Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 seema --- Deep

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 15261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-13-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीले र मैले आज आ-आफ्ना सिमा बिर्सेको यो पल म सधैं सम्झीने छु ---" आभाका ती शब्दहरु दिबसको मन मष्तिस्कमा फेरी गुन्जीए।

सीमालाई दिबस आज खोजी खोजी हेर्थ्यो। एउटै प्रस्नमा जेलिन्थ्यो। बेचैन दिबस त्यो भोजमा बिगतको बन्दी बन्दो थियो हर पल अरु जकडिदै गएको थियो।

आभा सँग भेट भो आज अकस्मात।

****
कहिले फर्किने रे एट्लान्टा बाट? नीताले सोधी। उदास देखिन्थी।
भोली छ कार्यक्रम -- भोली साँझ नै फर्किन्छु भनेको मिलेन। पर्सी ११ बजेको फ्लाईट छ। दिबसले आफ्ना बिबस हेराई नीताका आँखामा मिसायो र तेतै बिलाउन दियो।

भोलीको एटलान्टा कार्यक्रममा हाकिमले प्रस्तुत गर्नु पर्ने कार्यपत्र घरायसी कारणले हाकिम जान नमिल्ने भनेर उसलाई जान भनिएको थ्यो आज काममा। आजै साँझ उड्नु थ्यो उसले। हतार हतार घर आएर उ तयारी गर्दैथ्यो। नीतालाई पनि सम्झाउँदै थ्यो।

कार्यपत्र त उसैले तयार पारेको थ्यो हाकिमको लागि, त्यो प्रस्तुत गर्न उसलाई गार्हो थिएन तर नीता र उस्को बिहेको पैलो बार्षिकोत्सब भोली साँझ झन बिशेष सँग मनाउने भनेर कुन बेला देखी बनाएको योजना भत्किन लागेको देख्दा उस्को मन निचोरीएको थ्यो। नीताको उदासी उस्ले नबुझेको हैन। मागी बिहे गरेको भए पनि उस्ले नै छानेको पनि यत्ती सही हुन्थेन भन्नेमा दिबस पक्का थ्यो।

मेरो पनि कार्यक्रम छ परीबार सँग भन्न उसले नखोजेको हैन काममा तर सकेन।

नीताले सुटकेस ठिक पार्दी। दिबसले नीतालाई एक टक हेर्यो। मनमनै गन्यो उ बाउ हुन अब चार महिना बाँकि छ।

बिदा भयो र भारी मन लिएर बिमानस्थल तिर लाग्यो।

बिहान उठ्ने बित्तिकै फोनमै भए पनि बार्षिकोत्सबको बधाई दिन्छु भन्थ्यो दिबस नीताको फोन आएर उठ्यो। बधाई र माया मात्रै हैन उदास भाबहरु पनि साटा साट भए। लुकाएर ड्रेसरमा राखेको उपहार लिन दिबसले देखाएको बाटो नीताले उ एक्लै जान मानीन पर्खिने भई।

कार्यपत्र प्रस्तुत गर्यो। वाह वाह बटुल्यो दिबसले। साँझ घरमा नीता एक्लै -- सम्झेर दिबसले आफु मात्रै डिनरमा के रमरमाईलो गर्ने सोचेर उस्ले खाना अन्तै खाने कुरो सुनायो कामका अरुहरुलाई। नीतालाई फोन गर्यो। भेट भएन। घरमा गर्यो, सेलमा गर्यो। भेट भएन। चिन्तीत भयो दिबस। सेलमा एक एक छिनमा फोन गर्न थाल्यो।

नीता पार्ट टाईम गर्थी काम। आज छुट्टी लेकी थीई दिबसलाई थाह थ्यो। कहाँ गै होला? छटपटियो उ।

एक चोटी त सेल उठेको थ्यो -- अरुनै को केटा मान्छे बोले जस्तो नी लाग्यो पृस्ठभुमीमा -- मधुर गीत पनि बजे जस्तो --साईँ साईँ सुईँ सुईं आयो-- अनि हेलो हेलो भन्दा भन्दै लाईन काटियो।

जाडोको महिना अघि पाँच बजे नै अन्धकार भै सकेको थ्यो। साढे सात बज्दा त आधारात जस्तो भै सक्या।

दिउँसो लन्चमा पनि कुरा भाको हो -- कता गई त भन्थ्यो फेरी फोन गर्थ्यो। फोन उठेन, उ आजित भो।

बल्ल बल्ल पौने आठ बजे तिर नीताकै फोन आयो।-- रिसाउने हो की खुसी हुने हो दिबसले बुझेन -- काँ तिमी? उस्ले कठोर स्वरमा सोध्यो।
घरमै-- काँ अब? भनी।
अघि देखी फोन गर्या गरेई छु -- भन्यो।
घरको फोन रिङ्गर अफ गरेर सुतेकी थिएँ। भरखर उठेर अब तिमीलाई फोन गर्छु भनेको त सेलमा ब्याट्री सकिएछ कुन बेला -- अहिले चार्ज गरें -- तिमिले फोन गरेको देखें -- झन खुसी भएर फोन गरेको त --- आजको दिन पनि म सङ्ग रीसाको भनेर घुर्की देखाई। राहत भो--दिबस पग्लीएर छताछुल्ल पनि भो तर कता कता पृष्ठभुमी परीचित झैं पनि लाग्यो, सम्झायो आफैलाई फेरी।

नीताले कर गरी डिनर खान जाउ भनी नभए उ नी भोकै बस्छे रे भनी --माया पिरतीका कुरा नी भए -- अघि सम्म त केही खान मन थे न तर पनि उ अब खान जाने भो--उस्ले नी खाने भई। डिनर पछी फेरी कुरा गर्ने बाचा गरे।

के खाने सोच्दै थ्यो एउटा पुरानो साथी एटलान्टा तिरै भाको झट्ट सम्झियो। हत्तपत्त ल्यापटप झिकेर खोज्यो --साथी त उस्को होटेल बाट ११ माईल पर रे छ। ठेगाना सार्यो फोन नम्बर टिप्यो--"एनि हु" लाइ धन्यबाद दियो।

साथी त धुनधान खुसी भो। उस्को छोराको बर्थ् डे पार्टीमा लाग्या रे छ। नआई हुन्न भन्न थाल्यो। पुरानो साथी -- भोक लाग्या बेला भोज पनि नाई भन्न सकेन। जाने भो।

पार्टीको रमझम पुरानो साथी संगको भेटघाट। दिबस दङग भो।

उहाँ मेरो मामाको छोरा रबिन दाई -- अनि आभा भाउजु। साथीले पाउना चिनाउने क्रममा उनीहरुलाई नी चिनायो। आभालाई त उस्ले चिनेको आज हैन-- उस्को बिहे पछी बधाई दिन बेहोस झैं बानेस्वर पुगेको त्यो दिन त झन उस्ले कहीलेई बिर्सने छैन --

अभिबादन गर्यो दिबसले आभा र उस्का आँखा जुधे -- दिबसले आँखा ओराल्यो। आभा सँगै उभीएकी बच्चीमा उस्का आँखा रोकिए। "हाम्री छोरी" आभाले मन्द मुस्कान साथ चिनाई अनि छोरी तिर हेरेर मायालु स्वरमा भनी "दर्शन गर सीमा ---"।
 
Posted on 09-13-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops!!
कस्तो दिक्क लाग्दो!! तर राम्रो
 
Posted on 09-13-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Awesome Deep! :-)
 
Posted on 09-13-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह दीप जी, मर्मस्पर्शी कथा पस्किनु भयो। फरक् स्वाद को फरक यादको।
बाङे, ट्वाके, बर्मुको क्वाति भन्दा सीमा, आभा र निताको घलमल बडा मीठो लाग्यो।
 
Posted on 09-13-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुई! झ्वाट्ट करेन्ट लाग्या जस्तो पो भयो त!

बि पि कोइरालाले भने जस्तो, सिमालाई देख्ने बित्तिकै अथाह, असिमित पितृ वात्सल्य उम्लेर आयो होला अनि!

गजब छ!
 
Posted on 09-13-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप,
IS it Fiction or non-fiction??
 
Posted on 09-13-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow to Deep's authentic style.
I was gettin ready to laugh from ear to ear, but the first line was enough to prove me fool.

Enjoyed your subtle and graceful style of writing as much as the humorous one.

 
Posted on 09-13-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu now who is this seema.
 
Posted on 09-13-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी दीप्-ज्युले एस्तो मार्मिक कथा किन लेख्-नु भएको होल। सबै लाई भावूक बनाउने बिचार छ को कसो। तर पनि कथा चाँही अती उत्तम, एज युजुवल।
 
Posted on 09-13-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is that the end?
I was expecting more!!!!!!!!!!!!
 
Posted on 09-13-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh yeha arko story rahecha. aja maile ali late garechu.

k ho Deep Jyu ko katha ajhai pura bhako chaina jasto cha. ani abhalai dekhepachi man ma k k bhayo ni? abha pahile bhanda ramri dekhnthi ki?

ali ramrari flashback pani jaos na. waiting for romantic past...........
 
Posted on 09-13-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Deepji ,

so you have more stories besides "Bange days" haha..

Nice start and end .Loved your narration.
thanks
 
Posted on 09-13-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Maila wrote:
>बि पि कोइरालाले भने जस्तो, सिमालाई देख्ने बित्तिकै अथाह,
>असिमित पितृ वात्सल्य उम्लेर आयो होला अनि!

पितृ वात्सल्य अन्त:प्रेरणा (instinct) हो र यो हामीमा आनुवंशिक रुपले नै मुद्रित हुन्छ र यो पितृत्व-विश्वास (confidence of paternity) संग सिधा समानुपातिक हुन्छ ।

तेही भन्न खोज्नुभा' हो जिम्मालबाले ? The untold part of Deep's story ? ;-)
 
Posted on 09-13-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई, माफ गरी बक्सेला, तर यो पटक चाँही हजुर ले अली हतार गरे जस्तो लागो मलाई त। तेती मजा आएन यो कथा पढेर। लौ न अर्को एउटा राम्रो जाओस।
 
Posted on 09-14-07 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-14-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro chha deep ani bange chahi miss bhayo. bangelai teej ko chhutti dya re?
 
Posted on 09-14-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एग्ज्याक्ट्ली नेपे दाजू!

पितृत्व-विश्वास ले गर्दा नै माया उमडिएर आउने होला! त्यो बि. पि. को कुनै छोटो कथामा (मलाई नाम याद आएन अहिले) कता हो कुन्नि, आफूसंग अंतरंग सम्बन्ध भएको स्त्रीलाई धेरै पछि भेट्दा उनको साथमा भएको बालकलाई देखेर बि. पि. को मन पनि बालक प्रतिको प्रेमले छताछुल्ल भएको वर्णन देखेको थिएँ!
 
Posted on 09-14-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ohho... BP bajey ta "playa" po rahecha.
 
Posted on 09-14-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I knew with the introductory paragraph that there will be a major twist at the end.

Reality show ?? A product of imagination or patially true event ?

Keep Going Deep !
 
Posted on 09-14-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढाईमा सोचको असर हावी कसरी हुँदो रहेछ भनेर मैले आफै अनुभव गरेको छु --

*********************
***"तिमीले र मैले आज आ-आफ्ना सिमा बिर्सेको यो पल म सधैं सम्झीने छु ---" आभाका ती शब्दहरु दिबसको मन मष्तिस्कमा फेरी गुन्जीए। ***

यस्मा त हामी अल्झेको देखियो प्रस्टै अनि निर्क्योल पनि निकालियो भलै सत्य असत्य जे होस तर एक चोटी यता पनि हेरम:
****दिबसले नीतालाई एक टक हेर्यो। मनमनै गन्यो उ बाउ हुन अब चार महिना बाँकि छ।****
......
**** नीता पार्ट टाईम गर्थी काम। आज छुट्टी लेकी थीई दिबसलाई थाह थ्यो। कहाँ गै होला? छटपटियो उ। ......

एक चोटी त सेल उठेको थ्यो -- अरुनै को केटा मान्छे बोले जस्तो नी लाग्यो पृस्ठभुमीमा -- मधुर गीत पनि बजे जस्तो --साईँ साईँ सुईँ सुईं आयो-- अनि हेलो हेलो भन्दा भन्दै लाईन काटियो। ****

***************
हामीले एउटीलाई भ्रष्ट अक्रीलाई कष्टमा देखीम -- तर सही मुल्याङ्कन गरीम त? की गरीम?
मानौ आभा ले तिजको ब्रत लिई रे अनि नीताले पनि? अब आउँछ गाँठी कुरो
-- कस्ले लियो त दिबसको लागि? उ योग्य थियो थिएन बेग्लै कुरा हो।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters