Replies to this thread:
What people are reading
Subscribers
Please log in to subscribe to 's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 630]
[VIEWED 183440
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-07-07 1:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ५१ ~ सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भइ फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'! | Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) | | Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
| सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila - साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick - काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute - भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के, Sandhurst_Lahure - लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me - मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal - ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina - रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau - लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha - सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज, World_map - चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू, Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty - मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta - भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini - शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने, Nepal_ko_chora - नेप्चे, Cerine - सेरू, Yahoooo - यामे, Harke_kailo - काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई, Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-09-07 5:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ३ केहि औंठी तयार् भो जसो तसो। बेच्ने समस्या पर्यो। मैले हिम्मत गरें। त्यतिबेला, मरुहिटि हिप्पी ट्युरिष्टहरु को केन्द्र थियो। झोंछें पनि झिलिमिलि हुंदैथ्यो। एउटा कट्टु र मैलो गंजी लगाएर औंठि बेच्न निस्कें। ६ किलास् पढ्ने फुच्चे राहुलेलाई कस्ले बिश्वास गर्ने? चोरेर बेच्न आएको भनेर् धेरैले गाली गरे, खेदे। तै पनि हरेश खाइन। बाध्यता थियो, मैले बेचेर पैसा लगिन भने चुलो बल्दैन। जसरि नि बेच्नु छ। धेरै क्युरियो पसल चहारे पछि एउटा पसले ले किने र अझ राम्रो राम्रो डिजाइन को बनाउने सुझाव दिए। ढुँगा खोज्दा देउटा भेटिइयो। निकै हर्षल् बिभोर् हुंदै चामल दाल् तरकारि किनेर घर् गएं। क्रमश: त्यो रात को भातमा स्वाद थियो। धीतमर्ने गरी खाइ सुतियो र मीठो निद्रा पनि लाग्यो, सायद् भोलि र पर्सि अनि निपर्सी सम्मन को लागि रसद पानी पुगेको अनुभूतिले होला । यसरी कम से कम हात मुख जसो तसो जोडन सक्ने कठिन नै भए पनि बाटो दूर क्षितिज मा देखिएको के थियो, आफु माथि नै अर्को बज्रपात भो । बालसुलभता कहाँ जान्थ्यो, उमेर न पुगी? एक दिन काम पनि न भएको र शुक्रबार नि परेको ले स्कूल का साथीहरु सँग टुंडिखेल मा फूटबल खेल्न गएं, घरमा कसै सित न सोधी । खेल्ने क्रम मा लडे छु र दाँया हात भाँच्चियो । साथीहरुले बीर अस्पताल लगे । हात भाँच्चिएर दुखेको भन्दा नि अब घर परिवार ले गाली गर्ने भो भन्ने चिन्ता थियो । कुन मुख ले हात भँच्चियो भनेर देखाउने? त्यो भन्दा नि गहन समस्या भात जोडने को थियो । भाच्चिएको हात ले भात कसरी जोडुम? हे भागवान यही हो त इस्वर को न्याय? जहाँ गाह्रो त्यही साह्रो, किन हामीलाई मात्र? एक्लाई भुनभुनाएछु । त्यतिन्जेल सम्म मा दाइ र आमाले थाहा पैसाक्नु भएको रहेछ र अस्पताल मै पिताजी को साथमा हुंदो भएकोले इमर्जेन्सीमा आउनु भयो। आमा को अनुहार हेरें डर मिश्रीत भाव ले, केही भन्नु भएन, आँखा भित्र सकी न सकी आंसु लुकाउने असफल प्रयास देखें । दाइ ले नि केही भन्नु भएन तर मन को भाव बुझें । दुई चार दिन परिश्रम को भात हामीले के खाएका थियौं, त्यो पनि आँशिक रुपमा खिसिने डर देखें । हात भँच्चिए पछी मैले घर को काम गर्नु त परेन, तर त्यो भन्दा ठुलो पीडाले झक्झकाइ रह्यो । दाइ ले काम गरी रहनु भो तर दुई जना मिलेर गर्ने काम एक्लाई ले गर्नु पर्दा ढिलो हुनु स्वाभाबिक थियो । तै पनि हरेश न खाई काम गर्नुहुन्थ्यो । तयारी ज्वेलरी बेच्ने काम चाँही मेरो भयो । ३-४ दिन मा केही संख्यामा समान तयार हुन्थ्यो र म एउटा प्लास्टर गरिएको हात झुन्ड्याउंदै पसल पसल चहार्नु जानु थ्यो । अस्ती हाम्रो सामान किन्ने साहुजीले यस्पाली किनेन, स्टक छ भनेर । ग्राहक खोज्ने क्रम मा न्यू रोड गेट सम्म पुगें । त्यो पिताजी को तक्मा किन्ने बाँडा को पसल मा आँखा पुग्यो । बहिरी शो केशमा त्यो तक्मा टल्किने गरी शोभायमान थियो । मन फेरी टुक्रीयो । कस्तो दीन लाग्यो । ऋण लागे नडराउनु, दीन लागे डराउनु भन्थें । एक मन लाग्यो, कही गएर ४-५ सय चोरेर ल्याउं र त्यो तक्मा फिर्ता लिएर जान्छु । तर पिताजीले नै कहिले पनि भोकै मर्नु तर न चोरनु भन्ने उपदेश दिएको सम्झें । पिता जी दुखी हुने काम गर्नु हुन्न हामी ले भन्ने ज्ञान को संचार भयो । मैलो प्लास्टर गरेको हात्, कट्टु र गंजी को फेशन युक्त शरीर का साथ बजार खोज्दै हिंडे र अन्त मा झोछेँ कै लायकु साल जाने गल्ली अगाडी को क्युरियो पसल ले किन्न राजी हुनु भयो । पहिला त त्यो साहुजीले चोर हो कि भनेर निकै बेर केरकार गर्यो । अनि चोर् हैन् भन्ने यकिन् भए पछि मेरो हाल देखेर होला, घर् परिवार् बारे सोध्न थाल्नु भयो। मलाई हतार थियो र छोटकारीमा हाल बयान गरी, पैसा लिएर घर हिंडे । समय बित्दै गयो र यो क्रम चल्दै गयो । दाइ ज्वेलरी बनाउने र म बेच्न जाने । यही क्रम मा पाटन को साहुजी हाम्रो लागि स्थायी साहुजी हुनु भयो । अब अन्त बेच्न जानु न पर्ने गरी उसैको अर्डर बमोजिम समान तयार गर्ने काम भो । मानौं एउटा स्थायी जागिर भेटियो । हात को प्लास्टर झिकियो । अनि काम गर्न थालियो । उता पिताजी को स्वाश्थमा पमि क्रमिक सुधार हुंदै थियो । दसैं आयो, तिहार गयो । हाम्रो लागि न दसैं आयो न तिहार । केवल हार मात्र आयो । आफ्न दौतरी हरु टोल चोक मा आसपास्, तेल कासा खेलेको घर को झ्याल मा चियाउंथे । गुच्चा खेलेको ठाउंमा केही बेर हेरेर बस्थें । नयाँ लुगा न देखेको बरषौं भाई सकेको थियो। क्रमश:
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-09-07 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सधै झै राम्रो कथा लेख्नु भयो, राहुल दाइ। हाम्रो चौतारी त खस्नै लगेछ, माथी तिर तानी दिनु पर्यो। सन्ध्याकालीन जदौ, यो नेप्चे को।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-09-07 9:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरें सबैलाई! साह्रै रुवाए यी राहू बूडाले पनि यो चौतारीलाई! अरु पनि जाओस्! ************** दीप पर्भोको कैताले वाल्यकालमा सुनेको एउटा चुटकिला याद आयो। एकपटक राम (उनै सीताका पोइ) फेरि मर्त्यलोकमा झरेछन् र भेटिएजति सबैलाई इच्छा पूरा हुने वर दिंदै हिनेछन्। केहिबेरपछि एउटा लूतोले छपक्कै जीउ ढाकिएको लूते भेटिएछ। राम बुरोले भनेछन्, 'के हो लूते, तेरो लूतो ठीक पार्दिम्?' लूतेले भनेछ, 'पर्भो, लूतो त ठीक पार्दिनुस्, तर कन्याउँदा खेरिको मजाचैं नहराओस् नि!' ************************** भउतेलाई 'शुभ-यात्रा' भन्न पनि भ्याईएनछ। अहिले त घरै पुगिसक्यो होला, अब भनेर पनि के काम! मनले आँटेको पुगोस् भउतेको, शुभकामना छ। ***************************** लाले बज्जे पनि अन्मरिया र'छ हिज'स्ति कहिले हो। के छ लाले तेरा हालखबर अचेल?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-09-07 10:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्चे काजी धन्यबाद, हौसला दिनु भएको मा। गोतामे गुरु, धेरै न रुनुस्, अझै केहि ब्यथा बाकी छ। जीवन कथा हो, यो राहुले ले भोगेको। अझै पनि बिझिरहने घाउ हरु हुन । तपाईंइहरु सँग यो भोगाइ राखेर मैले केही राहत महशुस् गरेको छु । धैर्य गरेर पढि दिनु भो, आभारी छु ।
|
|
|
lale
Please log in to subscribe to lale's postings.
Posted on 04-09-07 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरि आमै दीपेले सारो दियो दिननी! अरुनि जाओस पर्भो। ऐ गोतांये कता मर्नुनि, येइ उस्कुल ले ज्यान लिनी भओ क्यारचौ। अनि तिमी कता अन्मरिया छौतनि? धेरै भओ येसो भुसाआ सुसाआ तान्न नपाकोनि। सिरे र काका पातालै तिर गअचन्की कुन्नि आम्दैनन् केरे, तिनै हुन अलि रङिला मुन्छे। अब येसो बिजुलि चुरटका ठुटा ठुटि भानि तान्नि भा चइनि आउकेरे जिम्माल लाइ लियेर! छोरि र भाउजुलाइ मेरो सम्झना भन्देउनि! अबत "लाले स्याना बा" भन्नि भइहोलिन्नि :)
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-09-07 11:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ, सुनको चौतारीबाट प्रमोशन भ'र नि सेन्चुरी हान्ने बेला भइसकेछ । हैन यो घडि छिटो घुम्या' कि के हो? मेरीबास्सै अब त २४ घण्टाँ ४८ घण्टा बनाए नि नभ्याउनि जस्तो पो भयो त । पढ्न पाएकै छैन - लेख्ने कहिले होला? टेन्सन भयो । ठुल्दाइको कथा साह्रै मार्मिक लाओ । ठुल्दाइलाइ मान्नै पर्ने - त्यस्तो बेलाँ नि हातै भाँच्चिने अरि फुटबल खेल्न पर्नि । - कुरोको लागि कुरो के । भन्छन दु:ख छुचुन्द्रे ताँति रे - आए पछि हतपत नछोड्ने । मैले आफै भोगेको दु:ख (यो दु:ख सम्झिदै मेरो मन भारी हुन्छ, त्यसैले यो दु:खलाइ उनेर कहानि लेख्ने सामर्थ्य जुटाउन सकेको छैन) र ठुल्दाइको दु:ख - दुबैको कारक तत्व समान भएजसो लाग्यो - पारीवारीक बिग्रह, आत्मस्वाभिमान र निर्दयी आफन्त ।
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 04-09-07 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरें सबैलाई! साह्रै रुवाए यी राहू बूडाले पनि यो चौतारीलाई! अरु पनि जाओस्! -------------------------------------------------------------------------------------------
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 04-09-07 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाइ टु अल! राहुलदाइको जिवनीपढेर रुदै बस्याछु। मिस,दिप कामो, चना गौतामबि,छोरा लालेलाइ नमस्कारछ।
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 04-10-07 12:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातामकै नमस्कार। यो चौतारी पनि गालपारो छ के । सबैलाइ नाम गिन्तिगरेर लेखे पनि अपर्झट अन्मरिने हरु छुटिहाल्छन
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 04-10-07 12:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नो प्राब्लम्, मेरो पनि नमस्कार चौतारी मा नयाँ जस्तो लाग्यो, ढिलाई भए पनि मेरो तर्फ बाट मन्वी जी लाई स्वागत ।
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 04-10-07 12:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलजी को भाग १ र भाग २ को भर्याङ पाए जाती हुने थियो, एही भागमा हो कि पुरानो भागहरुमा हो ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-10-07 12:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात्रीकालिन अभिबादन यो नेप्चे को। दीप ज्युका कबिताहरु को प्रशंशा जति गरे पनि कम हुन्छ। सारै मिठो लेख्नु हुन्छ। मान्वी अनि रातामकै लाइ मेरो पनि नमस्ते छ है।
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 04-10-07 12:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नो प्राब्लम्, तर कन्याउँदा खेरिको मजाचैं नहराओस् नि!' मेरो पनि नमस्कार
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 04-10-07 12:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओए होए!! मेरो नाम मुन्नि हो अमेजिङले राख्देको । नाम बिगार्न नपाई छ थ्याङ्क्यू थ्याङ्क्यू रातामकै (कति अप्ठारो नाम हो ) भाट-ट-ट-टलाइ पनि लुतो लाग्या छ ?:P
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 04-10-07 12:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Chhaina, लुतो ta Gobinda raj lai po ho! साह्रै रुवाए यी राहू बूडाले पनि यो चौतारीलाई! अरु पनि जाओस्!
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-10-07 12:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मुन्नि लाइ मेरो धनुष्टन्कार नमस्ते। नाम बिगार्ने धृस्टताको लागी माफी पाउ। एउटा अङ्रेजी टुक्रो टासिदिनु पर्यो। पढेर कस्तो लाग्यो भनुम है त। A WILL TO DEATH I tried being numb to dull the pain, futile attempts, it's all in vain. Deep inside I'm aching bad, I feel I am more than just sad. Depressed and lamented here I lay, crumbling more and more each day. No one listens, and no one wants to care, It's more than one little soul can bear. When I open my mouth, there is no sound I feel like a dead corpse, that’s never been found. I taste the tears that make my eyes swell Feels as if I am living for ages in a hell. I cover myself with a blanket, tomorrow morning, I want to wake up cold. I want go to that better place, where all the pains and misery will fold.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 04-10-07 12:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भटट जी लाइ पनि मेरो मेरो धनुष्टन्कार नमस्ते है त।
|
|
|
vata-ta-ta
Please log in to subscribe to vata-ta-ta's postings.
Posted on 04-10-07 1:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि धनुष्टन्कार नमस्ते , tyo photo ko jastai
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 04-10-07 6:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबैलाइ जदौ है, ओ मुन्नि के छ खबर? आप आए चौतारीमे बहार लाए। तर यो त अति भयो नि आफ्नो नाम चाहि सबैले सहि भन्नु पर्ने रे अनि मेरो नाम चाहि JPT भन्ने hahaha Its not AMAZING , म त झिल्के हो नि :PPP सुड्डाको कथाले रुवायो यार्, लौ न टिस्यु पेपर चाहियो, ठुलि तिमि कता छौ लौ न
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-10-07 7:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नमस्कार गाम्ले हरु धेरै समय सम्म चौपारिमा आउन नसकेको मा क्षमा चाहन्छु । २ दिन भयो जरामुनि बाट अ म्रीका को क्यान्सस भन्ने गाम मा आको । समय मिल्यो भने ठुल्कान्छी भएको गाम तिर जाने भनेको मिल्छ कि मिल्दैन थाहा भएको छैन । चित्रे पनि अहिले त ठुल्कान्छी को छिमेकी हुनुभको छ रे । सबै गाम्ले हरु यो अ म्रीका गाम मा बस्नु हुन्छ , मेरो नजिक बाट नमस्ते । राहुल दाइ को जीवनकथा साह्रै मर्मस्पर्सी छ । पढदा आशु आयो । अरु भाग हरु पनि छिटो पढन पाइयोस । झिल्के बिजुली पत्र पाएको थिए, आज उत्तर पठाउन सकिन माफ गर्नु होला , चौतारि लाइ भुलेको छैन आउदै छु नि। अन्त मा सबै चौपारि का गाम्ले हरु लाइ पनि नेपाली नयाँ वर्ष २०६४ को उपलक्ष्यमा अग्रीम हार्दिक मगँलमय सुभकामना। हवस त आजलाइ बिदा चाहन्छु । तपाइ को दिन सुभ रहोस । - सानोकान्छा
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Toilet paper or water? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post? |
Tourist Visa - Seeking Suggestions and Guidance |
advanced parole |
Sajha Poll: Who is your favorite Nepali actress? |
Problems of Nepalese students in US |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Mamta kafle bhatt is still missing |
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन् |
News Summary from Nepal for Saturday, July 20, 2024 |
Biden formally Stands Down!!! |
TPS extension Petition!!! |
KP Oli and Nepali Political Corruption |
Nepali Passport Renewal |
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card? |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|