[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Sports and Games Refresh page to view new replies
 रङ्गशाला उपत्यका बाहिर बनाउनुपर्छ
[VIEWED 21547 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-18 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सात वटा प्रदेशमा सात ‘अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय रङ्गशाला’ निर्माण गर्ने सरकारी योजनाअन्तर्गत प्रदेश नं. ३ का लागि हेटौंडा र भक्तपुरलाई प्रस्तावित गरिएको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नपा वडा नं ९ र १० तथा चाँगुनारायण नपाको ९ वडाका विभिन्न क्षेत्र समेटी रङ्गशाला बनाउने हल्ला स्थानीय जनताले पनि पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत मात्र थाहा पाइरहेका छन् । त्यस सम्बन्धमा कुनै पनि सरकारी निकायले त्यहाँका स्थानीय जनतासँग परामर्श र सरसल्लाह गरेका छैनन् । विकासको अर्थ भौतिक निर्माणमात्र हुने गर्दैन । जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको खण्डमा मात्र त्यो विकास दिगो र सबैलाई समेट्ने खालको हुने गर्दछ । तर भक्तपुरमा बनाइने प्रस्तावित रङ्गशालाबारे स्थानीय बासिन्दा र सरोकारवालालाई मात्र नभई जनताले निर्वाचित गरेका संसद सदस्यलाई समेत जानकारी नगराइनु सरकारको अप्रजातान्त्रिक रवैया हो । रङ्गशाला बनाउने प्रस्तावप्रति वडा अध्यक्षले आपत्ति जनाएपछि सोसम्बन्धी कुनै पनि बैठकको खबर नगर्नु भिन्न विचार सुन्न नचाहने तानाशाही स्वभावको परिणाम हो ।

काठमाडौं उपत्यकाको आदिवासी संस्कृति मूलतः जमीनसँग जोडिएको संस्कृति हो । जमीनकै अर्थतन्त्रले यो संस्कृतिको संरक्षण हुँदै आएको छ । त्यसो त उपत्यकामा जमीनको आयतन क्रमशः खुम्चिसकेको छ । उपत्यकाको समथर भूभागमध्ये धेरै प्रतिशत आज कङ्क्रिटको जङ्गलमा परिणत भइसकेको छ । फलतः शताब्दियौं पुरानो काठमाडौं उपत्यकाको संस्कृति आज लोप हुने अवस्थामा पुगिसकेको छ । यो संस्कृतिलाई कुनै जाति वा समुदाय विशेषको संस्कृतिको रुपमा नभई सम्पूर्ण नेपाली जनताको साझा संस्कृतिको रुपमा ग्रहण गर्नुपर्दछ । यो साझा संस्कृतिको संरक्षण गर्नु सम्पूर्ण नेपाली जनताको दायित्व हो । रङ्गशाला बनाउन प्रस्तावित भूमि आफैं उपत्यकाभित्र बाँकी रहेको थोरै कृषियोग्य जमीनमध्ये पर्दछ । यसको प्रत्यक्ष सम्बन्ध उपत्यकाको संस्कृतिसँग छ । रङ्गशाला बनाउने नाममा ती जमीन आदिवासी जनतासँग खोसिंदा त्यसले युगौं पुरानो आदिवासी संस्कृतिको हत्या हुनेछ ।

विकास र समृद्धि केही मानिसको लहडमा आधारित हुनु गलत हो । योजनाबद्ध विकास नै देशको आवश्यकता हो । कुन कुरा कहाँ निर्माण गर्दा देशको दीर्घकालीन हित हुन्छ भन्ने कुराको गम्भीर विश्लेषणविना सरकारले पनि मनपरी बजेट लगाउने र जनताले पनि ‘राजाले दिंदा खास्टोमा भए पनि तेलको धारा थप्ने’ सोच त्याग्नुपर्दछ ।

काठमाडौं उपत्यकालगायत सीमित सहरमा मात्र विकास केन्द्रित भएकोले देशमा सङ्घीयताको माग भएको थियो । त्यहीअनुसार सङ्घीय बन्दोबस्तमा देश अघि बढिसकेको छ । अब पनि विकासका सबै थैली काठमाडौं उपत्यकामै खन्याउनु नेपाली जनताप्रतिको भेदभाव हो । देशको सन्तुलित विकासका लागि सबै पूर्वाधार उपत्यकामा मात्र सीमित हुनु गलत हो । उपत्यकाबाहिर पनि धेरै उपयुक्त क्षेत्रमा रङ्गशालाको विकास गर्न सके देशको विकासमा सबैको भावना जोडिन सक्छ । तर पहुँच र सत्तामा बोली बिक्ने आधारमा कसैले जबरजस्ती भौतिक निर्माण गर्न खोज्नु र कसैले भनेकै आधारमा सरकारी निकायले पनि बजेटको निकासा गर्नु वा योजना बनाउनु पञ्चायती मानसिकताकै निरन्तरता हो । नेपालको कर्मचारीतन्त्र अझै पनि पञ्चायती पक्षपातबाट मुक्त हुन नसकेको उदाहरण यतिबेला देखिदै छ ।

सरकारले अन्तर्राष्ट्रिय स्तरका राष्ट्रिय रङ्गशाला उपत्यकाबाहिर उपयुक्त स्थानमा सकेसम्म चाँडो निर्माण गर्न सके देशको खेलकुद विकासमा महŒवपूर्ण योगदान र दूरदर्शी कदम हुनेछ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters