Not any particular occasion, however I have been promising too many friends at Sajha and elsewhere to share with them this video clip from the movie I had acted in and now that I finally managed to encode and upload it to Youtube, I am sharing it with you all.
Here is a song from the video movie SAUGAT (1990) featuring myself and one of the “heroines†of the movie, Bina Basnet (Budhathoki).
The movie itself was of a mediocre quality and I am probably not doing great in the song either. (To tell you the truth, when the movie was “released†at the only “Video hall†of that time at Bhrikuti Mandap, I was more embarrassed than been proud or happier and I used to make sure before sending my friends to the theater that they do not expect any art but just the moving picture of mine and that’s all.).
Since then, however, what Mark Twain has said about adventures (“Twenty years from now you will be more disappointed by the things that you didn't do than by the ones you did doâ€) has proved true to myself.
In my case, it was seventeen years since then to be convinced fully that I would have regretted missing the opportunity to play in this movie, I would say, of an adventurous quality and equally adventurous match.
With a deeply satisfying prior experience of acting in the plays like “Usko Kavitama Aba Ko Rundaina†and “Romeo Juliet†with me, I was not very proud and certain about this movie. However, I enjoyed every bit of doing it and I am thankful to my director, Prayag Raj Shrestha (an English teacher by profession and a painter, writer and director by hobby) and all the crew and the cast of the movie for the unforgettable and now precious moments they gave me privilege to share with them. I cherish them all.
And to my precious Sajha friends, here is the song “Swarga Kahan Chha Kunni, Timro Angaalo Ta Ho Ni†from the video movie “Saugat†(1990).
The song was filmed at TribhuvanPark, Thankot and Dhunibesi.
नेपे दाजिका हिट लेख यता उता गरेर पढेको थिए। कता नाच्ने गाउने पनि छ्यास्स सुनेको थिए तर यो धागो लामो समय सम्म झुन्डीरहदा पनि भित्र पस्ने मेसो मिलेको थिएन। चौतारीमा नेपेदाजि बाटो देखाउन धेरै सहयोग गर्नुभएको थियो त्यसैले चौतारीमा मुखतन्त्र कहिले फस्टाउन पाएन र बिल्कुल सामाजीक धागो बनेको छ। तर आजकाल उहांको त्यती उपस्थिती नहुदा कोइ कोइ मेरै निक क्षद्म नामलाइ नेपे भनिदिन्छन। नेपे दाजिको लेख अपार हुने हुदा ल न दाइ यसो दौतारीमा एक दुइटा अक्षर छर्नु पर्यो भनेको नेपे दाइले शुभकामनाको छर्रा हान्नु भएको थियो, त्यसै मन खुम्चिराखेको थियो। तर १-२ दिन भो दौतारीलाइ अन्तरजालोको औसीलागेको हुदा यता उता थिच्ने समय मिल्यो। धागा थिच्दै च्वाग्वाको खाच्चारसंग हास्दै भर्खर दैलोमा आएको लोजिटेकको आवाज कांट छांट गर्ने कानमा टास्ने यन्त्र खोल्दा संजोग पनि नेपे दाजिकै गित हेर्ने सुन्ने मेसो मिल्यो। यन्त्र राम्रो हो कि गित राम्रो हो, गितमा खासै गुनासो लागेन। अब नाच्ने तिर लागम। मलाइ त्यो गितले अमेरिकाबाट टिकट नै नकाटी सिधै लगनखेलको ललित हलमा पुर्यायो। गाउमा हुर्केर टिभि,टेलिफोन आदीबाट टाढिएर हो कि के हो, मलाइ ति ढास ढुस हिन्दी सिनेमाले कहिले तानेन। तिनै पाइला लरबराउदै नाच्ने नेपाली सिनेमा तथा पसिना र गन्ध मिस्रित कोठामा काठकै कुर्ची प्रिय लाग्थे। ०५४-०५५ साल तिर कुनै नेपाली सिनेमा छुटाइन। साथिहरु बलिउडको सबभन्दा महंगो चलचीत्र चाइना गेट हेर्न जादा म बांगो आखा हुने कलाकारको सिनेमा हेर्न लगन खेल पुग्थे। तिनै अनुहार खुम्चाउदै हसाउने र थर्काउने अभिनयसंगै अन्तिम द्वन्दमा ताली बजाउदै हलबाट बहिर निस्कन्थे। तर अमेरीका आएपछि अलि अलि अंग्रेजी सिनेमा हेर्ने मौका मिल्यो। स्थानिय भाषाको एपोक्यालिप्टो देखि सुसांकित ब्यक्ती भएको स्रेक तेस्रो सम्म हेर्ने मौका मिल्यो। कथा,पटकथा,चहाकिला चित्रका साथै ध्वनी छान्ने अती अग्रीम यन्त्रको आन्नद पाएर हल बाहिर निस्कदा तिनै फिक्का चित्र भएका जुगां हल्काउने नेपाली सिनेमा कतै मनको कुनामा भएको पाउथे। फराकिला बाटोमा गाडी हुइकाउदा मनमा खेल्ने गर्थ्यो,हामीकाहां बजेट र प्रर्बिधिको कमी भए पनि शब्द र अभिनयको त कमी नहुनु पर्ने,तर पनि प्रचुरता भएको क्षेत्रबाट पनि नेपाली सिनेमा जगतमा किन कन्जुसाइ भयो? नेपे दाजीलो अभिनय मैले हेरेका नेपाली सिनेमा भन्दा कुनै कमि छैन तर सबै नेपाली चल्चीत्रमा हुने अन्नाय सौगातलाइ पनि परेको छ।
चौतारीमा मिस दिदीले टाँसिदिनु हुँदा यताको छुट्टै धागोमा हेर्ने मौका पाएको थिइँन। शायद ध्यान दिएर हेरिनछु, झलक्क हेर्दा विश्व बस्नेत जस्तो पनि प्रकाश अधिकारी जस्तो पनि लाग्ने यी को रै'चन त नि भनेर हतारिंदै यो धागो खोल्दा पो बल्ल थाहा पाएँ हाम्रै नेपे दाजी हुनु हुँदो रहेछ भनेर।
आफू आईएस्सी पढ्दै गरेको यो दौरानका हिन्दी मात्रै हैन पाए सम्म र भ्याए सम्म नेपाली पनि धेरै चलचित्रहरु र साँस्क्रितिक संस्थानका थुप्रै नाटकहरु पनि हेरियो। क्रिष्णमुरारी ढुंगेल, खेम शर्मा र उतिबेलाका टेलिचलचित्रका कलाकारहरु संगै नेपे दाई अभिनीत यी गीत हेर्न पाउँदा अर्कै आनन्द आयो।
बरु गायीका चाँही मनीला सोताँङ हुनु पर्छ। त्यो स्वर सुन्ने बित्तिकै "आधी रातमा सपना देखेँ, झस्किएर बिउझें" भन्ने गीत याद आयो उदय र मनीला को।
That was hilarious. And you probably could not have been truer.
*** *** *** *** *** *** *** *** *** ***
Narayangarh suburb-jyu,
साझामा प्रवेश गर्दा ताका (सन् २००२ मा ) मलाई पनि तपाईलाई जस्तै लाग्थ्यो त्यतिबेलाका रैथाने साझावासीका वार्तालापहरु । बिस्तारै परिचित हुँदै गईयो साझावासी र साझाको जीवनशैलीसंग र त्यहाँदेखि यता पाँच शरद् काटिसकेको छु । साझामा मेरो पहिलो तीन वर्ष अपेक्षाकृत निकै सक्रिय थियो । त्यस कारण खास नेपेलाई चिन्न तपाईले साझाको archive नै पल्टाउनुपर्ने हुन्छ । संक्षिप्त चिनारीको लागि चाही यसो भन्न चाहुँला - साझामा मेरा लागि तीन “ग” प्रिय थिए – गणतन्त्र, गजल र गफ-सफ । शायद मेरो परिचय पनि यति नै थियो, कमसेकम मेरो वास्तविक परिचय नखुलुन्जेल । त्यसपछिको चिनारी त आंशिक रुपमा मेरो websiteमा पनि छदैछ । आशा छ मलाई एक चाखलाग्दो पात्रको रुपमा पाउनुभयो होला र मलाई मनमनै शुभेच्छा पनि दिईसक्नुभयो होला । अब पश्चदर्शी भने पनि अग्रिम भने पनि धन्यवाद टक्र्याउने पालो चाही मेरो भन्छु । है त ?
*** *** *** *** *** *** *** *** *** ***
Sky,
Thanks for helping out. And I also feel that the singer is Sunita Subba. I really forgot who it was.
*** *** *** *** *** *** *** *** *** ***
nepalean-jyu,
यस्तो सुरुचीपूर्ण वक्तव्यको लागि हृदयदेखि नै धन्यवाद है । तपाईको यो पँक्तिले भने मलाई एकचोटी गहिरो सोचमा पुर्यायो ।
“… तिनै पाइला लरबराउदै नाच्ने नेपाली सिनेमा तथा पसिना र गन्ध मिस्रित कोठामा काठकै कुर्ची प्रिय लाग्थे।…”
र यो पँक्ति पनि यति सटीक गयो ।
“राते यो कुरो मलाइ मन परेन !”
अनि चौतारी मेरो प्रिय विभाग हुँदाहुँदै पनि धाउन नसकेकोमा दोषी मेरो बुढ्यौली हो भन्छु । चौतारीको अति तिव्र गतिसंग हिड्ने तागत नै कहाँ रहे र मेरा यी नलीखुट्टामा :-)
*** *** *** *** *** *** *** *** *** ***
PallaGhareAntare-jyu,
गायिका मनिला सोताङ होईनन् कि जस्तो मानिचु है मैले । तर ठ्याक्कै किटेर चाही भन्न सक्तिन ।
प्रकाश अधिकारीको कुरा गर्दा उनको फिल्म “बेहुली” र त्यसकी नायिका सुनिता खडकालाई सम्झें । वास्तवमा “सौगात” मा चाहिने दुई नायिका मध्ये एउटी उनी पनि थिईन् । केही दृश्यहरुको छायांकन सकिए पछि उनीलाई स्वास्थ्यको कारणले हटाईयो र रेखारानीलाई राखियो । रेखारानीसंगको एउटा गीत YouTube मा राख्न भ्याएको छु । स्मरणिय छ, रेखारानी फिलिमको प्रमुख नायिका र बिना बस्नेत (बुढाथोकी) सपोर्टिङ रोलकी नायिका हुन्, यद्यपि बिना अधिक good looking छिन् ।
euta interesting incident hai. this morning, i was playing this new song you posted here.guess what, my cleaning lady(young,beautiful but a true blonde), she was around at that time. she asked me," indische(means indian)??". At first, i was surprised,later i told her it is "Nepalische" and played the first number(swarga..). she super-glued herself to my notebook's screen for the entire 4 or 5 mins. she absolutely loves it. n yeah, accept this compliment-" u have handsome nepalese eyes re ani beautiful wavy hair re( in her words)". so,add another international fan to ur list. cheers!!!
"खाईस्?" भनेर सोध्यो। "अंकलले के खा' छैन भन्न?" भन्ने जवाफ दिन्थ्यो।
"त्याँ गा'छस्?"। "अंकल काँ गा' छैन भन्न?"।
"फलानालाई भेट्या' छस्?"। "अंकलले कल्लाई भेट्या' छैन भन्न?"।
"गरिस्?"। "अंकलले के ग-या' छैन भन्न?"।
".........?"। "अंकलले .......... छैन भन्न?"।
यस्तै यस्तै।
त्यो त हावा साथीको हावा गफ थियो। माथि लेखिएको "अंकल"को वास्तविक हकदार त नेपे-जी पर्नु भो जस्तो लाग्यो!
नेपे-जी, मेरो त फेरि फुन सुन हरा'र चईनि, नम्बर सम्बर खोलै खोला बग्यो के रे, बरु ईमेल या फुन फिरि पाम् न! भउते बज्जे मुन्टने बेलाँ तपाईं नि गुन्टा सुन्टा बोकेर २-४ दिन यतै बास बस्न आम्नु हुन्छ कि भन्ने आशमा छु के रे।
अहो किन नआम्थें ? टिमिक्क परेको पतलुन ला’र बुरुक बुरुक उफ्रीउफ्री नाचेर भउतेलाई लम्पसार पारेर माफी मगाउनु छ ।
*** *** *** *** *** *** *** ***
ss74k,
It’s not really a love triangle. It’s rather a love angle. Three points and three sides would make a triangle, but three points and only two sides would make an angle. Kinda that.
I do not have the whole movie. My director had given me a tape with only the four songs of the movie in it as a souvenir. So I have one more song to copy and upload. This one is a comedy song featuring Khem Sharma and I forgot the female comedian’s name. I will try to upload it by tomorrow. This would be specially for PallaGhareAntare-jee who mentioned Khem Sharma’a name.
*** *** *** *** *** *** *** ***
Worldmap,
यता छिरेकोमा धन्यवाद है । आफ्ना प्रियपात्र भेट्न आउँदा रमैलो लाग्ने के ।
अनि मलाई जीवनको यो चरण र यो प्रसंग यति चाखलाग्दो होला भन्ने लागेको थिएन । त्यो बेलामा त मलाई यो नसुहाउँदा नसुहाउँदै फिलिमको हिरो बनेर खेलियो, जिन्दगी भरि एउटा घाँडो हुने हो कि भन्ने डर पो लाग्थ्यो त ।
हुन पनि, एकबाजी एउटा अनन्य मित्रको अनुरोधमा हलमा सुटुक्क पसेर फिलिम हेरेको । बाफ रे, एक जना दर्शक महाशयले गरेका खिसिट्यौरी (उनी अघिल्लो पँक्तिमा थिए, त्यसैले हामीलाई देख्न सक्दैनथे) सुनिनसक्नुको थियो । मेरो साथी चाही मलाई शान्त्वना दिईरहेको थियो, “त्यो मूर्खलाई फिल्मको प्रविधी नै थाहा रहेनछ । लेखक र निर्देशकको कमीकमजोरीलाई बेकारमा अभिनेताको कमीकमजोरी पो ठान्दो रहेछ” रे ।
यस्तै तितामीठा संस्मरण छन् यससंग जोडिएका ।
अब अन्तिम गीत भोली । अनि यो धागोको पनि बिंट मर्छ ।
".....बाफ रे, एक जना दर्शक महाशयले गरेका खिसिट्यौरी (उनी अघिल्लो पँक्तिमा थिए, त्यसैले हामीलाई देख्न सक्दैनथे) सुनिनसक्नुको थियो । मेरो साथी चाही मलाई शान्त्वना दिईरहेको थियो, “त्यो मूर्खलाई फिल्मको प्रविधी नै थाहा रहेनछ । लेखक र निर्देशकको कमीकमजोरीलाई बेकारमा अभिनेताको कमीकमजोरी पो ठान्दो रहेछ” रे ।" Haina ke bhane chhan tyo darsak mahasaya le ? hami lai pani bhannus na dai ..... ramailo ko lagi
साच्चि गितै गित आइसकेछन हेर्ने मौका नै परेको थिएन । दोश्रो झन राम्रो रहेछ । त्यस्मा पनि प्रेम ध्वज कोआवाज रे'छ ...मनमा लाग्या कुरो भनुम भने झटारो पो पाइने हो कि फेरि ..यस्मा पनि हजुर निकै राम्रो देखिनुभा'रे'छ।
' I am singing a song at a picnic and, lo and behold, two pretty girls fall in love with me.'
'दिन यो साझा तिम्रो र मेरो.
यो साथ ऋतु महिनाहरु यो...' ---अनि हजुर चै कता नि .. कस्लाइ हेर्नु भएको त्याँनेर? बिणा कि रेखारानी ?
हजुरको पर्दाको कलाकारिता हेर्न रहर त मेटिएन नै तर पनि यत्ति हेर्ने मौका दिनु भएको मा फेरि पनि धन्यवाद हजुर लै । हामी नेपाली सिने जगतमा राम्रो कलाकारलाइ देख्ने मौकाबाट बन्चित भएको चै पक्कै रहेछौ ।
बरु देवरजीलै'लम्पसार पारेर माफी ' मगाउन त पर्यो नै Think about it है।
अनिखेरि त्यो अन्तिम गितमा किन बेला बेला बच्चा देखाउदै, गित गाउदै, अनिखेरि हजुरले किन उस्को कान बुच्चैबनाइदेको नि ear ring मागेर?
ती दर्शक महानुभाव मूलत: फिलिमको कथावस्तु र मेरो सम्वादहरुको खिसी गरिरहेका थिए । अब त्यो त मेरो नियन्त्रणको कुरो होईन नि, होईन ?
*** *** *** *** *** *** *** *** *** **
mokshya,
Pleased to see you sitting to watch the show. A very warm welcome, sir.
*** *** *** *** *** *** *** *** *** **
मिसनानी,
यसरी रुचीपूर्वक केलाई केलाई हेरिदिनुभयो, कृतज्ञ छु ।
अनि भउतेजीलाई लम्पसार “पारेर” होईन, “पर्न लगाएर” माफी मगाउने सोच हो (“पारेर” र “पर्न लगाएर” मा अलिक अर्थभिन्नता हुने रहेछ), भेटिएसम्मका षोडशी देखि पञ्चदशीसम्मसंग नाचिसकेपछि ।
त्यसको एउटा झलक दिन पुन्टेदाको घरमा गोडा दुएक वर्ष अघि भएको एउटा अविस्मरणिय जमघटको धागो उप्काउदैछु ।
साझाका एक वाचाल लेखक र केही मौन पाठकहरु समेतसंगको न्यूयोर्कको गएको सप्ताहान्त एक अविस्मरणिय सम्झना र शायद कुनै कठीनसदृश यात्राको सहजीकरण र विस्तृतिकरण समेत रह्यो मेरा लागि । काव्य, दर्शन, राजनीति र आत्मकथा- त्यो पनि ठट्टा र गम्भिरताका दुवैका दोभान पुन्टेजी र उनलाई लिटररी खर्लप्पै निलिदिने भाउजुको लेजेन्डरी आतिथ्य, स्वादिष्ट व्यञ्जन, रूचि अनुसारको पेय, सुरुचिसम्पन्न बन्धुबान्धवको जमघट, बेहद ठट्यौली र अनवरत हाँसोको फोहोरा बिच । त्यसको धङधङी अझै यसरी बाँकी छ, छुट्टिएको आभासै हुँदैन । वास्तवमा छुट्टिन यति कठीन थियो, एक रात अझै थपियो मेरो यात्रा योजनामा । भर्सेलामा जाओस् मलाई ल्याबमा पर्खिरहेका एक्स्पेरिमेन्टहरु, तर यो जमघट, यो माहौल, आत्मोदघाटनका यी आत्मिय क्षणहरुको मोह अहँ संवरण गर्न सक्तिन म । अनि रोकिएँ म एक रात अरु ।
सायद हजुरले भनेको जस्तो वाक्य निर्माणमा शब्द चयनको भुमिकाले निकै महत्व राख्छ नै तर नि दा त्यो माथिको '(देवरजीलै)भउतेलाई लम्पसार पारेर' भन्ने वाक्यांश हजुरले लेखेको नै कपि पेष्ट हो क्यारे ( मनमनै- भाग मिसनानी तेरो छुच्चो मुख तुरुन्तै भनिहाल्न पर्ने ) भाग्दा भाग्दै त्यो हँसाउने गित पनि राम्रो लाग्यो ।
Other songs were great, but the last one takes an entire bakery! I like the actors in the song. The guy is an overacting ki aulaad although I must admit, he's very entertaining.
My unicode was fine in other threads, but it doesn't work on this one. Ke bhayo?
Anyway, nepe-jee, you made me nostalgic. Sajha bhandaar uthal puthal pari teti puraana thread haru khojne jaangar kyari aa ho budheshkaalaan? Ramaailaa din haru yaad aaye. We will try to make it more fun this time again; but no backyard parties during NY's winter, I guess.
Ani, ye rattaiiiiiiiiiiiiiiiiiiii! najar le ni "najar" haaldya aaja yeta? 2-3 years kai break pachhi hola, naani. gaathaan aaraamai? You coming to NY too during x-mas? ("kaam khojdeu na dai, aai haalchhu ni" bhanchhe aba)
त्यो भाषिक त्रुटी मेरै थियो भन्ने त थाहा थियो, तर उल्लेख गर्न छुटेछ । क्षमापार्थी छु ।
अनि हजुर पनि जमानाकी एक नृत्याङ्गना हो भन्ने सुनेको छु, कहाँसम्म सत्य हो ? भउतेकाजीलाई प्रभावित पार्न सक्छु सक्दिन, धरमर छ मलाई । एकबाजी हजुरसंग तालिम लिएर जानपाए त खासाको हुन्थ्यो ।
*** *** *** *** *** *** *** *** *** *** *** ***
नजर,
हजुरको पनि नजर परेछ यता, औधी खुशी लाग्यो । साझाको त्रेतायुगका देवीदेवताको दर्शन पाए जस्तो ।
हुन त यो पातालदेश र हिमवत खण्ड दुबै ठाममा हजुरको संक्षिप्त दर्शन मिलेकै हो ।
पातालदेशको दर्शन-क्षणमा भने हाम्रा पुन्टेदाजी पनि उपस्थित हुनुहुन्थ्यो । अनि नि, अर्की सुवर्ण-केशी देवी हुनुहुन्थ्यो नि, आना, अहो वहाँ त अहिले हिमवत खण्डका गान्धर्व-मण्डलीमा एक चर्चित गीतयोद्धा पो हुनुहुँदो रहेछ । देखेर धन्य भएँ ।
*** *** *** *** *** *** *** *** *** *** *** ***
मोक्ष,
हिहि ! दुर्भाग्यवश, अतिरञ्जित अभिनय र क्यारिकेचर नेपाली प्रहसनको मूलधार हुन पुगेको छ । अहिले त झन खत्तम हुँदै गएको रहेछ ।
शिष्ट, गम्भिर र बौद्धिक प्रहसनको लागि खै कति कुर्नु पर्ने हो नेपाली दर्शकहरुले ।
*** *** *** *** *** *** *** *** *** *** *** ***
Poontedaji,
San has done a wonderful job to organize the current content of Sajha. However, when it comes to the “archive”, particularly the search option, it’s lousy, to say the least.
I think a well organized “archive” and a user-friendly search engine are very important for a serious website.
A hard to search archive will discourage posters to post rich content and instead encourage them to become “one-liner posters”.
I think San should give a due attention to it.
Also, some pictures are missing from the archive. Here is one to remind a good time we had at your place.
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.