nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 244839 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-06-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो केहि सु्त्र छैन हेौ पु्न्टेदाजु, त्यहि हो जमानामा सुन्दर सुशिल संगित कार्यक्रम र फोनइन कार्यक्रम मज्जाले रेकर्ड गरिएको थियो, त्यहिंबाट नै कहिलेकाँही काक्ताली लाग्छ । फेरि यसो एउटा दुइटा फोरमहरु हेर्दै गरो, आफूसँग नभाको गीत देख्यो भने झम्टेर लुझिहालो अनि यहाँ आएर हिरो पल्टो , सजिलो नै हो नि । नेपालीहरुसँग नेपालीगीतहरु टन्नै छ, बाँढ्ने पो बानी छैन नि, नेपाली संगीत साइटहरु हेर्नुस् त । बजियाहरु, कतै नभाको आदर्श छाँट्नु पर्ने ।
 
Posted on 04-06-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त नि, आफ्नो त तेस्तो संगालो छैन के रे। पर्या बेलाँ तिम्लाई नै गुहार्न जान्या छम्। हाँरो सुत्र रामे नै भैगो, दैवको किरिपा! :D

अर्को शट् लडाउनि कि?
 
Posted on 04-06-07 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त एउटो हत्केलामा नून र कागती बोकेर अघिदेखो नै अटेन्सनमा नि । बरु गाम्लेहरु पो कता गए त
 
Posted on 04-06-07 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु यीँssss छु के रे।

मु नि' कागती र नुन हत्केलामा ले'र रेडी। मेरो त घुड्की पनि कसैको हातमा रेडि छ। :-)

लु एकै झ्याप पारुम्। जय शम्भो !!!!!!!

 
Posted on 04-06-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी सारै ठूलो भे'छ। माफ पाम गाम्लेहरु। :-(
 
Posted on 04-06-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-O क्यार्नि हो ? नुन कागति?
 
Posted on 04-06-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! माइल्नानी टुप्लुक्क आउनु भे'छ। नमस्ते छ है !

त्यो बिर्कीमा सोमरस भर्नी, अनि घ्वाप्ल्वाक्क मुखाँ त्यो बिर्की घोप्ट्याम्नी।
अनि नुन-कागती ले मुख माझ्नी, सफा गर्नी र पबित्र हुनी। अनि भगवान को नाम जप्नी।

माइल्नानीले टराइ हान्नु भा'छैन र ? :-)
सारै मज्जा पो हुन्छ गाँठे।

सप्पैलाई जदौ है !
 
Posted on 04-06-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब टराइ मार्न पर्ला भिनाजु( हुने वाला के ) :P
 
Posted on 04-06-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, कागती र नुन् त उनीलाइ ठिक्क पार्या जस्तो पो छ त हौ!! नुन र कागती दिएनी हात चाई बचाइ राखम्नी फेरि, पछि चाइन्चनी!!
 
Posted on 04-06-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनेवाला भिनाजु रे :o :o !!!!!

लु मार्यो, यिनी त साली-नानी पो परिछन्, कि के हो ? आम्मामामामामामामा ! डर लागो हउ मोलाइ त।

दिदीलाई कुरा नलाइदिनु ल ! राम्चेको बजारमा सुइटर बुन्नी धागो, मेहेन्दी र नङ-पालीस किन्दिम्ला नि। अनि रोँटे पिङ पनि खेलम्ला । :-)

 
Posted on 04-06-07 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हाम्रो लाले नि फिर्कछन त। के छ हउ लाले ? अचेल चुस्स चुस्स हो कि तुच्च तुच्च पार्न चौतारीतिर झर्नै छाडेउ त तिमी। :-)

उनको लागि हात त के, ज्यानै ख्वाप्ल्वाक्क निल्छु भन्छिन भने पनि तयार छु। बरु गुटुमुटु परेर एकै डल्लो भएर बसम्ला, नि्नलाई सजिलो हुने गरी। :p
 
Posted on 04-06-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ मलाइ हरियो रिबन र हरियो चुरा चाहिन्छ, नत्र भन्दिन्छु ।दिदीले हरियो साडि किन्दिएको छ के
 
Posted on 04-06-07 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो चौतारीमा आम्नपाको छैन सबै साइनो लाइहाल्ने, कस्तो चलन आरैछ हो आजकल ? त्यो घुँडोघुँडोसम्म आउने पएन्ट लाको हिपोहोपो चलन झैं मानेछु है मुइले त । भउते, माइली, लाले सबैलाई प्रणाम ।
 
Posted on 04-06-07 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली के को हरियो रिबन र हरियो चोलो ? फेसन सेन्स भनेको झोलो बोकेर पल्ला गाम तिर भागो कि कसो ?
 
Posted on 04-06-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली-नानीलाई चुरा-पोते किन्दिन थाल्यो भने त दिदीले मेरो जगटा लुछेर खप्पर पुन्टेदाइको जस्तो मरुभूमि बनाउछिन होला नि फेरि। :p

बरु साइको-फाइब घडी किनिदिन्छु। हैन, चुरा नै चाहिन्छ भन्ने हो भने सुटुक्क भन्नु नि, स्स्स्स्स्स्स्स्स चौतारीको ढुङ्गाको नि कान हुन्छ के। फेरि दिदीलाई कुरा लाइदेलान। :p
 
Posted on 04-06-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरियो किन्दा नि त्यस्तो ।उस्स्स्!
 
Posted on 04-06-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बढो काइदाको कुरा गरो यो भउतेले । रामेले जस्तै भउतेले नि "भिनाजुको स्विइटर" मज्जाले घोकेको थियो जस्तो छ एसएलसीमा । हे हे हे
 
Posted on 04-06-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामचन्द्रे लाई साइनो लाएन भनेर हो कि?
छदैछ घडि त। सुने सुनुन ढाहा गर्ने हरु
 
Posted on 04-06-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा लाम्नीले रङ कहाँ बताउँछन त लाटी ! :p. सालीको इच्छा काट्न सकिन, लु जे भन्छेउ तेही किनीदिम्ला। पहिले बिहेमा जुत्ता लुकउँदिन भनेर कसम खाउ। :-)

बोरु मुलाइ सालीको हातले बुनेको न्यानो सुइटर लाम्ने रहर छ। अहिलेको जाडो त गयो, अर्को जाडोकोलागि बुनिदिने हो? हो भने उन किनिदिन्छु के रे। :-)

कति लाछी चाहिन्छ कुन्नी उन। मेरो छाति फेरि अलिक चौडा छ। नापो लिनुपर्ने भए लिनु। मलाई कस्तो रङ सुहाउने हो, सालीले नै रोजिदिनु पर्यो। अँ साँच्ची, मलाई त्यो माछी-काँडे बुट्टा सारै मन पर्छ के। :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters