[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 176748 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-24-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हुनुपर्ने त ४१०० नै हो; तर मकरेले भन्या जस्तो, ५००० निकाल्छ जल्ले पनि। नपत्याए यताउता सोधीहेर, थाहा हुन्छ
 
Posted on 07-24-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मक्करे, यसको उत्तर ५००० हो? कसरी?
आज बिहानदेखि मेरो दिमागै ठीक ठाउँमा छैन भन्या, त्यसैले गल्तीले मिस्टेक भा'को हुनुपर्छ।
 
Posted on 07-24-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ? मेरै उत्तर सही हो रे? हे हे!
लु हरी म सोधी हेरम्ला।
 
Posted on 07-24-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो नजिकै बसेको एउटा साथीलाइ सोधेको त
१ 'कि चार हजार कि पाच हजार होला'
२ एक्छिन पछि 'हैन कि ४१०० कि ५१०० होला'
३ अन्तिम मा 'कति वटा हजार भनेको थाहा भएन लौ ५०००' रे
 
Posted on 07-24-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा रमाइलो प्रश्न! पहिलो पटक ५००० नै दिमागमा हान्दो रहेछ! नब्बे पछि सय पुग्ना साथ सिधा हजार जोड्दोरहेछ दिमाग ले!
टु प्लस टु डिभाइडेड बाइ टु कति हुन्छ? भनेको जस्तो! :)
 
Posted on 07-24-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parbatya,
Your friend must be an American. He infact doesn't know math that much without using calculator. People who know mathematics will come up with straight answer of either 4100 or 5000.
 
Posted on 07-24-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन आज ठुल्दाई कता जानुभयो।
आज चाउमिन भुट्न खोजेको, उमाल्ने देखि सस हालेर खाने सम्मको असलि बिधि चाहिएको थियो। केहि अनुत्तरित प्रश्नहरु थिए। जस्तै: तरकारिहरु पहिला उसिन्ने कि सिधै टुक्राहरु हाल्ने? मासु (पहिले नै पाकेको) संगै भुट्ने कि चाउमिन तयार भएपछि माथि बाट हाल्ने? के भुट्ने बेलामा नै सस हाल्ने? मसला के के हाल्दा काठमान्डुको असलि चाउमिनको स्वाद आउँछ?
ठुल्दाई??? कता हो???

 
Posted on 07-24-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
म यहि छु, अहिले जिम्माल् बा कता अड्डामा कि, घर् मा।
 
Posted on 07-24-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अड्डामा छु दाजु, अब ४५ मिनटमा यहाँ बाट हिँड्ने! :)
 
Posted on 07-24-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे-बुढा, आज चाउमिनले छाक टार्न ला' हो ?
 
Posted on 07-24-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा भउते बबुरो!
के को छाक टार्नु नि छाक दामि बनाउना ला'को नि चाउमिनले!
क्यार्दै हो भउते चाहिँ?
 
Posted on 07-24-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोत्दै
 
Posted on 07-24-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथ्लो पाटो सकियो?
लामपाटो बाँकि नै छ अझै?


 
Posted on 07-24-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिनमा चाउमिन बनाउने तरिका राखौला तर त्यो भन्दा पहिला अफ्नो पेट पूजा गर्म कि भनेर।
 
Posted on 07-24-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस दाई! मजाले खानुस पहिला!
 
Posted on 07-24-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले मैदा मुछ्ने।

मुछेको मैदालाई कन्दै म:म: पकाउनि भाँडोमा कोच्नि।

भाँडोको प्वालहरुबाट पिचिचि गर्दै निस्केको पिठोलाई लाईनसंग मिला'र आलुमिनम् ट्रे मा राख्नि, अनि ओभनमा सुकाउनि।

कक्रक्क भएसि झिक्ने।

सुईय सास फेर्नि, अहिले सम्म नपा'कि जिम्माल्निलाई सम्झेर आफ्नै खप्पराँ प्याट्ट हान्नि। ("हे दैव, मेरो कुईएको भाग्य!" भने नि हुन्छ, नभने नि हुन्छ -- अहिले भन्न मन छैन भने, फेरि पछि भन्ने मौका नि आउँछ)

चाउमिनमा खासै भन्ने हो भने नेपाली्देसि मसलाहरु हालेको मिठो हुँदैन।

(अब, जिम्माल्नि नपाएनि पुन्टे बुढाले कल्याण गरे भन्दै नमस्ते ठोक्ने, तर नपा'कि जिम्माल्नि नै हो जस्तो गरेर साईड चाईं नहान्ने! (मेरो गालाँ मुहाऽऽऽऽ गरे तिम्रा ओठाँ कोडी परि झर्ने छन्!)

सुकेको पिठोको लम्साहुरलाई पानीमा उमाल्ने, अनि अलि अलि काँचो हुँदै तैराउनि।

सुक्या खुर्सानी, प्याज र लहसुन फु-याउनि। (प्याकेटको चाउमिन प्रयोग ग-या हो भने, प्याकेटमा भा'को घिऊ नि तेल संगै मिसाउनि)

तरकारी के के हाल्ने हो, सब हालेर भुट्नि।

(छिकेन झन्डै बिर्सेको...फेरि एक बाजी नपा'कि जिम्माल्निलाई सम्झेर आफ्नै भाग्याँ "थुईक्क" गर्नि...पकाउनि भाँडो तिर होईन, सिंक तिर फर्केर)

पहिलै उसिनेर टुक्रा पारेको चिकेन हाल्नि।

चिकेन (ब्रोथ) क्यूब हाल्नि।

चाउमिन संग आ'को मसला नि हाल्नि। २-३ प्याकेट आउमिनको लागि एउटाको मसलाले पुग्छ।

उमालेर "साली ताक्दा कस्सिएको भउते, नपाए'सि लोत्र्या झैं परेको" लुलो पिठोको लम्साहुरलाई हाल्नि।

मज्जाले चलाउनि। हात गल्छ होला, फिरि नपा'की जिम्माल्नि सम्झेर साईडको भित्ताँ खप्पर ठोक्नि, तर नफोड्नि। फोडिए, यमराज संग सिक्लाउ चाउमिन बनाउन।

सोया सस र म्यागी सिजनिङ सस हालेर मज्जाले फिरि चलाउनि।

आगो निभाउनि, ऐना हेरेर फिरि लास्ट पटक नपा'की जिम्माल्नि सम्झेर धुरु धुरु रुनि।

पुन्टेको नाममा एक पनिऊ छुट्टयाउनि, धन्नेबाद दिनि, अनि हुसुर्नि।

तारेमाम्।
 
Posted on 07-24-07 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफुलाई बेस्कन भोक लागिरा बेला के कूरl गरी भन्या होला यो जिम्माल बा र ठुल्दाइले
 
Posted on 07-24-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

सिकाउन त सिकायौ पुन्टे बुडा, हेरि पकाम्ने हो मजाले आज।
तर के जाति बिख नभा' सर्प र इख नभा' लोउने मुन्छे काम लाउदैन भन्ते अगेर। हेरि दिन, मैना गनेर' भ' नि आजका मितीले छ मैना नभए एउ बर्ख भित्र 'नभाकि' हैन एउडि बलिइ बाङ्गी, जुनकिरि अस्ति आँखाँ राखे नि नबिझाम्नि, मौका परे स्याउलाको भारि नि बोक्न सक्ने भकारो नि सोर्न सक्ने,अनि हेरि एइ बुडोओ दिल नि चोर्न सक्ने जिम्माल्नि आकाश पाताल एक अरेर, हाउँरो गामको गैरा बारिमा बदमको सिलो खोजेओ जस्तो गरेर खोजेर, हेरि काखि च्यापेर तिम्रा घरको दैलो ढकढकाम्न आइन भने मुलाई जिम्माल नभन्नु! ए रात्तै! त्याँसि हाउँरा घराँ आम्नु बुडा, चाउमिन साउमिन मात्तै हैन यस्ता यस्ता बेन्जन चाइन्जो ख्वाउँला खाँदा खाँदा तिम्रा तलमाथि भ'र भोलि गाममा हल्ला चल्ने हुन्छ चाइन्जो "चाउमिनले अर्दा पुन्टे बुडाको सर्जमिन भो" भनेर!

 
Posted on 07-24-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद है पुन्टे दा! आफु पनि आज चाउमीन खानु परो भनेर चाइन्जो तरकारीहरु कटकुट परेर चाउमिन उसिनेर ठिक्क पारि चौतारि यसो चिहाउन आको त चाउमिन बनाम्ने रेसिपिपो पढ्न पइयो! के खोज्छस कानो आँखो भने जसो भो। खोइ यो उखान टुक्का चै मिलेकि मिलेन था भन । नमिले छमा पाम है।

 
Posted on 07-24-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासु चै कुखुराको भन्दा सुंउरको राख्दा मिठो होलाकि भन्चुर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters