमा यस्तो लेखिएको थियो।


"पानी बिना माछा बाँच्न सक्दैन,
तिमी बिना म बाँच्न सक्दिन।"


-तिम्रो उहि मुटुको टुक्रा
प्रेम


रुबि लाजले गुलाफी हुन थाली। उसको मुटुको टुक्रा त्यो "ट्वाँ" अर्थात प्रेम रहेछ भन्ने कुरा मैले कहिल्यै सोचेकी थिइन। त्यो प्रेमलाइ हामीले "ट्वाँ" भनेर न्वारान गरेका थियौँ। केटि देख्यो कि "ट्वाँ" परेर हेरेको हेर्यै गर्ने। कहिले केटि देख्न नपाको जस्तो। रुबिको मनमा पनि "ट्वाँ" को लागि भावनाहरु प्रस्फुटन भैसकेको रहेछ। उ खुशी देखिन्थी। लजाइ लजाइ उसले मलाइ अनुरोध गरी। "यसको जवाफ कसरी लेख्ने?"


"मलाइ के थाहा?" लब गर्ने उ, उसको लब लेटर चाहि मैले लेखिदिनु पर्ने। मिल्ने कुरा गर्नु पर्छ नि। "चम्पालाइ सोध न!" मैले चम्पातिर हेरेँ। चम्पा उदास थी।


"भन न, प्लिज! तिमीहरु मेरो बेस्ट फ्रेन्ड भनेर पो सोधेको अरुलाइ सोध्ने कुरा हैन नि।" रुबि मस्किन थाली।


"ल, यो कबिता लेख।" चम्पाले सिकाइ।


The mountain is green,
The sky is blue.
I have one love,
That is you."


रुबि दङ परी। कति राम्रो कबिता त्यो पनि इङ्लिशमा। हतार हतार उसले कपीमा सारी र भरै उ पनि पोस्टकार्ड किनेर "ट्वाँ"लाइ जवाफ लेख्ने भै। उसको मतलब सकिएपछि उ चम्पा र मलाइ छोडेर कक्षातिर गइ।


"आज किन तिम्रो अनुहार उदास देखिन्छ नि।" मैले चम्पालाइ सोधेँ।


"जिन्दगीको पहिलो ट्र्याजिडी परेको दिन अनुहार उदास नभए कस्तो हुन्छ त?" चम्पाले झर्केर भनी।


"ट्र्याजिडी रे?" मैले बुझिन।


"अस्ति भर्खर  "ट्वाँ"ले मलाइ पनि "पानी बिना माछा बाँच्न सक्दैन, तिमी बिना म बाँच्न सक्दिन भनेर "मुटु" भएको पोस्टकार्ड दिएको थियो।" चम्पाले अन्त्यमा सुस्केर हालेर भनी।


"अनि मैले पनि "the mountain is green, the sky is blue, I have one love, that is you."  भनेर जवाफ दिँए।"


"अनि....?" मलाइ अचम्म लाग्यो। त्यो "ट्वाँ" ले जसलाइ पनि "पानी बिना--- " भनेर चिट्ठि लेख्दो रहेछ। अरुको चोरेर लेख्या होला।


"अनि के नि? आज रुबिलाइ नि त्यही भनेर लेखेछ मोराले।" चम्पालाइ रिस पनि उठेछ। "काले, गधा" के के भनेर सराप्न थाली।


"छोड्दे त्यस्तो केटालाइ, जुन केटिलाइ पनि "ट्वाँ" परेर हेर्ने केटा पनि के मन पर्‍या होला?" मैले चम्पालाइ सम्झाउने प्रयास गरेँ।


"आजको दिन नि के पढ्नु। आफ्नो मुटु टुक्रा टुक्रा भएको बेला।" चम्पा त सिरियस नैं भैसकेकी रैछे।


"स्कुलमा नपढेर के गर्ने त?" मैले सकेसम्म उस्को कुरा बुझे जस्तो नि गर्नु पर्‍यो।


"तिमी मेरो साँचिकै मिल्ने साथी हो?" चम्पाले धर्मसंकटमा पारी।


"कुनै शंका छ र?" मैले नि सोधेँ।


"त्यसो भए आज मलाइ साथ देउ।"


"सधैँ साथै छु।"


"आज फिलिम हेर्न जाँउ।" चम्पाको कुरा सुनेर मेरो होश उड्यो। जिन्दगीमा स्कुल बंक गरेको छैन। मलाइ त डर पो लाग्न थाल्यो।


"हँ--?" मैले केहि भन्न सकिन।


"आज फिलिम हेर्न जाँउ"। चम्पाले धेरै अनुरोध गरेपछि हामी क्लास टिचरलाइ भेट्न गयौँ।


"के भयो रे?" टिचरले सोध्नु भयो।


"उसको आँखा धमिलो भयो रे। ब्ल्याक बोर्डमा हेर्दा टाउको पनि दुख्छ रे।" चम्पाले त मलाइ पो देखाइ। हे राम! अर्को नाटक गर्नु पर्ने भयो अब।


"कुन आँखा?" टिचरले सोध्नु भयो।


"दाहिने आँखा हैन क्रेजी?" भनेर चम्पाले सोध्दा म बाँया आँखा झिम झिम गरिरहेकी थेँ।


"दायाँ कि बाँया?" भनेर टिचरले सोधेपछि मैले दुबै आँखा सानो र ठुलो पार्दै टिचरलाइ हेरेर भने "दुबै"।


१० मिनेटपछि हामी आँखा जचाउने बहानामा स्कुलबाट भागेर फिलिम हल पुगेका थिँयौ। बिदाको दिन नभएकोले टिकेट काट्न गार्हो भएन। चम्पाले पैसा टन्नै बोकेकी रैछे। फिलिम हेरुन्जेल "कोक,फ्यान्टातितौरा, चना-चटपटे " किनेर खान्दि रही। कति त्यो घोकन्ते बिध्या मात्रै सिकाउने स्कुलमा पढ्नु। मलाइ पनि त्यो दिन रमाइलो लाग्यो। फिलिम सके पछि हामीहरु हलको ढोकाबाट निस्किदै थियौँ। हाम्रो ठिक अगाडी एकजना लोग्नेमान्छे र आइमाइ हात समातेर हलबाटै निस्कीरहेका थिए। चम्पाले आँखाको इशाराले मलाइ "हेर" भनेर देखाइ। हात समातेर हिँडेको देख्दा हिरो हिरोनी जस्तो लाग्यो मलाइ पनि। चम्पा र म  उनिहरुको पछि पछि हिँड्दै थियौँ। अचानक मलाइ त्यो लोग्नेमान्छे चिनेको चिनेको जस्तो लाग्न थाल्यो। हामी उनिहरु भन्दा छिटो छिटो अगाडि हिंड्यौ। अलिक पर पुगेपछि चम्पा फेरि चुइङ्गम किन्नलाइ नजिकैको पसलमा गइ। म त्यहिनिरको पेटिमा बसेर हेरिरहेकी थिँए। अघि हात समातेर हाम्रो अघि हिँड्ने लोग्नेमान्छे र आइमाइलाइ मैले नियालेर हेरेँ। त्यो मान्छेले लाएको कालो शर्ट कतै देखेको जस्तो लाग्यो। हिँडाइ पनि चिने चिने जस्तो लाग्यो। उनिहरु नजिकै आइपुग्दा मेरो सातो गयो। त्यो मान्छे सानुको मामा थियो। तर त्यो मामा जत्रै हाइट भएकी हँसीली देखिने आइमाइलाइ मैले चिनिन। मलाइ मामाले देख्नु होला भन्ने डर। स्कुलको ड्रेसमा फिलिम हेर्न आको थाहा पाउनु भयो भने घरमा कुरा लाइदिनु हुन्छ भन्ने पीर  हत न पत्त म पनि चम्पा चुइङ्गम किन्न गएको पसलतिर दौँडे।


क्रमश:


 


 

Last edited: 21-Oct-09 05:50 PM

 
Posted on 10-21-09 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त है लहरे!


तिम्रो दिमाग घुमिरहेको छ भनेर सबैलाइ थाहा छ। भैगो, त्यस्तो घुम्या टाउकोलाइ धेरै सोचेर दुख नदेउ, फेरि पंक्चर होला नि!


केलि,


त्यो भाग- ६ लेख्दा त मैले पनि बत्ति बालेर लेखेको। क्या डर लाग्ने भन्या।


पुरे पनि क्या जान्ने! चम्पाले भन्या सबै मजाक रे। हे हे।


लौ न राहुलदाइ। त्यो तपाइले प्रत्यक्ष देख्नु भएको कुरा पनि पढ्न पाए क्या हुन्थ्यो। मलाइ एकदम मन पर्छ भुतको कुरा।


Santosh1984,


Thank u once again.Enjoy the part-9.
 


 
Posted on 10-21-09 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा, मामा त चण्डाल पो परेछ, पैले देखी सन्का त थ्यो मलाई यो मामा अन्त पनि लस्-पस गर्दै छ भन्ने। तर क्रेजी पनि हाराँ-ख्वोँ रेछ, स्कुल छोडेर फिलिम हेर्न गा धुत्!!!

 
Posted on 10-22-09 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmmm! The story is taking an intersting turn. The spicy stuffs were tasty. Enjoyed it!!!!
 
Posted on 10-22-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के यो सबै माइजुलाई सौता हाल्ने बहाना मात्र हो


के माइजु साचिकै बोक्सी हो त


के मामा ले अर्को श्वास्नी बिहे गर्ला त


के क्रेजी ले आफ्नै आँखा ले बोक्सी देख्ने छन त


के रुबी र टवाँ को प्रेम सफल हुन्छ त


अब चम्पा को के हुन्छ


यि सबै जान्न को प्रतिक्षा गरौ अर्को भाग बुझ्न नसकिएको कारण को


 
Posted on 10-22-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजपको कथा लेख्ने किरेजीलाई नमस्ते!
 
Posted on 10-22-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Crazy,


your story writing is superb !!!! can't wait for another part..... :)


 
Posted on 10-22-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा चम्पा.. त्यो मोरा "ट्वाँ लाई कुट्नु पर्ने ...मामा र ट्वाँ  चाही  एउतै सिक्काको दुइ पाता जस्तो छ.

माइजुले भुइमा खसेको खाको काम नलाग्ला भयो, मामा ले त सौता पो घुमाइरा जस्तो छ,  



 
Posted on 10-22-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी,


 ३ महिना पछी साझा आको,सुरुमै क्रेजी को कथा पढ्न पाको के चाहियो।
ब्यान काम आउन साथ सुरु गरेको एकै सास मा ९ भाग खत्तम।
गजब छ् कथा अनी बिषय बस्तु।
आफ्नो बचपन को याद दिलायो,तेस्ता नानाभाँती कुरा मनमा लिएर डराउने बानी।
सिनेमा हेरे झै लाग्यो,लौ अब अर्को भाग छिट्टै पढ्न पाइयोस।
क्रेजी रिडर
-बिस्टे


 
Posted on 10-23-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर पुरे!
मामालाइ त चन्डाल भन्यौ भन्यौ, क्रेजिलाइ चाहि त्यस्तो भन्न नहुने क्या तिमीले। तिमीले नेपालीमा एउटा उखान सुन्या छैनौ।
"गाँस छोड्नु, साथ नछोड्नु।" रे। अब आफ्नो साथिको ट्राजिडी पर्‍या दिन पनि कोहि स्कुलमा ध्यान दिएर पढ्न सक्छ त! एउटा कुरो नि।


santosh 1984ज्यु,
मसलामा नुन बढी भयो भने खबर पाम है। खुर्सानी नि पीरो हुन्छ नि कहिलेकहि त।


लहरेले फ्रीमा कथाको बिज्ञापन गरिदिएकोमा धन्यबाद। ती सबैको उत्तर हेर्न क्रेजीको कथा पढौँ भन्या चाहि रहेनछ धन्न। नत्रभए मैले उल्टो लहरेलाइ पैसा दिनु पर्थ्यो फेरि।


बिर्खेलाइ पनि तारेमाम,
बिर्खेको कथा पढ्नु पाउनु र कुनि के को सिङ उम्रिनु उस्तै हुन लागि सक्यो बाइ! कस्तो कलियुग आएछ।


Brandy,
धन्यबाद साथी। लागेको सुरमा कथा पढ्या कि नलागेको बेलामा? बुझ्न सकिन।


cosmo,
भैगो ट्वाँलाइ नकुटु साथी! बिचरा एक्लै छ रे। एकचोटिलाइ माफि दिउ है? चम्पाको माया लाग्या भए चाहि भनिदिउला।


ओहो बिस्टे!


के छ हालखबर! नेपालबाट के कोसेली ल्यायौ त? अनि परिबारलाइ कस्तो छ? सबैलाइ मैले सोध्या छ भन्देउ है। हैन, तिमी पनि म जस्तै डरछेरुवा त हो र भन्या?


 


 
Posted on 10-23-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<मामालाइ त चन्डाल भन्यौ भन्यौ, क्रेजिलाइ चाहि त्यस्तो भन्न नहुने क्या तिमीले।>>>

क्रेजीलाई मैले काँ भने चण्डाल भनेर?
क्रेजी त हाराँ-ख्वोँ पो भनेको त
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters