[Show all top banners]

edv2023
Replies to this thread:

More by edv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ग्याम फेरी मिस भयो
[VIEWED 1931 TIMES]
SAVE! for ease of future access.
Posted on 12-18-22 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाह्र बर्सां पोइ आको, मै रारी लाइ ज्वरो आको जस्तो भयो आजको फाइनल ग्याम . १२ वर्ष पछि आनन्दले ग्याम हेर्न ह्यारिस्बर्ग आएको , यहाँ आए देखि सेमी र फाइनल ग्याम दुवै मिस भयो .

भुटानी साथीहरुको सारै आत्मिय आथित्य पाईयो . बिचराहरुले आए देखि तिन पानेमा डुबाएर राख्नु भएको छ . यहाँ त फेरी घर घरमै लोकल रक्सि बन्ने रहेछ . कोदोको रक्सिलाइ झानी झानी खुवाउनु भयो . लोक्कल नछोको ठ्याक्कै ५ ७ वर्ष भै सकेको थियो , एक्कैचोटी खाँदा त तोरीको फुल देखियो .

हिजो सांझा पनि तेस्तै भयो , मृगको सिकुटी संग रातभर तिन पाने खाएर बिहान मात्र सुतियो . ग्याम सुरु हुने समयमा उठ्नै सकिएन . म उठ्दा पेनाल्टी सुरु हुने सुरसार थियो . फेरी येस्पली कसलाई सपोर्ट गर्ने कुनै भिजन नै थिएन मेरो . दुवै मन नपर्ने टिम . अर्जनटीनाले त फकल्याण्डको युद्धमा हाम्रो सोझा गोर्खा भर्ति लाइ जिउदै जालाएको, यस्ता हरामखोर लाइ सपोर्ट गर्ने कुरै भएन . फेरी ५ फिटे लुते मेस्सीको टिमले ओल्ड कप जित्ने कुरो पनि भएन .

चाहना बिपरित पेनाल्टीमा लुते मेसिको टिमले जितेको देखियो , पत्यार नै लागेन , रक्सि पो लागेको होकी भनेर मुख धोएर आइयो . अब फ्रेश भए पछि फ्रान्सले जित्छकि भनेर फेरी re -play गरेर पेनाल्टी हेरियो . re -play मा नि फेरी मेस्सीको टिमले नै जित्यो . पुरै ग्याम फेरी हेर्न मन थियो तर फेरी पनि मेसिले नै जित्ने सम्भावना भएकोले फेरी replay गरिएन.

मलाई अचम्म लागेको चै यो ठाउँमा काठमाडौँमा भुस्या कुकुर पाएको जस्तो मृग पाइदो रहेछ , घर घरमा बन्दुक हुने रैछ अनि गुलेलीले ढुक्कुर मरेको जस्तो मृग , बदेल मार्न पाइदो रहेछ. अम्रिका बसियो भने बरु यता पो घर किनु पर्छकि जस्तो भयो .
 
Posted on 12-19-22 1:24 PM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो "ग्याम" भन्ने चै कताको accent होला? सुदुर पश्चिमतिरको बोली हो कि? "गेम" भन्ने त थाहा थियो..
 
Posted on 12-19-22 1:44 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TPS2GC naya naam edv2023 Achham ko manchhe ho kyare..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to [email protected] using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters