[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 111973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ त कथा को काउन्टेर चलेको रैछ, मैले त पुन्टे दाई को कथा मात्र पढे, सबै बुझेर हासे, म चै तेसै हासे । अब भोली पढेर फेरी हस्नु पर्ला ।
 
Posted on 11-16-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या चित्रे हेर न सप्पै मिलेर निशान्त् लाइ उडाएको ।कुम्ले नि साथि हु भन्थ्यो मात्र येस्तो बेलाँ कथा भाग्यो कता, खाना जादा को मात्र साथि जस्तो छ ;)

खतरा डिफेन्स् कथा हाल्ने मान्छे चाइयो, अब क्यार्नु आफुलाइ सोच्ने सम्म फुर्सद् नभएछि।:D
 
Posted on 11-16-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले मेरो सेतो टोपीको फोटो फेला पारेछ। अब हेर केटकेटिहुर तिमेरुको बुढा दाईले ढल्काएको तानसेन बजार मै किनेको पेवर पाल्पाली धाका टोपी!

क्यार्नु? तालु छोप्नै परो के रे, अनि टोपी थरी थरीका! ;)

 
Posted on 11-16-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो! हाम्रो पून्टे दाई त कति हिरो देखिनुभा' ल पाल्पाली ढाका टोपीमा!

यो अस्तिको आईतबारको मेमोरियल पिरोगिराम (programme) मा हो पून्टेदाई? ईन्डिया चाइना ईन्ष्टिच्यूटमा नेपाली पून्टेदाईको सन्सनीपूर्ण भाषणले तालीको गडगडाहट ल्यायो होला!
 
Posted on 11-16-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा हाम्रो पुन्टेदा टोपि लाउदा कस्तो राम्रो,(मन्मनै- भन्द्या मात्र टक्लु नै राम्रो :D )
 
Posted on 11-16-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुन्टेदाइ ढाका टोपिमा ता बहुत झिल्के देखिदा
रछन्
यस्ता पुन्टेदाइलाइ हिजो अर्कै तिर पो गेस गरेछु ।

हिजो लोटरिको कुरा गरेदेखि हराका पुन्टेदाइ तासको खालमा पो पुगेछन्

हेत्तेरि पुन्टेदाइ तिमिलाइ जेगरेपनि नहुने किन हो?

चिट्ठा देखि तास सम्म केहिले पनि नफाप्ने??

रोल लम्बर २०
हैन हैन २१
यामे
यस् मिस्
 
Posted on 11-16-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त Memorial Service मा ताली बजाउन हुँदैन के रे, चित्रे। तर धेरैलाई थाहा नभएर होला, हरेक वक्ता पछि ताली बजाउँथे कोई कोई।

हुन त हो नि, तितौरी बुईनी! टक्लु नै मन पर्छ मुलाइ नि। तर क्यार्नु? अरुको आँखै खाला भन्ने डरले छोप्नै पर्छ कहिले काईं! :D
 
Posted on 11-16-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साढे सात को शनि मेटिन एक साल बाँकी छ के रे, यामे! अनि त कस्सो नपर्ला त्यो लोट्टो? तिमेरुको नि हात चिलाई भे भनि हाल के रे! :D
 
Posted on 11-16-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेले उता मेरो सन्सारमा लेखेको ब्लग पढ्न पाइयो। तिम्रो कुरा सोर्‍है आना ठिक छ। बास्तबमै नेपालमा घुस खाने र घुस दिने एउटा संस्कारनै भइसकेको अवस्था छ। सबैले देखेका अनि सबैले घुसिया भनेर चिनेकाहरु आज एक एक गर्दै क्लिन चिट पाएर निस्किरहेका छन्। यस्तो अवस्थामा हामीहरु जस्ता युवाहरु फ्रस्टेट नहुने प्रश्नै उठ्दैन।

घुस खाएको अभियोगमा धेरैलाई सोधपुछ गरिएको छ, तर घुस दिएको अभियोग कसैलाई लगाईएको देखिदैन। नमेले गरेको यो प्रश्न एक्दमै मनन योग्य छ। घुस लिने ति ब्यक्तीहरुलाई पल्काउने हामीहरु नै हौँ। अब अहिले यस्तो अवस्थामा यदि घुस लिने ब्यक्तीहरुलाई कार्वाही गर्न सकिन्न भने घुस दिनेलाई समाउनुपर्यो। अनि भन्लान नि तिनीहरुले को को लाई घुस दिएका छन् भनेर।

यस्तै छ दुनिया, जत्ति गरे नि नहुने!!

एउटा कुरा चाँहि पक्कै हो, जब सम्म हामी आफैँ घुस दिन छोड्दैनौँ तब सम्म यो संस्कारले हामीलाई छोड्ने छैन।
 
Posted on 11-16-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यामे, कति बिर्सेको होला आफ्नो रोल नम्बर पुनी। कति चोटि भन्नु मैले २१ चाइ मेरो, २० चाइ तिम्रो भनेर। बरु अर्को बर्ख चाइ तिमि नै लेउ २१ तेस्तो मन पर्ने भए।
(मन मनै जाबो एउटो रोल नम्बर नि याद न हुने ले के गरि घर गरेर खाने होल कुन्नि??)
:P
 
Posted on 11-16-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ..

नेप्चेले तेहि भन्ला भनेर च्याखे थापेको भनि हाल्यो नि ?

बिर्स्या छैन मैले
अस्तिनै देखि भित्तामा लेखेर राख्या छु के........


ए क्यामे धन्यबात त्यो लेख भको गाम देखाइ देकोमा

हो त नमेले लेख्या सोर्है आना ठिक हो नि


यस्तै छ दुनिया, जत्ति गरे नि नहुने!!

एउटा कुरा चाँहि पक्कै हो, जब सम्म हामी आफैँ घुस दिन छोड्दैनौँ तब सम्म यो संस्कारले हामीलाई छोड्ने छैन।
 
Posted on 11-16-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पून्टे दाईको कथा बल्ल पढियो। क्या भन्ने यार मेरो दोस्तलाई त्यस्तो।

ग्वाँचे र पून्टे दाईले मेरो दोस्तलाई त्यस्तो भन्ने होइन है, मैले भन्देको छु।

ग्वाँचे तिमीलाई त्यो टिप्सले नपुगेको हो?? नत्र किन त्यस्तो भन्थ्यौ र? त्यो दिनको खर्चपनि मैले बेहोरेको थिएँ। अब भन्नु त हुदैन, मेरो त्यो सय डलर त्यहि सकिएको थियो। मैले "खर्च नि मै बेहोरौँला" भनेको थिए त्यो दिन। खासमा मैले भन्न खोजेको चाँहि अर्को चोटीको डेटको खर्च बेहोर्छु भन्या, हितेशले र निशान्तले चाँहि त्यो दिनको खर्चपनि सम्झिएछन्। अनि मेरो बिजोग भइगो नि। त्यस्तो गरेर तिरेको पैसो त्यो ग्वाँचेले कत्ता झ्याप हानेछ हानेछ। टिप्सपनि दर्हो दिएको थिएँ त मैले उस दिन। निकै खुसि भा'थ्यो त। आज आएर लौ हेर के के भन्न थालेछ थालेछ।

कम टेन्सन भाको थियो मलाई त्यो दिन? दुईवटा सिजलरको पैसा, ३+४ (पछि हिते र निशान्तले २-२ वटा पिए) = ७ बोतल बियरको पैसा, पिउन अनि मुख कुल्ला गर्न कोक, सलाद, मोमो अनि त्यसमाथी टिप्स।

अझ तिरेको छैन भन्छ यो ग्वाँचे। के गर्नु? बिल राखिएन क्यारे नत्र त तिरेको प्रमाण नि देखाउन मिल्थ्यो उस्तै भए निशान्तले भेटाउछु भनेर तिराको पैसा मध्य एउटा सिजलर र कोक खानेलाई त्यो दिनदेखि निशान्तलाई भेटेकै छैन अनि त्यो बाचा नि पुरा हुन नसकेको गुनासो पोख्न सकिन्थ्यो कि??

;-)
 
Posted on 11-16-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D ल ल दुधको दुध् पानि को पानि हुनुपर्यो, नत्र हामि बिचरा ग्वाचेको पैसा तिराएरै छोड्छौ। पन्चायत् बसाउनि हो कि? जिम्माल् बा कता जानुभो?
 
Posted on 11-16-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ..दुधको दुध् पानि को पानि हुनुपर्यो । जिम्माल् बा कता जानुभो ? यहा पन्चायत् बसाउनु परो।
:P
 
Posted on 11-16-06 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता तितौरीले "खतरा डिफेन्स् कथा हाल्ने मान्छे चाइयो" भन्नु, एता कुम्ले दाइले पनि टुपुक्क
"डिफेन्स् कथा हाल्नु " ...के यो सन्जोग मात्र होला त?
:P
 
Posted on 11-16-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के दुधको दुध पानीको पानी नि, पैसो चैँ बियर र कोकको रे,
अब बियरको बियर, कोकको कोक गर्नु पर्यो,

एSSSSSSSSSSSSSजिम्माल बा, पन्चायत बोलाउनु परो रे,

(ह्या, घोक्रो सुकिसक्यो, कता लागेछन् बुढा)
 
Posted on 11-16-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"के यो सन्जोग मात्र होला त?" यो त एउटा उपन्यास् को नामै जस्तो पो छ त।
 
Posted on 11-16-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरा गरेउ सान्नानी, उपन्यास जस्तै छ, त्यो पनि सोलिड रोम्यान्टिक वान
 
Posted on 11-16-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा अब बियरको बियर, कोकको कोक
छुट्ट्याउने रे?

अब कुम्ले आफै ले स प्रमाण् तिरेको भने'छि छुट्याइ रहनु पर्यो त ग्वाचे ले भन्या झूट् हुनु पर्छ।Sorry gwaache :D
हमि भन्द पछि आ'मान्चे एस् एल् सि पास् गरेको भन्या छ हामि सप्पै भर्खर् अस्तिनै चौतरी महोत्सब् पछि २ किलासाँ जादैछौ उ चाइ एस् एल् सि पास् रे अब छिनो फानो गर्नुस् जिम्माल् बा आफै ।

kumle haha nice defense!
 
Posted on 11-16-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सबैलाई बाई बाई, आफ्नो त विकेण्ड सुरु भो, अड्डा आइदैन सौंबार सम्म, एसो चियाउदै गरम्ला घरतिर बाट, हायभ फन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters