edv2023
Replies to this thread:

More by edv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "अन्डा " is way too expensive .

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 9435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-02-23 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

६ महिना अघि म अम्रिका आउदा अन्डा प्रति दर्जन ४ डलर भन्दा कम थियो . तेश बीच अन्डाको भाउ बढेर प्रति दर्जन क्रमश ६ ,७, ७.५ डलर हुदै गयो . आफु फेरी जिम गर्ने मान्छे दिनमा १५ १६ ओटा अन्डा र १ २ ओटा फुल बोइल चिकेन जान्छ .

आज बिहान अन्डा किन्न जादा त अन्डाको भाउ ९ डलर पुगेछ . यो चै खपी नसक्नु भयो अनि रिटेल म्य़ानेजर् लाइ बोलाएर किन एसरी भाउ बढेको भनेर प्रस्न गर्दा " बर्ड फ्लु " को कारणले गर्दा भन्ने जवाफ आयो . बर्ड फ्लुको कारणले गर्दा अम्रिकामा १०% कुखुरा गत वर्ष मारियो रे ,cage free कुखुरा अन्डा पार्न योग्य हुन कम्तिमा ६ ७ महिना लाग्ने भएर अझै कहिँ समय अन्डाको भाउ नघट्ने जानकारी पाए .

तेस्को कुरोको भर नलागेर वाल्मार्टमा मुल्य क्रस चेक गर्न गए . वाल्मार्टमा पाहिने अन्डा चै "C " grade को सेतो हुन्छ जसको भाउ प्रति दर्जन २ डलरको हाराहारीमा पर्छ . एसको उपभोक्ता प्राय हिस्प्यानिक हुन्छन . तेस्तो C grade को अन्डाको भाउ पनि ५ डलर पुगेको देख्दा अघिको म्यानेजर्को कुरा ठिकै लाग्यो .
 
Posted on 01-02-23 12:55 PM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guff ko pani limit Hunchha ni…18 ota anda ko 2 for $12 ma aauchha..12 ota line bhaye 4.49 ma aauchha.. yo Chicago ma bhayo…edv jyu kahan basne, Beverly Hills? Hami Aldi ma kinchhau. Tapainlai Aldi jana laz lagne ho ki?
Last edited: 02-Jan-23 12:59 PM

 
Posted on 01-02-23 1:14 PM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिकागो सर अन्डा पनि भेराइटी भेरिटी को हुने रैछ . नेपाल तिर चै २ थरि हुन्थ्यो जस्तो लाग्छ एउटा बोइलेर अर्को organic .मैले रेगुलर किन्ने अन्डा आज लगभग ९ डलर पर्यो . ऐले चै सायद क्रिसमस , न्यु इएर भएर महँगो भएको होला नत्र यो रेगुलर ६ ७ डलरमा आउछ . ५ ६ महिना पहिले त येही अन्डा लाई ४ डलरको हारा हारी पर्थ्यो . अल्डी मलाई पनि सारै राम्रो लाग्छ तर अन्डा किन्न मात्र अल्डी जान सधै ब्यबहारिक हुन्न .

तपैले वाल्मार्टमा कहिले अन्डाको रंग नोटिस गर्नु भएको छ , पिङ्क कलरको अन्डा नि हुन्छ यार त्यहाँ हाहा . अरु कुराको मैले नोटिस गरेको छैन तर अन्डा को भाउ चै न्यु योर्कमा ६ महिनामा सतप्रतिसत बढेको छ .
 
Posted on 01-02-23 4:09 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I agree with the edv2023. I’m surprised how the food prices been up in last 6 months. I’m my area for 1 dozen grade A is 3.99 ish
 
Posted on 01-02-23 4:34 PM     [Snapshot: 123]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अन्डाको भाउ त यता पनि बढेकै हो।
खैर, सबैभन्दा अचम्मको कुरा मलाई यहाँ लागेको चै ईडीभीज्युले दिनमा १५-१६ वटा अन्डा र १-२ वटा "फुल बोइल चिकेन" खानुहुन्छ रे। आम्ममा के हो यस्तो? म त शक्ड भए हो।
यत्तिका अन्डा डेली खाए त जस्तै जिम गर्ने मान्छे नि कोलस्ट्रोलको शिकार हुन्छ होला। तपाईंको वेट कति होला? ९०- १०० केजी नै छ कि? हामी जस्तालाई त सिधै ढाल्दिने दम होला पो। बडी बिल्डिङको एक्स्ट्रीम केस जस्तो पो लाग्यो। राम राम।

 
Posted on 01-02-23 5:19 PM     [Snapshot: 140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रक बहादुर सर ४ डलर पनि सस्तो हो धेरै राम्रो ठाउँमा बस्नु भएको रैछ .

बेन्दिक सर टार्गेट त् मेरो दैनिक २० ओटा अन्डा निरन्तर खाने छ तर सफल हुन सकेको छैन . वेट १०० kg+ छ होउ तर हाइट पनि ६ फिट माथि छ . तर सर पहेलो भाग सबै फाल्ने हो सेतो मात्र खाने हो . कुखुरा २ ओटा , costoco भन्ने एउटा होलसेल छ त्यहाँ ग्रिल गरेको चिकेन पाउछ . भात , पाउरोटी , जंक अग्रम बग्रम केहि नखाने हो . अनि सिधै सयलाड काक्रो पानी तेती हो खाने . वोर्ल्ड कप अनि होलिडेमा एकदम डिसीप्लेनमा बस्न सकियन सारै रिग्रेट छ ऐले .

हजुरले भन्नु भनेको एउटा कुरा चै एकदम ठिक हो . ३० काटे पछि कोलस्ट्रोल, फ्याट्टी लिवर को एकदम खतरा हुन्छ , अन्डाको पहेलो , अल्कोहल , रातो मासु खानै हुन्न .

म गुण्ड चै हैन तर सबै गुन्डा संग उठ बस राम्रै छ , कामको सिलसिलाले . बढी बिल्डिंग लाइ नै करिएर बनाउछु भनेर टीन एजमा त लागेको तर बीच बाटोमै छोड्नु पर्यो . अब ऐले ३५ वर्षमा फेरी क्याच-अप गर्ने कोसिस छ हेरौ सरिर ले कत्तिको साथ दिन्छ .
 
Posted on 01-03-23 6:28 AM     [Snapshot: 290]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I found few articles https://www.baynews9.com/fl/tampa/news/2023/01/02/gasoline-prices-affecting-the-price-of-eggs
https://www.wfmz.com/news/cnn/business-consumer/wa-avian-flu-drives-up-cost-of-eggs/video_2f0dbd95-7cd6-59a3-bcc1-c6b1bf56dca6.html
https://www.valleycentral.com/news/local-news/increase-in-egg-prices-affect-local-businesses/amp/

 
Posted on 01-03-23 10:47 AM     [Snapshot: 351]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

thank for the info rockb very insightful ..
 
Posted on 01-03-23 12:11 PM     [Snapshot: 383]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनी ब्रो : छ महिना पछि फोटो टासे पछि कुनचै सक्कली Hulk Hogan हो भनेर जिब्रो टोक्नु होला | तेती नभए पनि कुमाल नान्जियानिले देखाएको जस्तो ६ प्याक देखे पछि मुर्छा पर्नु होला |

मेरा गुरुले भैरब अर्यालका कथालाई बस्तुस्थिति अनुसार मिलाएर भन्नु हुन्थ्यो | तेसंध्दे यो एउटा हो "एक गोग्याग्रे को बिहे हुन् हम्मे हम्मे भै राखेको बेला अलिक ब डाई चडाई गरेर कुरा गर्न सिकाइएको थियो रे | एक दिन भेटघाट को बेला गोंज ले खोकन पुगेछ, केटि पक्षकाले खोकी लागेछ नि भन्दा खोकी मात्र होईन TB पनि लागेकोछ" भन्थ्यो रे | यो धागो का कुरा पढे पछि गुरु र वहाको यो व्यंग सम्झन पुगेछु |

 
Posted on 01-03-23 12:58 PM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन सरको कुरो एकदम सहि हो . तपाईको लेखहरुमा प्राय भैरब अर्यालको " जय भुडी " को गन्ध हामी पाउछौ . " महर्षि हुन् कि मार्क्स हुन् , सन्त हुन् कि सार्त हुन् , बाल्मिकी हुन् कि होमर हुन् , टाल्सटाई हुन् कि तेगोर हुन् , दाते हुने कि देवकोटा हुन् , सम: हुन् कि सेक्सपीएर हुन् प्रत्येक कबिको जन्म भुडी बाटै भएको हुन् " भन्ने हजुरको मान्येता रहेको देखिन्छ . जय भुडी एकदम राम्रो तर निरासाबादी निबन्ध हो , येही निबन्धका कारण उनले आत्माहत्या गरेक हुने भन्ने कुराको पुस्टि पछि सत्यल प्रकासन बाट प्रकासित लेखमा खुलेको छ .

म आफु चै उनको " महापुरुसको संगत " भन्ने निबन्ध लाइ राम्रो मान्छु . यो संसारमा सबै भन्दा ठुलो महाहपुरुस तपाई हो र तपाईको अन्तर आत्माले जे ठिक ठान्छ तेही दर्शन हो भन्ने निस्कर्समा पुगेर दैनिक १५ १६ ओटा अन्डा खान पुगेको हु . इलन मस्क पनि भैरब अर्यालका ठुला फ्यान हुन् जस्तो लाग्छ नत्र उनले १० bil को twiter ४३ bil मा किन्दैन्न थिए होला . १ वर्ष मा २०० bil गुमाउदा पनि उन्मा रत्ति भर पिडा छैन . यो वर्ष उनले थप ७० bil गुमाउने अनुमान गरिएको छ . १ न धनि बाट यो वर्ष उनि सिधै ३०० स्थान तल जाने अनुमान गरिएको छ . उनि संगै लाखौ लगानीकर्ता डुब्ने निश्चित छ . तर who cares , always listen to ur heart .
 
Posted on 01-03-23 2:34 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

As of, 01/03/2023 1:30 pm Costco is selling $2.93 per Dz, and its perfect for you, 'cause it comes in a bulk, it has 90 eggs, almost 8 Dz.

That much egg you eat, how is your gas condition?

 
Posted on 01-03-23 2:46 PM     [Snapshot: 466]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अण्डा खान छोडी दे इ डि भी पिपी सानो हुदै जान्छ। लोगन र बेनी को जस्तो हालत होला
 
Posted on 01-03-23 3:09 PM     [Snapshot: 467]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेक्सी म्याम सुझाब को लागि धन्यवाद , कोस्टोको अण्डा त सारै सस्तो हुन्छ होउ अनि अलिक सानो पनि, मलाई त् त्यो कागको अन्डा होकी जस्तो लाग्छ . कुन्चाई एउटा हिन्दि फिलिममा एउटा मान्छेले ५ रुपियाको चिकेन बिरयानी खान्छ पछि त त्यो बिरयानीमा कागको मासु पो हालेको हुन्छ हो .

मलाई त कहिले कहिँ वाल्मार्ट छिर्दा त्यो रंगी बिरंगी अन्डा देख्दा कतै अझिन्गर , सर्प छेपारो, काघ आदिको अन्डा होकी जस्तो फील हुन्छ त्यहि भएर म अन्डा चै ऐले सम्म organic , cage free pasture raise नै खाने गरेको छु . अब यो भन्दा भाउ बढ्यो भने चै बरु चना , बदाम , सातु खान्छु तर कौवाको अन्डा चै खान्न.

म अन्डाको सेतो मात्र खान्छु अनि ७ माइल जस्तो दौडिन्न्छु तेही भएर gas problem छैन तर अन्डाको भाउ ७ डलर माथि पुगे पछि चै त्यो yolk फाल्न माया लाग्यो तेही भएर छोराहरु लाइ दैनिक १ देखि ३ ओटा योल्क ख्वाउछु , कस्तो गनाउने आची गर्छन होउ सायद तेही अन्डाले होला .

 
Posted on 01-04-23 10:08 AM     [Snapshot: 615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउ बाजेले ७ पुस्ता बसी बसी खाने साम्पत्ति जोडिदिएको अनि काम नै नगरी खान पुग्छ भन्नेले अहिले अण्डाको भाउ बढ्यो भनि साझामा धागो कोरेको पढे पछि क्या हो क्या हो , यिनी पनि कहिँ Mr. Nepal हुने गरि मोटिभेट भएको देखे पछि लौ साझा बासि हो " गो फण्ड" खोले भए पनि एक बर्स लाइ दैनिक एक दर्जन अण्डा त्यो पनि "एक्स्ट्रा लार्ज" किन्न पुगने रकम उठाई दिदा कसो होला ? नेपाल चिनाउने माध्यम हुन्छ |
झड्केलो बाउ हो कि सक्कली बाउ हो आफु चै अण्डाको प्रोटिन भाग मात्रै खाने अनि फुलको रानी (योल्क) तेस्मा पनि १ - ३ ओटा छोरा छोरीलाई ख्वाउछु भन्दछ | खोकाइ को लेखाइ मात्रै हो कि साच्चै नै मन भित्रि कुरा लेखेको हो ? साच्चैनै yolk ख्वाउने यिनको सोचाइ भने अण्डा किन्ने भन्दा पनि काउन्सेलिङ्ग को लागि चै गो फण्ड उठाउनु पर्ला !
 
Posted on 01-04-23 11:17 AM     [Snapshot: 631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन सर पैसा छ भन्दैमा ३ गुणा महँगो सामान किन्नु बुद्धिमानी ठहरिन्न . फेरी जति पैसा भए पनि ब्यापारीकॊ माइन्ड सेटलाइ कृतिम मुल्य ब्रिदीले ट्रिगर गरि हाल्छ . पैसाको तुजुक देखाएर तिन गुणा महँगोमा twitter किन्दा मस्कको के हालत भयो देखि हाल्नु भयो होला . ३० वर्ष माथिकोले अन्डाको पहेलो भाग चै खानै हुँदैन , कार्डिक अरेस्टले मरिन्छ . स्वस्थ रहन , फुर्तिलो रहन नै जिम गर्ने हो , तेत्रो पसिना बगाएर पनि फेरी कार्डिक अरेस्टले मारियो भने त राजु श्रीवास्तब दादाको गति हुन्छ . तेसैले पैसा परेको छ भन्दैमा ग्वाम ग्वाम योल्क नखानु होला हस ? एसको बिपरित केटाकेटिहरु लाइ चै योल्कले सारै राम्रो गर्छ रे . मुख्यत शारिरिक विकासमा योल्क सारै फलदाई . हजुर पनि आफ्ना चिचिलाहरुलाई आजै बाट योल्क खिलाउनुस . मैले आज ६ ओटा अन्डाको सट्टा काँचो केराउ खाने निर्णय गरे . चनाले चै पेटमा अलि धेरै ग्यास बन्छ .


 
Posted on 01-04-23 11:34 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कहिँ सुर्य पश्चिम बाट झुल्कन लागेको हो कि २०२३ को करामत हो ?

नया मुल्लाह ले धेरै प्याज खान्छ भन्ने सुनेको थिए तेस्तै भएर होला साझामा नया हो वा नया नाम बाट छिर्दा " कहाली लाग्दै छिर्र्योउ" र युट्युब पनि टास्न पुग्यौ | आधा गाग्री छचल्किए झैँ निकै हल्लियौ |
बिस्तारै अमेरिकाले छुदै छ जस्तो छ | दिउसो सपना देख्ने हरु र धरातल चिन्न बिर्सिनेहरु यो साझा मा निकै छन् |
 
Posted on 01-04-23 12:06 PM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन सरले मेरो यो मितबइता लाइ आफ्नो १९९५ को prius संग जोडेर " देख्योउ मैले prius किनेर ग्यास मा ५० सेन्ट जोगाए , म तिमीहरु भन्दा कति बुद्धिमान छु " भन्न खोज्नु भाको हो भने यो भन्दा दुखलाग्दो कुरा अरु हुन सक्दैन . हजुरको ९५ को कोराला कि प्रिएस प्रति मेरो आज पनि धारणा उही छ .

" आफ्नो परिवारको ज्यान जोखिममा राखेर प्रति ग्यालन ५० सेन्ट जोगाएर दङ्ग पर्नेहरु ट्रंपका सन्तान र कालिदासका चेला हुन , २ सुका जोगाउन आफु, आफ्नो परिवार र बाटो हिड्नेअरुको समेत ज्यान जोखिममा राख्ने टोयोटा कोरोला, प्रिएस , फोर्ड फिएसट्टा , निसान भर्सा चालकहरु अपराधी हुन्" भनेर अनुरोध गर्न चाहान्छु .
 
Posted on 01-04-23 1:35 PM     [Snapshot: 715]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मितव्ययिता हुनु र कुरा कानी गर्नु दुई ध्रुबिय कुरा हुन् भने आंकडा को बारेमा १००० भन्दा माथि थाहा छैन जस्तो छ | अनि बुद्दिमानि को कुरा गरेको थिइन तर जोडिएको कुरा तिमीले बुझे छौ तेस्को लागि धन्यबाद |
तैले के चड्छस र अरुले के चडे सबैका व्यक्तिगत कुरा हुन् भने मान्छे मार्ने गाडि को उत्पादान गर्ने लाइ तेरो जस्तो सुझाब पुर्याउने मानिस पहिलो हुनेछस , पठाई हाल र अब उप्रान्त ३ सिलिन्डर गाडि बनाउन बन्द गर |
" चालकहरु लाइ अपराधि" पनि भन्न थालिस, २००५ मा किनेको गाडीलाई २०२२
(https://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=1236440) मा बेचेको कुरा लाइ अझै १९९५ भन्न छोडेको छैनस अब चै बहुलाइस कि सुस्त मनस्थितिले झनै च्याप्दै आएको हो ? त्यो माथि लिंकमा क्लिक गर अनि थाहा पाउछस अनि लौ भन्नुस यो चै कस्ताको छोरो पर्यो ?
आफु भने अन्डाको सेतो भाग खाने रे अनि छोराछोरीलाई चै रानी त्यो पनि आफुले नखाएको दिने यो Frugal . Economical नभएर अरुनै केहि अजिब प्राणी हौ , फेरी अर्को YouTube पनि टास्छौकि ?
यहा के फरक छ त्यो पनि साझा बासीलाई बताई देउ
१९९५
&
२००५





 
Posted on 01-04-23 3:52 PM     [Snapshot: 775]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan sir , maile hajur ko critical economic condition ko majak udauna khojeko hoina but tyo underpowered 95 Prius is road hazardous, not even fit to run errands let alone be a primary drive . Ur risking so many lives in road . Baru hajur 100 cc ko splender kinnus . I know ur pissed but it is what it is .better safe than sorry.
 
Posted on 01-04-23 6:06 PM     [Snapshot: 835]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ईडीभीजी, व्होल मिल्क खानु हुदो रहेछ। यसले त कोलस्ट्रोल लेभल बढाउछ नि हैन र? आफु त २% या कहिले काही पानी झै लाग्ने स्कीम्ड मिल्क खाइन्छ। अल्मन्ड मिल्क ट्राइ गरेको, मिठो नै लागेन हो। वेट जम्मा ७० केजी जती छ पहिला त झन ६०-६६ केजी मै थिए। जब देखी ७०मा पुगे, मेरो डक्टरले ब्लड चेक आदी गरेर यती लामो मैले खान हुने, नहुने लिस्ट लेखेर कोलस्ट्रोलको बारेमा लामै चर्चा गरेर चिठ्ठी पठायो। घरमा सब परेशान। मान्छे हेर्दा दुब्लो जस्तो भए नि कोलस्ट्रोलले सताउने रहेछ भनेर चै थाहा भो। फेरी अहिलेको लक डाउन पछी त लाइफ एकदम सिडेन्टरी नै भको छ।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters