[VIEWED 12361
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-25-07 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(यो कथाका काल्पनिक पात्रहरु र कथा कसैको जीवनसङ मिल्न गए केबल संयोग मात्र हुनेछ।)
निशेसले क्यालेन्डर हेर्यो र फेरि बिदाहरु जम्मा गर्यो कति दिनको लागि नेपाल बस्न पाइन्छ भनेर। जम्मा ३ हप्ता मात्र रहेछ उसले तेहा बिताउने अबधि। तेसको लगत्तै फेरि एउटा वर्कशपमा उसले भाग लिनु छ र तेहाँको लागि प्रिजेन्टसन तयार गर्नुछ। भर्खरै एउटा परिक्ष्या सकेको थियो र सङसङै काम पनि गर्दै थियो। नेपाल देखि नैं उ अरुभन्दा अलि बढि नै सक्रिय थियो, जिवनको दौडमा सधै अघि बढ्ने लछ्य थियो उसको। पढाइमा तेज हो उ तर थोरै मिहिनेतले गर्दा राम्रो नम्बर चाहि आँउदैन थियो। मौलिकताभन्दा पनि नेपालि शिक्ष्या प्रणालिमा रटेर उत्तर लेख्नेहरुको धेरै नम्बर आएको देखेर उसलाइ दिक्क लाग्थ्यो। उ किन तेस्तो पढ्न सक्दैन भनेर। तर नरटेर पनि उ अब्बल दर्जाको नम्बर ल्याउँथ्यो, त्यो उ आफैलाइ थाहा थ्यो। तेसैले उ जहा पनि टिचरको प्रिय पात्र बन्थ्यो। उसले कहिले आराम लिन जानेन। हरेक कार्य गर्दा उसको मस्तिस्क धेरै परसम्मको भबिस्यको लागि सोचिरहेको हुन्थ्यो। तेसैले उसले बसन्त रितुको फुल हेरेर पनि सौन्दर्यबोध गर्न सकेन, न त सुर्योदय हेरेर रमाइलो अनुभुत गर्न सक्थ्यो। उ तेस्तो चिसो पनि होइन, कहिलेकाहिँ उसले पनि खोजेको हो कसैको नजिक हुनलाइ त्यो उमेरमा तर उसको जिबनमा समय अघि नैं उसले त्यो सारा पीडाहरुबाट धेरै सिक्यो उसले। काठ्मान्डुको हावाले प्लेनबाट झर्नासाथ स्पर्श गर्यो उसलाइ। घरमा आमा, बुबा, दिदीहरु सबै दङ देखिन्थे उसलाइ ९ बर्सपछि भेटेर। आमाले गाडिबाट झर्नासाथ उसको हात समाउन आउनु भयो। उसलाइ अलि अप्ठ्यारो लाग्यो र बिस्तारै हात तान्यो उसले आमाको न्यानो हातबाट। आमा एक्चोटि उसको मुखमा हेर्नु भयो तर केहि भन्नु भएन। दिदीहरुको बच्चाहरु पनि एकतमासले उसलाइ प्रस्नहरु गर्न थाले। उसलाइ बोल्न नै कस्तो गारो जस्तो लाग्यो। एक्लै बाँचेको बानी बिदेशमा। कोठाको भित्ताबाहेक कोहि हुन्थेन उसको कुरामा रुचि राख्ने। नेपाली त उसले उल्था गरेर उसको सहकर्मीहरुसङ इङलिशमा बोल्नु पर्थ्यो। कहिलेकाहिँ नेपालीहरुको जमघटमा पनि अरुहरुको संबाद इङलिश नैं हुन्थ्यो, तेसैले पनि मात्रिभाषा नबोलेको धेरै भैसकेको थियो। उसले सोच्दै कुरा गर्न थाल्यो। उ अझै बिदेशमा जस्तै औपचारिक हुदैं थियो। उसले खुलेर पारीबारिक बाताबरनमा कुरा गर्न सकेन। पहिलो दिन अलि गारो हुँदो रहेछ उसले सोच्यो। "गरम गरम चिया"। आमाले तुरुन्तै ल्याउनुभयो। उसले चिया नखाएको त बर्सौं भैसकेछ। बल्ल पो याद आयो आमाले जहिले पनि कोठामा नै बिहान येस्तै गरि चिया ल्याइदिनु हुथ्यो उ कलेज पढ्दा। एक चुस्कि पिएर उसले अर्कै खालको महसुस गर्यो। अति गुलियो चिया त। कति धेरै दुध। मुखको स्वाद नै बिगार्यो तर केहि भन्न सकेन। "अचार खान्छस निशेस?" माहिली दिदीले सोध्नुभयो। इस्टिलको प्लेटमा अलिकति चिउरा, कुखुराको मासु अनि काँक्रा, गाँजर, सानो केराउको अचार तेहिं खाटमा राखिदिनु भयो। अचार देखेर उसको मुखमा पानी आयो। यो अचार नखाको त कति भैसक्यो। उसले एक चम्चा मुखभित्र हाल्यो, पिरोले "हा" गर्यो। "तेति जाबो पनि के पिरो लागेको?" दिदीले हाँस्दै पानीको गिलास दिनु भयो। "तेत्रो लामो यात्राबाट आको अब येसलाइ आराम गर्न देओ। तेरो कोठा माथी रेडि छ। जा बाबु।" बुबाले उसको मनको भाव बुझ्नु भएछ। उसको सुटकेसहरु बोकेर भान्जाहरु उसको कोठातिर लागे। कोठामा भुइंखाट राखिएको थियो। उसले पहिले नै फोनबाट भनेको थियो। कोठामा टि भि पनि थियो उसको लागि भनेर। कोठामा भर्खर् रङ लाइेको थियो। कार्पेट राखिएको थियो। कोठा पाहुनाका लागि जस्तै तयार पारिएको थियो। एकछिन खाटमा पल्टिएर उसले सोच्यो भोलिपल्ट देखिको कामहरु। उसको साथीहरुको अफिसमा मद्दत गर्नु थियो। उसको आफ्नै प्रिजेन्टसनको लगि केहि मानिसहरुसङ पनि भेट्नु थियो। उसले पहिला काम गरेको संस्थाबाट केहि पत्रहरु बनाउनु थियो। उसको कलेजमा गएर चिट्ठिहरु निकाल्नु थियो। उ आराम गर्न सकेन, जुरुक्क उठेर उसको डायरी पल्टाउन थाल्यो। जम्मा उसङ अफिसको काम हरु सबै पुरा गर्न १५ दिन छ र त्यो १५ दिनमा पनि नेपाल बन्द र हडतालहरु भयो भने केबल् १० दिन हुन सक्छ। तेसैले उसले अल्छि गर्नु हुदैन। भोलिदेखि नै धाउनु पर्छ सबै ठाँउमा। अझ साथीहरुलाइ भेट्ने समय पनि निकाल्नु पर्छा। उसले सोच्यो येसपाली उ मिल्ने साथीहरुलाइ मात्र भेट्न सक्नेछ। उ सङ समय धेरै छैन। भोलिपल्ट उ हिड्यो आफ्नो कामको लागि। ट्याक्सि लियो र रत्नपार्क जाने भन्यो। बाटोमा माइक्रोबस, मोटरसाइकल र ट्याम्पुहरुको भिंड थियो। आधा घन्टामा पुगिने ठाँउ ट्याक्सीमा पनि २ घन्टा लाग्यो। गणतन्त्रमा जे पनि गर्न पाइन्छ भन्ने धारणाले गर्दा माइक्रोबस जहाँ पायो तेहा रोक्दो रैछ। मोटरसाइकल पछाडि बस्नेले हेल्मेट लाउन छोडेछन्। कसैले कसैलाइ टेर्दैन रहेछन्। उसको पुरानो अफिसले पनि उसलाइ २ हप्ता झुलाइदियो। नेपालको हालत देखेर उसलाइ झन दिक्क लाग्यो। हरेक बिहान ९ बजे हिंडेर उ घर फर्किदाँ लखतरान भएर ६ बजे फर्किन्थियो। घर पुग्नासाथ उसलाइ नुहाउन पर्थ्यो। उसलाइ पानीको समस्या छ भन्ने कुरा घरकै एक सदस्यले १ हप्ता पछि भने पछि थाहा भयो। एक चोटि बाहिर जाँदा मुख धुलोले सारै फोहोर हुन्थ्यो, कपाल पनि धुलै धुलो हुन्थ्यो। तेस्तो अबस्थामा उसले ननुहाइकन केहि गर्न सक्दैन थियो। आमाले गुलियो चिया ल्याउनु अघि उ आफै उठ्थ्यो र भान्छामा गएर कडा रङ भाको चिनी कम चिया बनाउँथ्यो। आमाले चिनीको भाँडो, चियापत्ति र दुधको भाँडो देखाइ दिनु हुन्थ्यो। खानाको स्वाद तेस्तै गारो थियो पचाउनलाइ। नेपाली खान नखाएको पनि धेरै भैसकेको थियो बिदेशमा। बुढी आमाले "के मन पर्छ?" भन्दै दिनहुँ तरकारीहरु फेर्नु हुन्थ्यो। तर उसको घाँटिबाट छिर्नै गारो हुन्थ्यो। उसको दिमागमा खानाभन्दा पनि प्रिजेन्टसन र अनेक कामहरुले स्वादलाइ छोपिरहेको हुन्थ्यो। उ आफ्नो देशमा झन दुब्लाइ रहेको थियो। दिदीहरुकहा खान जान्थ्यो तर कुराको सन्दर्भ नै नमिलेको जस्तै हुन्थ्यो उसलाइ। कहिलेकही उ आफैले के भन्नु पर्छ भन्ने कुरा बुझ्दैनथ्यो। बुबासङ कुरा गर्दा पनि एकटक लाएर बुबाको उहिलेको रेडियो (जुन माहिली दिदी पाउदा किनेको भन्नु हुन्थ्यो) र त्यो रेडियोको पुरानो खोल हेर्दै बस्थ्यो। बुबाको खुइलेको टिसर्ट हेर्थ्यो र आफ्नो सुकिलो लुगा। बुबाको कोठाको पुरानो च्यातिएको जुत्ता र उसको सफा जुत्ता। आमाको फोहोर धोती र झुत्रो चोलो। उसले पैसा त पठाइरहेकै हो तर किन सबै उस्तै उस्तै। धेरै पहिलेको अबस्था जस्तै। उसले केहि बुझ्न सकेन। दोस्रो हप्तामा उसको आइटिनररि आयो। नियोजित दिनभन्दा एकदिन अगाडी नेपाल छोड्नुपर्ने भयो। उसको कामहरु अझै सकिएको थिएन न त साथीहरुलाइ भेट्न पाएको थियो। नभन्दै जाने दिन आइपुग्यो। सबैजना बिदाइको तयारी गर्न लागे। उसको बुबा कोठामा तिन चोटि फर्किएपछि (किनभने उ कोठामा चुकुल लाएर बस्थ्यो उसको ब्यायामको समयमा र कम्प्युटरमा काम गर्दा)भित्र पस्नु भयो। उसले नेपाली पैसा उब्रेको जती हत्तर न पत्तर बुबाको हाथमा राखिदियो परायालाइ देको झैं गरी। बुबाले रुन्चे स्वरले सोध्नु भयो। "अब फेरि कहिले नेपाल आँउछस्?" "हेरुँ, के हुन्छ मेरो योजनाहरु।" उसले सही उत्तर दिन सकेन। उसलाइ धेरै गर्नु छ अझै जीवनमा। पढ्ने, पैसा कमाउने अनि एक्लै बाँच्ने रोबोट जिन्दगि। "अर्कोचोटिसम्म म बाँच्छु कि बाँच्दिन होला, खोइ"। उ ब्युँझियो, अहिले उसको बुबा ७० नाघिसक्नु भाकोथ्यो र कमजोर हुनुहुन्थ्यो। बेलाबेलामा ओछ्यान परि रहनु हुन्थ्यो। उसले केहि भनेन। ट्याक्सीमा बस्दा बुबा, आमा, दिदी सबै रुनु भयो। उ रुन सकेन। उसले कोशिस गर्यो रुनलाइ। ओहो, उ नरोएको पनि एक जुग भएछ। उसले आफैले आफैलाइ सोध्यो किन सक्दैन उ मानबीय अनुभुतीहरुलाइ महसुस गर्न? किन बग्दैनन् उसका भावनाहरु? किन आफ्नै परिबारसङ पनि न्यानो अनुभब गर्न सक्दैन्? किन उसको प्यारी आमाले पकाएको खानाको स्वाद लिन सक्दैन? जबकी उ आमाले पकाएको भन्दा कसैले पनि छोएको खादैनथ्यो। उसको घरभन्दा कहि बाहिर सुत्न सक्दैनथ्यो। के भयो आज उसलाइ? कहाँ हराए उसका अभिबेक्तिहरु? उसले आफुलाइ हरायो कुन दौडमा? मानिस भएर मानिस हुन सकेन उ? अब के गर्ने होला? खोइ उ भित्र सदभाव? त्यो माया भन्ने शब्दलाइ पनि अनुभुत गर्न सकेन अहिले उसले? उ सङ आफन्तसङ साट्ने आफ्नोपनका भावहरु थिएन। उ सङ के छैन, मान, प्रतिश्ठा र पैसा। गुगलको खोजमा उसको परिचय १० पेज लामो थ्यो। तर उसले आज आफैलाइ चिन्न सकेन। उसको हातमा भौतिक जगतका सबै कुरा भएर पनि उ 'हातमा लाग्यो शून्य' भएको थियो। "Sir, did anyone tell you something? Can I help you?" भन्दै बिमान परिचारिकाले टिस्यु पेपर उसको हातमा राखिदि। बल्ल उसले गाला भिजेको महसुस गर्यो र उसको आँखाबाट अबिरल बगिरहेका आँसुको भेलहरु।
Last edited: 25-Oct-07 06:03 PM
Last edited: 25-Oct-07 06:16 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-29-07 7:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Enjoyed it ! Thanks for sharing
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 10-31-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I also enjoyed it ! Thanks for sharing.
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-06-07 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I read this more than 3 times. Very nicely written. thank you for sharing!!!
|
|
|
KaLyx
Please log in to subscribe to KaLyx's postings.
Posted on 11-06-07 6:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचमा मिस्रित अभिब्यक्ती महसुस गरे तर अन्त्य भने निकै राम्रो लाग्यो। आसुँ झर्यो, यथार्थताको अनुभुति भयो।
|
|
|
KaLyx
Please log in to subscribe to KaLyx's postings.
Posted on 11-06-07 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचमा मिस्रित अभिब्यक्ती महसुस गरे तर अन्त्य भने निकै राम्रो लाग्यो। आसुँ झर्यो, यथार्थताको अनुभुति भयो।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 11-07-07 1:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks urfrenrites, ritthe, dipika and Kalyx,
I also cried with the story teller today and wondering about my feelings about life and family. Where have they gone? I am exploring myself.
Thanks again for your support,
With regards,
CL
|
|