gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 151494 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-17-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabaile sunau na ta . ke ho ke ho . Dar laagyo:P:)
 
Posted on 01-17-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो सान्नानी, हाम्रो मामाको कहानि सुनिसाध्य छैन रे, अबा तिम्रो मामाको कहानि नै सुन्ने हो।
लौ न भउते गुरु, सुनाम न।
 
Posted on 01-17-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई, भउते गुरु त्यो "बिगत" हामी पनि सुनौं न । हामी मात्र सौताको छोरा । समाबेशी लोकतन्त्र बिरोधी काम नगर्नु होला, हिस् गर्नुस्, नत्र मिसलाई भनेर महिला मुक्ती मोर्चाका साथ हुलुस् लिएर आउने हुन्छु ।
हुलुस्= हुल दंगा गर्ने जुलुस्
 
Posted on 01-17-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL...ha ha ha!! bhaute ko bigat re ha ha ha!! balla yaad bhaeko ke!!

bhana ke bhana gaauleharu lai. ha ha ha!!

:-)
 
Posted on 01-17-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले चैं सुन्न पाईन्न ? किन यस्तो पक्षपात हो देवर जी ? नियमापत्ती!!
 
Posted on 01-17-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा भाउते! बोलो कि पोलो!
:)
 
Posted on 01-17-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत्तेरी ! कोही छैन होला भनेरो बोलेको, सप्पै कान थापेर बसेका रे'छन। :p

भागेँ म यहाँ बाट। :-)


.

 
Posted on 01-17-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भौते गोरू! :P
हामीलाइ चैं त्यो अस्ट्रिच बनाइदेको?

मेरो त पोस्टिङ कोटा नि पुग्न लाग्यो, फेरी चौतारीमा आउने ढोका बन्द हुने हो कि आजको लागि।
 
Posted on 01-17-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल राहुलदाइले मूक्तिको कुरो गर्नु भो लौ मुक्तिको नारा पनि सुन्नुस :)
'टेरहोइन ढटेर लड्ने यो हाम्रो पाली हो
अचाक्लि भयो अधिकार हाम्रो खोसौन नारी हो'
:)

देवरजी डराएको कुम्ले संग होला :)
 
Posted on 01-17-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्पुतरमा नि के के बनाउन जान्या हो गुरु ले । हामीले सुन्याउं भन्दै मा अरुलाई भन्दै हिंड्ने रेडियो नेपाल होइन क्या र ?
भागदै मा सुख पाइने भए, उहिलेइ भागथें ।भागेको भए चिलिम तान्न पाइन्थ्यो ? ल चिलिम एक सर्को तानुम्, गुरु, साहस् र राहत दुबै मिल्छ ।
 
Posted on 01-17-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योति पनि डराए जस्तो छ है :D
 
Posted on 01-17-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हटेरहोइन डटेर लड्ने यो हाम्रो पाली हो
अचाक्लि भयो अधिकार हाम्रो खोसौन नारी हो---- यस्तो हो है :)
 
Posted on 01-17-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जा मैले नि साथ दिएं । भन भन भाइ हो---



हटेरहोइन डटेर लड्ने यो हाम्रो पाली हो
अचाक्लि भयो अधिकार हाम्रो खोसौन नारी हो
 
Posted on 01-17-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Gautam B:
>नेपे दाजीको बडा अच्छा सुझावलाई अर्को पल्ट चौतारी चिन्नेले बिर्सनु
>भएन! सान बूडालाई भनेर यसैपाला पनि गर्न सकिन्न र भन्या?


सानबुडालाई भनेर संसोधन गर्ने काम चै अलि चोखीनिती (kosher) नहोला । अब अर्को संस्करणमा । त्यो घरपानाको सिरानको "चौतारी" भन्ने सईनबोर्डमा पनि कोष्ठमा "Nepali IMPROV" भन्ने राख्दा जाती होला बन्ने मानिचु । तर त्यो पनि ४३ औं चौतारी चिनिएपछि मत्तै ।


Birkhe_Maila:
>यिनी नेपे दाई ५-७ भाग बिरा'र चौतारिमा कुरो लेख्छन्...


जुन साराँ (वेगमा) चौतारीको दृश्य बदलिन्छ, त्यै साराँ यो बुढो गोडो नचल्ने देखेर नै दर्शक भेर बस्या हुँ । नत्र त औधी माया लाँउच चौतारीको मलाई ।


Yahoooooo:
>नेपे दाजि ले भन्या कुरो सारै मनासिब लाउच ।
>त्यो इन्टरनेट आँसु नाट्यमन्च भन्दा कस्तो कस्तो लाम्दो रच ।
>आँशु कवी भन्या जस्तै ता होला नी ?


हो, "आशुकवि" कै अग्रभाग "आशु" (instant) राखेको हो । "आँसु" (tear) हैन "आशु" (instant, improvised) हो है ।

"IMPROVISATION ", जसको प्रचलित संक्षिप्त रुप "IMPROV" हो, लाई नेपालीमा अनुवाद गर्ने चेष्टा गरेको हुँ ।

अनि "IMPROVISATION" चाहिं Comedy theatre को एउटा स्थापित धारा हो यहाँ पश्चिममा । ABC को "Whose Line Is It Anyway?" एउटा उदाहरण हो त्यस धाराको ।

बढि जानकारीको लागि:
- http://en.wikipedia.org/wiki/Improvisational_comedy

अनि यो के कुरा भईरा'हो भन्ने लाग्नेहरुको लागि ओरिगिनाल मेसेजमा पुग्ने भरेङ यो:
- http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=271&ThreadID=40599#366497

Nepe
 
Posted on 01-17-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी लाई रात परेछ
वा चौतारीलाइ मात परेछ
कोही छैनन यहाँ अहिले
कि सबलाई दशा साढे सात परेछ?

आफ्नो त प्रौढ् शिक्षाको टायम् भएछ,
तारेमाम् सब् लाई।
 
Posted on 01-17-07 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है गाम्ले हो।

होइन ठुल्दाइ, प्रौढ कक्षामा जाने भनेर निस्केको मान्छे बुढीगण्डकी छेउको पाटीमा बसी चिलिम तान्दै पो रहिछन् त ।
अनि गालेजी, चौतारी भनेर आको, गोल्फा कि के जाती खेल्ने चौर पो पर्‍यो नि । कुखुराको फुल जस्तो भकुन्डाहरु लठ्ठिले हान्दै प्वालाँ छिरम्दा रहिचन् मान्छेहरु । एउटा त उछिट्टेर झण्डै आफ्नो थाप्लाँ लागेको । जे होस् स्वस्थानीको कथाहरु रमाइलो मानी पढ्दै छु, अरु पनि छिट्टै जाओस् है ।

अनि थुली, पोइलो गयौ तआआआआआ ?
चित्रेजी, खुट्टेश्वरको पूजा कत्तिको चल्दैछ नि ?
 
Posted on 01-17-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोहि छ? कता लाएचन जम्मै?
 
Posted on 01-17-07 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,
नया चौतारीको लगी मुरी मुरी धन्यबाद गालब लाइ। दिन भरी खुब रमाइलो गरेछन गाम्लेहरु ले। थकाइ लागेर थकाइ मार्न आको म त एक छिन।

अनि एउटा सानो टुक्रा थ्यो, टासी दिनु पर्यो।

तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।
 
Posted on 01-17-07 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह नेप्चे! वाह!!

---तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।

खर्राँ------ट गयो नि हो!
 
Posted on 01-17-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!

वाह नेप्चे! वाह!!

---तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।

खर्राँ------ट गयो नि हो! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters