[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 203035 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-03-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पेल्यो साहु ले भन्दा दिन शनि र राहु ले भन्नु पर्ला।


बल्ल भात खाइयो, ट्रकको।


अहिले देखि नै मार हान्ने को हो? भनेम बाबुराम लाई ?


नवमी पनि कुर्न नसक्ने ?


तास खेल्ने रे चेली ? यसपाली तास को नि आश छैन। आमा समुह सकृय छन।


 
Posted on 10-03-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन होइन, योसँग खानु पर्‍यो।    


 
Posted on 10-03-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउसै बियर माइ डियर ?
छुट्टी हुन त देउ चिप्ले, बियर शियर खाउला, पिउला।
अहिले देखि लोभ देखाएर गर्नु गर्‍यो?

गर्नु गर्‍यो चिप्ले ले दिउसै बियर देखाएर
नाच्यो चिप्ले एकलै आफ्नै चियर उल्टाएर


 
Posted on 10-03-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझेदारीमा थिए केही पलहरु उस्का र मेरा
उस्का त अब उस्कै अरे बिचल्लीमा परे मेरा

स्वस्ती गरें।


 
Posted on 10-03-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन सुन्य चौतारी ? फूलपाटी नहुँदै घर जान पाइन्न गाँथे, अख्तियार ले समात्ला।


हुन त यसपाली फूलपाटी पनि नभित्र्याइने रे। क्यान्सिल रे। बाबु राम दाई को अग्रगामी छलाङ।

 तै पनि सप्तमी अघी त अड्डा आउनु पर्‍यो नि काम चोरहरु। 


 
Posted on 10-03-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-03-08 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए माइला , तैले अगी भुँडी सफा गर्न दियिश मैले गरे , लु तलाई अब अन्द्रा भुँडी दुबइ दिदै छु चिरी च्याट्ट पार पात बज्जे , तारेर खानु पर्छ चिसो सँग लु लु ।

 



 
Posted on 10-03-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैंको शुभकामना,

 

यसपाली खसी ढाल्ने कि नढाल्ने दोधाराँ परिया छ ।

खसी नढाले नि मासुको जोहो त भैहाल्छ, तेइ भर के गरुम के गरुम भाको हो ।

 

कोकल्ले चिन्ने हुन मलाइ कुन्नि ? मैले चै सपलाइ चिन्याछु । तेइ भ'र शुभकामना भन्न आ' के !!


 
Posted on 10-03-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के, के गरी सफा गर्या हो त्यो भुँडी? बाहिर बाहिर मात्रै पखालेको हो कि के हो? भुँडी त भरिभराउ देखिन्छ नि।
कसले CT को मकुन्डो लगाएर आयो फेरी?        

 
Posted on 10-03-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँझ साँझ पर्या छ, जाडो त त्यस्तो छैन तै पनि क्षेत्रपाटीमा माकलटोपी अनि कालो शिशा टल्किने चेस्मा लाएर एउटा तन्नेरी चुरोट तान्दै यता उता गर्दै हुन्छ। तरुनीहरु देखे पछि चुरोट लुकाउँछ, धित मरुन्जेल हेर्छ अनि तरुनीहरु ओझेल पर्दै गर्दा घुटुक्क थुक निल्छ अनि लामो सर्को चुरोट तान्छ। फेरी तरुनीहरु आउँछन उही क्रम।

यत्तिकैमा पेरुङ्गो बोकेर लखतरान देखिने एउटा पट्ठो क्षेत्रपाटी चोक नेर आईपुग्छ। त्यो माकलटोपी र चेस्मा लाकोलाई एकछिन हेरी रहन्छ। अनि नजिकै गएर सोध्छ "हन ए तिर्खे जिम्माल के चालामाला हो यो?"

"ए! खस्रेढुङ्गा? लोल! कताडी हो?"

"कताडी हुनु नी--दोलालघाट गएर ई एक पेरुङ्गो माछा लिएर आ म त-- अनि आफु चै के गर्दै नी? "

"म नी माछा हेर्दै हो -- छन लाई छ्यापछ्याप्ती रछन तर खै एउटै हात लाग्या छैनन -- चिप्ल्या चिप्लेइ छन--"

"घरैमा माछा भा मान्छे पनि यसरी चोक हुँदी माछा माछा भन्दै बसेर हुन्छ के त?"

"घराँ त बल्छि छ बल्छि -- के को माछा हुनु?"

"हाम्ले त माछै भन्ने सुन्या हो?"

"सुनेर हुन्छ? बल्छिमा पर्ने म --"

"(अलि पर तिर बाट एक बिसौली बंगुरको मासु बोकेर फर्क बहादुर, ल्याक्टोजिन र एक मुठा साग च्यापेर ईस्टे, एक केस पेप्सी लिएर झेली, एउटा हाताँ आधि अर्को हाताँ रित्तो बोतल जुधाउँदै लर्बरिएको सारगी भाकामा हुरिदै टुन्टे, ब्याकप्याकाँ कुखुरोको मुन्टो कोच्दै खुम्ले, जेरीको पोको बोकेर आन्नानी लगायतका औतारी ग्यांग क्षेत्रपाटी तिरै आउँदै गर्या देखिन्छन --)

" ल त खस्रे, म चै चिप्लिनु पर्यो अब -- बाढी आयो--माछा देखिन छाडे" अमिलो अनुहार लाएर तिर्खेले भन्या सुनेर खस्रे भन्छ "काँ जाने कुरा गर्या तिर्खे? हेर न पुरा औतारी ग्याँगै यतै आउँदै छ"

तिर्खे: त्यै भएर त जान ला त --

खस्रे: "त्यै बल्छिमा उनिन त होलानी -- "

खस्रे तिर हेर्दै पिच्च थुकेर तिर्खे पब्लिक युथ तिर लाग्छन "पानी त खाने खोलाको पानी त खाने -- फुस्केला तुना ----" गाउँदै।

 


 
Posted on 10-03-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घराँ त बल्छि छ बल्छि -- के को माछा हुनु?"

खस्रे: "त्यै बल्छिमा उनिन त होलानी -- "



झक्कास गो दीप पर्भो झक्कास्। 

मैले झन्डै  ६ बर्ष अघि लेखेको "दोलालघाटको माछा" को पनि आलै सम्झना रहेछ। 

Last edited: 03-Oct-08 02:30 PM

 
Posted on 10-03-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झेली Bhanya ko ho taaaaaaaaaaaaaaaaaaaaa?
 
Posted on 10-03-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप हाहाहाहा!

“”एक बिसौली बंगुरको मासु बोकेर फर्क बहादुर, ल्याक्टोजिन र एक मुठा साग च्यापेर ईस्टे, एक केस पेप्सी लिएर झेली, एउटा हाताँ आधि अर्को हाताँ रित्तो बोतल जुधाउँदै लर्बरिएको सारगी भाकामा हुरिदै टुन्टे, ब्याकप्याकाँ कुखुरोको मुन्टो कोच्दै खुम्ले, जेरीको पोको बोकेर आन्नानी लगायतका औतारी ग्यांग क्षेत्रपाटी तिरै आउँदै गर्या देखिन्छन””

 

खस्रे-तिर्खै वार्ता गजब गयो हाहाहाहा!

 

प्रभो, यसो मेसो मिले औतारीको कथा नै सुरु हान्दे हुने हो प्रभु! साह्रै रमैलो लाओ!

Last edited: 03-Oct-08 02:42 PM

 
Posted on 10-03-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गामतिर बस्ने चौतारीका तथा अन्य औतारीहरुलाई निमन्त्रणा छ!

के को? हजूर ढिँडो पार्टीको

के के खाने त?  मकैको ढिँडो, गुन्द्रुकको अचार, कुखुराको लेदो र मुला को अचार (तीनपाने- ऐच्छिक)

कहिले? शायद आज बेलुकी वा भोली बेलुकी

सम्पर्क? फोनमा सम्पर्क गर्नुहोला र समय जुराउनु होला

संयोजक? खस्रे आच्या चिप्लेढुङ्गा

कहाँ? तिर्खे आच्या बिर्खे माइलाको झुपडीमा

धन्यवाद्


 
Posted on 10-03-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुनेर हुन्छ? बल्छिमा पर्ने म --"

हा हा हा जीप पर्भो ले नि हसाउनु हसाउने, यार


 
Posted on 10-03-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! जीप प्रभोले हँसाको कुरा ठिटि प्रभोले ठ्याक्कै समात्देर बबाल!

 


 
Posted on 10-03-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्ट हसायो हो जिप ब्रो ले नि ...
अनी छ् नि सम्धी ब्रो म त ५ बजे को फ्लाइट मा झर्दै छु नि हो त्यानिर।

 
Posted on 10-03-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिट्ठी: हन ए तिर्खे, भोक प्यास लागेर भनेको मलाई अचेल निक्कै मुस्किल पर्न थाल्या छ के -- नेपाल तिर जाम भन्या पनि बामे ले ठमेलाँ ताल्चा मारेर मरी हाल्यो--  जोगी जस्तो भेष बदलेर हिन्या छु र पनि चिन्लान भन्ने डर उस्तै छ -- त्यस्माथि पनि दशैको बेला पर्यो भक्तहरु जथा भाबी जय दुर्गे भन्दै हिन्छन --- तर्सारै मार्छन कि क्याहो --

तिर्खे: सिट्ठी, तिम्रो हुटेलाँ त्यस्तो खास्साको तरकारी पाईन्छ के भोक लाग्यो भन्दै जोगी भएर हिन्या त?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters