[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 My first love letter

[Please view other pages to see the rest of the postings. Total posts: 260]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 111675 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 10-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो इस्कुलको साथी थी। मिल्ने साथी भन्नु पर्ला। अरु बेला त होइन, उसको लवरलाइ मुक्तक र कबिता लेख्नु पर्दा मलाइ खुब चेपारो घस्थी। उमेरको कारण होला उ कुकुरको पुच्छर् चाहि होइन, हाम्रो इङ्लिश पढाउने बुढो सरको नाको लामो सेतो रौं हेरेर मरिमरि हाँस्थी। क्लासमा हामी त्यो सरको कानबाट निस्केको रौँ हेर्थ्यौं र भित्र आगो लागेर कानबाट धुँवा निस्केको कुरा कल्पना गर्थ्यौं। त्यो मोरीको दिवानाहरु चाहि घर देखि इस्कुल सम्म हुन्थे र बाटोमा पनि बोलाउथे नामै लिएर। उ चाहि परेला झिमझिम गर्दै मसक्क हाँसिदिन्थि, केटाहरु भुतुक्कै हुन्थे। तर उसको लिस्टमा चाहि धेरै जना हुन्थे। उ पढ्नमा पनि राम्रै थी। सबै कुरामा स्मार्ट।
उसको लव लेटरहरु देखेर आफुलाइ पनि कसैको चिट्ठि आँुछ कि भन्ने झिनो आशा लाग्थ्यो। तर, केटिको केहि गुन नभएकि म हिड्दा पनि केटाहरु आर्मी जस्तै हिड्छ भनेर सुनाउथें। कतिसम्म भने "बुलडग" जस्ति भन्थे। आफ्नो इस्टाइल नै तेस्तो थियो त के गर्नि। मेरि साथि चाहि कुरा गर्दा पनि सात ठाँउमा भाच्चिन्थी मस्किएर। तेस बेला ठुलो पिर पर्यो मलाइ, मेरो जिन्दगीमा चाहि लव लेटर कसैको न्अौनेभो भनेर। तेहि ताका मलाइ एउटा पत्र- मित्र को चिट्ठि आँउथ्यो। मेरो नाम र इस्कुल को ठेगाना रेडियो नेपलको "बाल कार्यक्रम" सुनेर थाहा पाएछ। पुर्व मेचीदेखिन लेख्थ्यो साहितिक चिट्ठि। दुइ वटा सम्म चाहि पढे र साथिहरुसङ बसेर हाँसे। असाध्यै गम्भिर प्रबितिको लेखाइ थ्यो उसको, पानी पर्दा पनि रुने जस्तो। तेस्रो चिट्ठि आको बेला तेहि बुढो ग्रामर सर हुनुहुन्थ्यो र सोध्नुभो "यो मान्छे को हो?" मैले केहि भन्न सकिन। तेसपछि उहाले चिट्ठि फिर्ता लानुभो।

मेरी साथीको चाहि धुमधाम थियो ताँती पछि लाग्नेहरुको। उसको त अस्तिको महिनामा एउटा हुन्थ्यो र अहिले अर्कै। मलाइ पनि अलिकति उ जस्तै हुन मन लाग्यो। हाम्रो इस्कुल सकिएपछि हामिहरु सङै एउटै कम्प्युटर इन्स्टिच्युटमा गयौं। तेहा पनि उसको लागि त लाइन लागि हाल्यो। आफुचाहि सुक्खा। एक दिन मैले उसलाइ सोधे "कसरि तेरो पछि केटा हरु लाग्छन्?"
" तैले पनि त तेस्तै गर्न सक्छेस् नि"।ुसले हाँदै भनि।
"कसरी?" मैले फेरि सोधें।
"तलाइ थाहा छ त्यो अर्को सर पनि क्रेजी छ नि तेरो लागि?"
"के भन्छे यो, नचाहिने कुरा नगर त"।
"हो भन्या, तिम्रो साथी कस्तो स्मार्ट छ भनेर मलाइ भन्या थ्यो नि।"
"मलाइ धेरै उडाको मन् पर्दैन।"
"त आफै वास्ता गर्दैनस् त अनि के हुन्छ त तेरो लव?"
"हेर, कहिलेकाहि केटिले पनि अघि बढ्नु पर्छ नि।"
"भनेको मतलब् के नि?"
उसले मलाइ सबै कुरा सिकाइ। उसले भन्या पनि हो हो जस्तो लाग्यो। जसले मलाइ मन पराउछ भन्थी, त्यो सर पनि ह्यान्सी लाग्न थाल्यो। म सङ नै धेरै आकर्शित भा जस्तो लाग्न थाल्यो। मेरो साथी हावा भर्न लागि मलाइ। अनि मलाइ के चाहियो, म पनि उड्न लागे आकाशमा र एक दिन मैले एउटा चिट्ठि मेरै साथीको मार्फत त्यो ह्यान्सीलाइ पठाएं।
मन ढुक्ढुक गर्दै दुइ दिन पछि तेहा गए। ह्यान्सी त कस्तो नर्मल तरिकाले कुरा गर्छ बा। केहि नै थाहा नपाको जस्तो। अति भएपछि मैले आफै सोधे।
"मैले पठाएको त्यो चिट्ठि पाउनु भयो?"
"उँ, तर भर्खर् २ पेज पढ्दैछु, सबै पढ्न भ्याको छैन। यो हप्ता भरीमा सबै पढ्न सक्छु होला। तिम्रो बेस्ट बूक्................... हो"।
मलाइ उकुसमुकुस भयो। कस्तो मान्छे रहेछ, एउटा चिट्ठि पनि एक हपता लाएर पढ्ने। अल्छि मोरो। कहि नभाको बिजि मोरो। मनमनै कस्तो ह्युमिलेट फिल भयो मलाइ र सोझै पुगे मेरो नक्कलि साथीकह।
"मोरोले त पढ्नै सक्या रैनछ"। रिसले भने।
"कति थियो र तेरो लेटर?"
"५ पेज थियो नि।"
"तैले थेसिस लेख्या कि लब लेटर?" हाँसी त्यो मोरी।
"खोइ कहिले लेख्या भए पो।लेख्दा लेख्दै ५ पेज भयो। तैले मलाइ पहिले भन्नु पर्दैन कति लेख्ने भनेर?"
" मलाइ के थाहा नि? मैले पनि कैले लेख्छु र?"
"अनि कसले लेख्छ त तेत्रो रिप्लाइ तेरो हिरोहरुलाइ?"
" तैले मुक्तक् लेख्छस् अनि त्यो सबिनालाइ पेपर दिन्छु उसैले मिलाइ मिलाइ लेख्छे नि।"
मोरि कति बाठी, पहिले नै मलाइ तेसो भनेको भए त म पनि जान्थे नि सबिनाकहाँ। बेकारमा मोरो त्यो ह्यान्सीको अगाडि मेरो इन्सल्ट मात्रै भो। मोरो बजियाले मेरो लेटरको हाँसो उडायो होला। ट्रासबिनमा फालिदियो कि उसको सबै साथी हरुलाइ मेरो रङ न ढङ को लेटर देखायो होला। मैले तेसलाइ कहिले पनि भेट्न गैन। बजियाले पनि कहिले बिर्सिदैन होला मेरो थेसिस जस्तो लेटर। त्यो फस्ट लव लेटर नै फेल भएपछि मैले अझैसम्म अर्को लेटर लेख्ने साहस गरेकि छैन।

 

 


 
Posted on 10-05-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल,

जता पुग्यो उतै ओथारो बसेर के गर्या यस्तो? चानस दिनु पर्दैन अरुहरुलाई? आच्या!

उफ्री,
फुन लम्बर त दिन्थे तर हेरी यो साझाँ खुलेआम कहरी हुन्थ्यो र? भए जति बिरक्त र अतिरिक्त आत्माहरुले तर्साईहाल्छन नी --

बबाल मायाँ,

कति जति जन्ती लिएर आम त?


 
Posted on 10-05-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ पेज को लभ लेतेर एक चोटि पढ्न पाए हुन्थोयो।
अनी बिर्खे जि रिप्लाई गर्नु पर्‍यो। एसरी चुप लगेर नरिको कोमल हृदय माथि खेल खेल्नु भएन।  फेरी तपाईं पनि लभ लेटर लेक्न थालनुभयो कि क्या हो।




 
Posted on 10-05-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

यहाँ खोलो सुकाउने कुरा गरिरा बेलाँ के कोमल मन दुखायो भनिरा सबैले? किन दुखाउनु नि मन्।

दीप बरु को कता ओथारो बस्ने कुराको छिनोफानो गर्न पाए हुन्थ्यो कि त?


 
Posted on 10-05-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Deep,

अहिलेको जमानामा पनि के जन्ती लिएर आउने दिप? रमाइलो हुन्न क्या अरुसङ।
आउने भए एक्लै आउ।

तिमी आउछौ कि अर्कै बिहे गरौं?


 
Posted on 10-05-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि,

अब म के गरु? पिलेनको टिकस काटेर आउ कि? नत्र भए दिप आउछु भन्छ नि।


 
Posted on 10-05-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Serial , hernu na Birkhe lajaaera basyacha.
 
Posted on 10-05-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी लभ

कोइन तस गर ल। हेड आयो भने बिर्खे अनी तैल आयो भने दीप।


 
Posted on 10-05-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जि केटा मान्छे भएर लजौनु भएन। त्यस्तो मौका पाएको बेलामा
मौकामा हिरा फोरम ल  ल झत्तै

 
Posted on 10-05-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! पिलेनको टिकस काटेर आउँ कि रे!

के कुरा गरेको म कहाँ आउन पिलेनको टिकस काट्ने रे? म हुँदा हुँदै टिकस काट्ने पिलेन चार्टर गरेर पठाइदिन्छु ५-६ जना सुसारेहरु सहित!

हाहा सिरियल क्वाइन टस गर रे! हुन्छ हुन्छ हेड आयो भने मैले जितेँ टेल आयो भने दीपले हार्यो!


 
Posted on 10-05-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल मायाँ के कुरा गर्या?

"रमाइलो हुन्न क्या अरुसङ --"

जन्ती सँग त तिमीले केई गर्ने हैन त -- धत!

जहाँ आउनु पर्ने हो एक्लै त्याँ त म एक्लै आईहाल्छु नी -- क्या।

 

 


 
Posted on 10-05-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो स्लो मोशन रैछ त त्यो हान्सी? हाम्रो जामानामा बाह्र हाते लोप लेटर् लेखिन्थ्यो। आफुले नि १५ पेज त गनी गनी लेख्याथ्यो।
५ पेजमा बिग्रिने के लोप भयो र?

 
Posted on 10-05-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe and Deep,

Tell me which weather u prefer? summer, winter , spring , rainy........ I can make schedule for both of you. only request is do not fight.

 

दिप पनि खतरा रम्टिके रैछ।
अब बिर्खे त झन् पिलेन चार्टर् गरेर पथाउने। काँ टस गर्नु। मौसम अनुसार तालिका बनाउनु पर्यो अब चाहि


 
Posted on 10-05-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जि,

हेर्नु न। फर्स्ट लव लेटर अनि फ्लप भएपछि जिन्दगीमा अरु के हुन्छ र?


 
Posted on 10-05-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लभ त्रिकोन।

अब क्रजी ले कस्लाई आफ्नोमन्को राजा बनाउछ।
कस्तो सस्पेन्स


 
Posted on 10-05-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फल;  तै पनि रेनि सिजन रोमान्टिक हुन्छ! हरियो डाँडा काँडा भएको ठाउँमा अग्लो ठाउँमा बसेर पानी परेर भर्खरै खुलेको डाँडा हेर्दै लन्च गर्न मन लाग्छ भने पिलेन चार्टर स्योर ल!!

खास गाँठि कुरो त यहाँ छ; कुन वेदरमा सबै भन्दा लोनलि फिल हुन्छ त्यहि वेदरमा भेट्न आउनु ल! पछिबाट त्यो वेदर सबै भन्दा मन पर्न थाल्छ! लोल!


 
Posted on 10-05-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सिरियलले सिरियलको जस्तै कुरा गर्यो-

क्या क्रेजि दीपसे भेट कर पाई?

क्या बिर्खेका पिलेन चार्टर हो सका?

क्या इस त्रिकोणका थियरम सोल्भ्ड हुवा?

जाननेके लिए, यहि समय, यहि थ्रेड, सोमवार!!

ढ्यानट्यार्यान....


 
Posted on 10-05-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो कुरो, घोडा चड्ने मान्छे लड्छ। एक् बाजि pass नहुदैमा फेरि जाँच नदिने मान्छे के काम्।
तेसैले crazy मैया, अरु पनि Love letter jaanu paryo। ठिक छ, बिर्खे र दिप् लाइ नै पठाम, हामि केहि भन्दिनम्, तर जानु पर्यो।

अब दोस्रो कुरा, कुरो बुझे मरिजाम, crazy  का खातिर त्रिकोण माया अनि फेरि धराबाहिक। यो कुन channel पर्यो कुन्नी, b4u हो कि love4Crazy हो?


 
Posted on 10-06-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal,

Thanks for your encouragement.

Birkhe is going to give me tutions on how to write and Deep will guide me when to write?

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters