[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 80621 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 11-28-05 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghanta jasto
aankhai ughridaina
yo nindra.





























Milyo ta?
 
Posted on 11-29-05 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ऋषिगुरु। लेख्ने कोशिश गर्दैछु। तपाईँको हाइकु सीप झन प्रशंसायोग्य छ। आउनुस् संगै निरन्तरता दिऊँ यो यात्रालाई।

नेपेसाहिला गुरु, नियमै मिलाऊँदा त यस्तो होला (शब्दचैँ अर्कै राख्ने कि?)।

दिक्क लाग्दो भो,
आँखा खुले मार्दिनु !
कस्तो निद्रा यो।

निरन्तरता दिनु होला।
 
Posted on 11-30-05 4:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरू ॥
क्षमा पाम है, एउटा फुरो तेसैले उन्न खोज्या। नमिल्या ठाममा सच्याइपाम ल। यो धागोलाई पनि त तन्काम्न परो नी गाँठे।
स्वागत छ है
मौसुफ सरकार
स्वदेशभित्र॥१॥
उपहार के
बीस करोड खर्ची
ल्याइबक्स्यो त॥२॥
शान्तिको भेल
उर्लन्छ की मौसुफ
अब देशमा॥३॥
तेसैले होला
निषेधाग्या गरेको
बानेश्वरमा ॥४॥
 
Posted on 12-01-05 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गुरु, तन्काउन परो।
आजलाई मेरोचैं हा. टा. मात्रै।
 
Posted on 12-01-05 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकति दिम् है त!


"को को छन ?"
"
'राणा'को प्रेत
तस्करको लस्कर
पण्डितमारा ।
"
"के के छन् ?"
"
अगस्ती पेट
रक्तरञ्जित बर्दी
चिनिया गोली ।
"

"के के आउँदैछन् ?"
"
अफ्रिकाबाट-
कद्दाफीको रवाफ
मुगाबे मन्त्र ।

 
Posted on 12-03-05 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अलि सरल बनावटको हाइकु। लौ जा!

"युवराज"

पारस शाह
संपत्ति छ अथाहा
धूर्त फटाहा

 
Posted on 12-03-05 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यौटा अर्को।

"यात्रा पछि जात्रा"

कोसेली ल्याएँ
कद्दाफिको दमन
ढुंगा पो खाएँ

 
Posted on 12-06-05 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ढुंगाको यात्रा"

मण्डले हात-
जनताको टाउको-
सवारी गाडी।

(जता हाने पनि फर्केर आएर आफैँलाई लाग्ने हो, त्यसैले होशियार!)


"स्वाभिमान?"

लात हानी'स्यो,
मालीकले पिटि'स्यो,
धन्य भो जुनी!


"काठमाडौंको प्रहरी प्रमुख"

कमजोरी थ्यो-
नपुंसक खसीको,
'बोको' काटियो।
 
Posted on 12-08-05 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिल्लामा एउटा थपिहाल्न मन लाग्यो।

"आशा"

आज सहन्छु,
प्रभुको थप्पड, लात्ती
गो.द.बा. पक्का!
 
Posted on 12-09-05 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रजातन्त्र

अवसरबादीको
मागिखाने भाँडो भो
जनता दीक्क।
 
Posted on 12-27-05 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै भएछ यता नपसेको।



"शाही चुनाव"

बन्दुक उठ्छ
गोलीले भोट हाल्छ
राजाले जित्छ।

"उम्मेदवार"

श्री ३ सच्चित
श्री भरतकेशर
श्री 'हाब्रे' शाह ।

"मतदाता नामावली"

श्री शाही सेना
श्री तुल्पीटर गिरि
श्री 'बिग्र्या' बद्री

"पर्यवेक्षक"

श्री 'दास' पाण्डे,
श्री अशोक सिंघल-
"निष्पक्ष हुन्छ!"
 
Posted on 12-27-05 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ दामि----अरु नि जाओस गोतामे जि !
 
Posted on 12-28-05 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ दामि----अरु नि जाओस गोतामे जि !
 
Posted on 01-04-06 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नमे र दादा। गुरुहरुबाट पनि जाओस् न दुई चार हाइकु।

"आवश्यकता"

सहयात्रीको-
निरस लाग्छ एक्लै
हाइकु यात्रा।
 
Posted on 01-04-06 2:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि सान्दर्भिक टुक्राहरु;

"शाही भ्रमण"

आँखा चिम्लेर
कान टालेको बर्दी
बस्ती घुमेको।


"राजतन्त्र"

-१-
द्रब्य पिशाच
तीन शदी पुरानो
सडेको लाश।
-२-
थुप्रिएको छ
थोत्रो गजूरमुनि
सहस्र पाप।
-३-
डल्लिईसक्यो
अब बाँकी केवल
बर्दीको छाप।


"लोकतन्त्र"

-१-
कुँदिएको छ
समयको भित्तामा
स्वर्ण अक्षर।
-२-
स्वाधीन आत्मा
गणतन्त्र-किल्लामा
नाचेको देख्छु।
-३-
अन्तिम मौका
धार रोजौँ साथी हो,
उल्टो कि सुल्टो?
 
Posted on 01-12-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही चुनावकै प्रसंगमा केहि टुक्राहरु थप्दैछु आज।

"सुवर्ण अवसर"

'प्लेन' चढेर,
काठमान्डु गएर-
भोट हाल्नुहोस् !

"अरु आकर्षण"

लजमा बस्ने,
भोजन, दारुपानी-
सप्पै सित्तैमा!

"निर्देशन"

कतै नहेर्नु
'जैजयकार' गर्दै
खुलामञ्च जानु ।

"तरिका"

लाइन लाग्ने,
सेनाले टुक्रो दिन्छ-
बक्सामा हाल्ने;

मत खसाल्ने,
फेरि लाइन लाग्ने,
फेरि खसाल्ने;

खसालेपछि-
फेरि लाइन लाग्ने,
फेरि खसाल्ने;
--------------
--------------

खसाल्नु त हो-
छाप लागेको खोष्टो!
मुठै खसाल्ने!
 
Posted on 01-12-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरी आजकल
झिंगा मार्ने फुर्सत-
साझा जिन्दावाद,

हाइकुको तरिका मिल्यो गौतम गुरु?
:)
 
Posted on 01-13-06 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी, नेपाली हाइकुको नियम ५-७-५ हो, तर कडिकडाउका साथ पालना नगरेको पनि भेटिन्छ। भनौँ न आवश्यकता अनुसार छोट्याउने- लम्ब्याउने स्वतन्त्रता छ, प्रवाहचैं हुनुपर्यो।
५-७-५ मिलाऊँदा तपाईँको हाइकु यस्तो बन्ला;

अचेल म छु,
फुर्सदै फुर्सदमा-
'साझा' अड्डा भो !

(हतारको कोशिश है!)
 
Posted on 01-13-06 3:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर यो "झिगां मार्ने" भन्ने शब्दमा मौलिकता छ। यसलाई नफाली सपार्न सकिन्छ कि।

अचेल म छु,
झिंगा मार्ने काजमा
'साझा' अड्डा भो !
 
Posted on 01-13-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरी साझामै
झिंगा'नी मरेन
झुसिली बिझायो मात्रै :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
[New post] Why Would Krishna Have To Run From The Battlefield
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
ओच्छ्यान मुत्ने समस्या ( confession )
अमेरिकामा छोरा हराएको सूचना
ठुलो ठुलो दुध भएकी युवती ...
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters