[Show all top banners]

Sajha News
Replies to this thread:

More by Sajha News
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

San
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 किन यसपाली हुन लागेको बोस्टनको GBNC निर्वाचन महत्वपूर्ण छ?
[VIEWED 13609 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-22 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३३ वर्ष अघिदेखि चल्दै आएको संग्स्था GBNC को निर्वाचन यही September 25, 2022 आइतबार मेद्फोर्डको शिवालय मन्दिरमा हुदैछ |

GBNC मा संग्लग्न सदस्यहरुका अनुसार यसपालीको निर्वाचन पहिलेको भन्दा बेग्लै छ - कारण - अहिले सम्म निर्वाचनहरु सबै सहमतिमै अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदावलीहरु चुनिन्थ्यो भने यसपालि नयाँ जोश र उमङ्ग देखिन्छ | यसपाली विभिन्न पदका लागि दाबिदार उम्मेदारी दाखिला भएका छन् र यसले बोस्टनको नेपाली समुदायमा कौतुहलता मच्चिएको छ|

सधैं भित्रै समितिबाट अधिकारीहरुको घोषणा हुने भएर बोस्टनमा छरिएर बसेका नेपालीहरुको केहि ध्यान आकर्षित हुन सकेको थिएन भने यसपाली सहमतिमा सर्वसम्मत निर्वाचित नभई निर्वाचन प्रक्रियामै जाने भएर उम्मेदवारहरुले आ-आफ्ना समुदाय साथीभाइ बीच निर्वाचन अभियान शुरु गरिसकेका छन् |

निर्वाचन प्रक्रियामा जाने भएर बोस्टनका सर्व साधारण नेपालीहरुले GBNC को सांगठनिक उपनियम र उद्देश्यका बारे टिप्पणी तथा बहस पनि गर्न थालेका छन् | GBNC अमेरिकामा नन प्रफित दर्ता भएको संगठन भएर धेरै प्रभावकारी र उपयोगी संग्स्था हुन सक्ने सम्भाव्यता छ | बोस्टनमा हज्जारौं नेपाली आप्रवासीहरू ओइरिरहेकाछन् तर कुनै सक्रिय, प्रभावकारी र सहयोगी संघ्स्थाको अभाबमा धेरै सामान्य कुराहरुको लागि कठिनाई भोग्दै आइरहेकाछन् |

GBNC ले सजिलै संग "onboarding" जानकारीमुलक कार्यक्रम तथा सामाजिक संजालमा बोस्टनमा आउने नयाँ परिवारहरुका लागि मद्दत हुने सामग्रीहरु उपलब्ध गर्ने व्यवस्था गर्नु पर्छ | अमेरिका जस्तो व्यवस्थित मुलुकमा नव आप्रवासीका लागि पाइला पिच्छे चुनौती सामना गर्नु पर्ने हुन्छ र सोही कारण अमेरिकाको सहर कार्यालयबाट नै धेरै सहयोग प्रदान गरिन्छ जस्तै - कम आयश्रोत हुनेहरुको लागि खानपिन, भाडामा, स्वस्थ चिकित्सा आदिमा छुट दिने व्यवस्थाका बारे जानकारी गर्न सकिन्छ | लगानी, घर किन बेच, ब्यापार आदिका बारे पनि सामान्य नेपालीहरुलाई धेरै जानकारी दिन सकिन्छ | GBNC le नेपालीहरुलाई प्रगतिको बाटोमा लम्कन धेरै मद्दत गर्न सकिन्छ | तर धेरै समयसम्म GBNC टिका, खादा र सम्मान कार्यक्रममै सिमित भएर बसेको धेरैले टिप्पणी गरेकाछन् |

यसपाली अध्यक्ष पदमा दुइ उम्मेदवारहरू अग्र पंक्तिमा आएका छन् | वहाहरु हुन्
१.  अन्जु थापा
२. परशुराम फुयाल

यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा पनि दुइ उम्मेदवारहरु अग्र पंक्तिमा देखिएकाछन् |
१. सन्दिप भट्टराई
२. राज थापा

यसै गरी अरु पदहरुमा पनि उम्मेदारी भएकाछन् र स्थानीय युवा जगत निक्कै तात्तिएकाछन् | भोट गर्न GBNC को सदस्य हुनु पर्ने भएकोले सदस्य बढाउने अभियान पनि निक्कै भएको छ | झन्डै १५० जति सदस्य बाट झन्डै ६०० सम्म सदस्यहरु निर्वाचन मा संलग्न हुने अनुमान गरिएको छ |

३३ वर्षको GBNC को निर्वाचन पद्दतिमा पनि विचार पुराउनु पर्ने समय आएको छ | अहिलेको नियम अनुसार निर्वाचन हुने दिनमै मात्र आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गर्न पाइने नियम छ | यस प्रकारको नियमले संगठन बाहिरका नेपालीहरुका जिज्ञासा र संगठनमा समाबेस हुने चाहनामा नकारात्मक असर पारेको छ | कुनै पनि आधुनिक र प्रभाबकारी संगठनमा नियमित संगठित निर्वाचनका प्रकिया नभई उभो लाग्न सक्दैन | यसैले यसपाली निर्वाचित भई आउने अधिकारिहरुले छिट्टै निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउन जरुरि छ | निर्वाचनमा उम्मेद्वारी घोषणा एक दुइ हप्ता पहिला गरी उम्मेदवारहरुलाई अभियान गर्न दिन जरुरी छ | यसै अभियान क्रममा बहस र अन्तर्वार्ता गरी सक्षम, लगनशील तथा कुशल नेत्रित्व चयन गर्ने वातावरण सिर्जना गर्नु जरुरी छ |

यसरी सकारात्मक दिशामा GBNC लाई लग्न सक्यो भने बोस्टनमा बस्ने धेरै नेपालीको हीत हुने निश्चित छ | यी कुराहरु बोस्टनमा मात्र नभई देश विदेश भरी छरिएका नेपाली मूलका संगठनहरुले पनि मनन गर्नु पर्ने भएको छ |





 
Posted on 09-24-22 8:43 AM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कसले कसले मतदान गर्न सक्छ र मतदानका प्राबधान के हुन् ?
जुनसुकै नेपालि बोल्ने र नेपाली बाट बिबाहित spouse हरुले मत दिन सक्ने हुन् कि मतदान गर्न सदस्य हुनु पर्छ | सदस्यता प्राप्तिका लागि के के गर्नु पर्छ पनि खुलाई दिनु भए सुनमा सुगन्ध थपिने थियो |
 
Posted on 09-24-22 8:37 PM     [Snapshot: 366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ata nepali dekhe uta mukh farkayra hinchan, Chunab ma thula kura garne hamro bani nai ho.

 
Posted on 09-25-22 7:35 AM     [Snapshot: 464]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अब त MBTA मा नेपालीमा पनि लेख्न थालि| सक्यो रे | नेपालीको संख्या एति बढेको छ , असन मा झैँ देखिन थाले पछि नेपालि बोलेको सुन्ना साथ् कोट्याएर बोलि हाल्न नहुने भएको छ |
नेपालि र मेक्सिकन उस्तै देखिने भएर एक ले अर्कालाई मेक्सिकानो ठान्ने को कि


 
Loganbennedictboka76
Posted on 09-25-22 11:01 AM     [Snapshot: 519]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajha news Mero comment na metnu hola . Dhanyavaad.
Last edited: 25-Sep-22 11:13 AM

 
Loganbennedictboka76
Posted on 09-25-22 11:18 AM     [Snapshot: 531]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yo budo logan paagal pani sadasyata paam na bhani guhaaaar gardaicha.  Maile ta agi nai bhanya ho ni ….Chatakey
Last edited: 25-Sep-22 11:19 AM

 
Posted on 09-28-22 10:36 AM     [Snapshot: 699]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन यी मुजी हरुलाई बद्चुदाई नगरी र नसुनी दिन बिताउन गाह्रो हुन्छ ? कि लाटा छोराले बाउलाई जिस्क्याए झैँ लाटा सालाले भिनाजु ठानी जिस्क्याको होस ? तेरी दिदीले बुढो भएकी छैन मुजी टट्याउने गरि हानि देको दिन सधै रेस्ट गर्न माईति लागेको हुनाले रिस उठेको हो ?
 
Loganbennedictboka76
Posted on 09-28-22 11:31 AM     [Snapshot: 711]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Boulaahaaaa Camry 2005
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
Supporting issues on principle instead of blind brainwashed support
The Battle of the Titans
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters