“वान बेडरुम” कोठामा पाँच जना नेपाली थियौं | सबै जना मन्दिरको पाटीमा
जस्तो भुईंमा नै लड़थ्यौँ | छेउमा भान्सा कोठा थियो | तरकारी पकाउँदा तेलमा प्याज
फुराएको गन्ध कोठाभित्र रुमल्लिईरहेको थियो | लगाएको कपडा तेल–तेल गनाएको थियो | साँझ
–साँझ परेको हुनाले पश्चिमपट्टीको झ्यालबाट डुब्न लागेको घाम देखिन्थ्यो |त्यो दिन बेलुका बिशाल दाई कोठामा आउनुभयो |
“ह्वाँ बिशाल दाई, हाम्रै कन्सल्टेन्सीमा डट नेट को ट्रेनिंग
गर्नुहुन्छ |” मैले सबै साथीहरुलाई बिशाल दाई को परिचय दिएँ |
“व्हाट्स अप भाईहरु, नाईस टु मीट यु है सबैलाई”
“ठिकै छ दाई” केटाहरुले उत्तर दिए |
“मेरो मर्सिडिज सर्भिसिंग गर्न देको एक दिन लाग्ने भयो | मुजी इन्सुरेन्सले
खटारा टोयोटा दियो”
बिशाल दाईको पहिरन भन्दा बाहेक पहिलो कुरा थाहा भयो, मर्सिडिज चलाउँदा
रैछन बुढाले | हो कि, गफ दिए, पछि थाह भै हाल्छ नि जस्तो लाग्यो |
“ल भाई, के के चाहिन्छ यसमा हाल्दे त |” छड्के भिर्नुभाको झोलाबाट एच.
पी. को ल्यापटप निकाल्नुभो | २४-२५ बर्षको मान्छेलाई एउटा नयाँ मान्छेले सिधै “तँ”
भन्दा अलि असजिलो सुनें, तर पनि दाईको ल्यापटप समातेर भुईंमा बसें | खोलें | नयाँ
रैछ |
“राम्रो संग पढ्छु भनेर नयाँ किनेको“ दाईले भन्नुभयो | सेट अप पनि
गरेको थिएन |एडमिनिस्ट्रेटर एकाउन्ट बनाउन खोजें |
“दाई, हजुरको पुरा नाम के हो ?”
“बिशाल ट्यांक “ ( हाम्रो थर मिल्छ )
“ओहो म पनि ट्यांक हो नि, बन्धु पो पर्नुभएछ |”
“त्यस्तो मुजी बन्धु सन्धु केहि लाग्दैन मलाई त, बाजेको पालामा चि[censored]ने
बेलामा आखाँ देखेनन्, जम्मैलाई ठोक्दै हिँडे |”
दाईको कम्पुटर बूट भैसक्याथ्यो | धोती साहुले राख्देको वाई-फाई जोडेँ | अब भिजुवल स्टुडियो
डाउनलोड गर्दै थिएँ | दाईको बारेमा बिस्तारै सोध्दै थिएँ | धेरै कम उत्तर दिनुहुन्थ्यो अनि प्रश्न सोध्नु हुनुहुन्थ्यो|
“अनि तेरो सुना न त, कसरी आइपुगिस?”
कहाँबाट सुरु गर्ने ? कस्तो भयङ्कर प्रश्न थियो त्यो | “सुरुमा मिनेसोटा आको,
कलेज सकाएँ, अनि क्यालिफोर्निया गएर असाईलम हानेको, भएन | यी अहिले यहाँ छु |”
सटकटमा सुनाएँ | “अनि हजुर नि?“
“हाहाहा सबै सोध्, तर यो चै नसोध्| आफैंले पत्ता लगाईस भने ठिकै छ, म
चै भन्दिन |”
ज्यान हेर्दा नेपालमा आर्मीको मान्छे माओबादीले खेदेर अमेरिका
आउनुभको हो कि जस्तो लाग्थ्यो | अनी यता आएर असाईलम नै हानेको हो जस्तो लाग्थ्यो
तर मैले कहिल्यै सोधिन |
भिजुवल स्टुडियो डाउनलोड भैसकेथ्यो | इन्स्टल गर्दै कुरा गरिरह्यौं |
बिस्तारै कुरा गर्दा आफुले धोतीको रेस्टुरेन्टमा अनि धोतीकै ग्यासटेसनमा
घण्टा हानेको, पैसाको लागी प्लाज्मा बेचेको, रिसर्च ल्याबमा नयाँ औसधीको ह्युमन
ट्रायल गरेर पैसा बुझेको.... आदी आदी सबै सुनाएँ | दाईलाई मेरो कथाले छोएछ |
“अब चिन्ता नली केटा, तेरो बिशाल दाई छ नि “
यतिकैमा इन्स्टल गर्नुपर्ने सबै कुरा इन्स्टल भैसकेथ्यो | दाईलाई अलि
अलि जानेको कुरा सिकाएँ | दाईको ध्यान खासै पढाईमा थिएन |
“ल भयो आजलाई पुग्यो, खै स्काईप हाल्दे त, तरुनी संग लठारिन पर्यो
एकैछिन” अनि रमेश तिर हेरेर भन्नुभयो “ओ भाई, खै के पकाको हो, ल्या त, भोक लाग्यो
|” दाईको तिमि भन्ने बानी रहिन्छ जस्तो लाग्यो | रमेशले एउटा प्लेटमा भात र तरकारी
ल्याईदियो |
“आलु र काउली पो हो, खै मासु पकाछैन?”
“धोतीले जम्मा १०० दिन्छ महिनाको खानलाई, पान्जानाको गरेर पान्सय
हुन्छ | दुई छाक खान्चम, मासु खान त पुग्दैन|”
“ल ठिकै छ उसो भने” | अनि स्काईप्मा घन्टी बज्यो |
“हेलो” उता बाट केटी को आवाज आयो |
“तँलाई नदेखे त भात पनि रुच्दैन, ल हेर् भात जस्ताको तस्तै छ |” दाईले भातको प्लेट क्यामराको अगाडी राखेर देखाउनुभयो |
“हि हि हि हि” उताबाट “पोटेन्सियल” भाउजु मस्किनुभो |
“एकचोटी देखाई दे न हेर्छु”
“छ्या हुन्न के “
“देखा भन्छु त खुरुक्क देखा न”
दाई कम्पुटरको स्क्रिन हेर्दै मुस्कान छोडदै हुनुहुन्थ्यो | कम्पुटरको
अर्को पुच्छारमा निर्बस्त्रीकरण भै रहेथ्यो होला |
“ल मेरो क्यामरा के भाको हँ , काम नै गरेन|” दाईले यति भनेर आफ्नो
क्यामरा बन्द गर्नुभयो | माईक्रोफोन म्युट गर्नुभयो | अनि भन्नुभयो “ ओ केटा हो
आईज हेरनी भए “ |
केटाहरु गुरुरु दुगुर्दै आए | सबैले अमृत पान गर्यौं |
“हेरेर के गर्नी ? हातलाई दुख मात्रै ” रमेशले भन्यो |
“हाहाहा कति भयो र नगरेको तैले?”
“अमेरिका छिरे देखि पाछैन” उसले उत्तर दियो |
म तिर हेरेर सोध्नुभयो “अनि तैले नि ?”
“मेरो चाहिं आठ महिना भयो” मैले उत्तर दिएँ |
"धत् मुजी बोकाहरू डुंग – डुंग गनाउँदै
बस्याहौ” अनि एकै छिन पछी फेरी भन्नुभयो
“ल तिमीहरु सबै बाहिर जाओ”
हामीहरु बाहिर निस्क्यौं |
क्लासमा “आई युज इट एभ्रीडे फ्रम फाईभ मिनेट्स टु थर्टी मिनेट्स,
डिपेन्ड्स” भनेको सम्झें | एउटा रोल ट्वाईलेट पेपर ढोकाबाट भित्र गुडाईदिएँ | १० मिनेटमा
निस्किनुभो , बाथरुम छिर्नुभयो, निस्किनुभयो , ल्यापटप झोलामा हाल्नुभयो, ढोका निर
पुगेर “भाईहरु कुल रैछौ, मलाई मन पर्यो | केहि परे बिशाल दाईलाई सम्झिनु ” भन्ने
झुट्टा आस्वाशन दिएर निस्किनुभयो |
भोली पल्टको साँझ परीसकेको थियो | तरकारी पकाउन प्याज काट्दै थिएँ |
कोहि काउली पखाल्दै थिए, कोहि टमाटर माईक्रोवेभ गर्दै थिए | ढोकामा ढक-ढक सुनें |
गएर ढोका खोलें | बिशाल दाई हुनुहुँदो रैछ | बिशाल दाई संग तिन जना केटीहरु थिए |
एउटी खैरी, एउटी काली अनि एउटी चाईनिज |
तिनीहरुलाई हेरेर भन्नुभयो, “दिज आर माई ब्रोदर्स, गो एंड फक देम, फक
देम गुड | फक द शिट आउट अफ देम|” हामी तिर हेरेर भन्नुभयो “ले केटा हो रोजी रोजी “
अनि म तिर टाउको बटार्नु भयो | “जा तल गाडीमा मासु र बीयर छ, लिएर
आईज” दाईले किचेनको क्याबिनेट टपमा फुत्त गाडीको चापी फाल्नुभयो |
चापीमा मर्सिडिजको लोगो प्रस्ट देखिन्थ्यो | चापी टिपें अनि केटाहरु
तिर हेरेर भने “ओइ यो चाईनिज मेरो है, म फर्स्ट जानी हो”|
“बिशाल दाई क्या कुल” मन मनै सोच्दै गाडी तिर हिडें |
****************************************
क्रमश.....
बाँकी तेस्रो तथा अन्तिम भागमा
भाग ३ पढ्न यहाँ क्लिक गर्नुहोस |