शिकागोअनजी, (इन्डियासँग पास्टमा केही सम्बन्ध गासिएको हुनाले मेरो लवजमा हिन्दी शब्द आउछ यदा-कदा। सरी फोर ड्याट। ट्राइ गर्नेछु, हिन्दी शब्द युज नगर्ने।)
नम्रतालाई अब बहादुर नै भन्नु पर्ला, हो। तर मेरो परिवारमा कोही महिलाले त्यस्तो काम गरेर इन्टरनेटमा सधैंको लागि सेक्स भिडियो अपलोडेड भको भए चै हामी बिच कस्तो ईक्वेशन हुन्थ्यो होला, म अनुमान गर्न सक्तिन र चाहन्न पनि। अहिले धेरै कुरा नर्मलिफाईड हुँदै आएका छन, महिलामा खुलेआम रक्सी खाने कल्चर, अनगिन्ती डेटिङ गर्दै बस्ने चलन, विवाह नगरि लिभ-ईन कल्चर दुबै पुरुष / महिलाको हकमा। महिलाहरुको रक्सी कल्चरको बारेमा त मैले जे देखे, भोगे, मैले साझामा लेखेको पनि छु। यस्तो भनिरहदा कतिले मलाई कन्जर्भेटिभ, ब्याकवार्ड पनि भन्लान। तर यहाँ साझामा कती पुरुष पात्र छन, जो आफुले जे गरे पनि, आफ्नो घरको महिलाले चै रक्सी खाँदै बाहिर नाटक नगरोस, थरी थरीका केटासँग डेटिङ नगरोस भन्छन, सोच्छन, सेक्स भिडियो त टाढाको कुरा होला। सो नराम्रो स्क्यान्डल भएर पनि साथ नछोड्ने नम्रताको परिवारलाई चै मान्नैपर्छ। नम्रतालाई पनि मान्नै पर्छ, हो। अब रुप, सेक्स भिडियो, बोइफ्रेन्ड्स, फिल्म, फेम सबै कुरामा अगाडि नि नम्रता श्रेष्ठ।
तर एउटा कुरा मैले नोटिस गरे, नम्रताका कती समकालिन हिरोइनहरु चै कोही नम्रतासँग फ्रेन्ड्ली भको चै कहिले देखिन। प्रियन्का कार्की, केकी, सृस्टि आदी हिरोइनहरु एक आपसमा चै मिलेको, सङै काम गरेको देखे, इन्टरभिउ दिएको, हसी-मजाक गरेको देखे, तर नम्रता चै सधैं अर्कै जोनमै पाए, अब त्यो नम्रताको अयारोगेन्स थियो या अरु केही, उहालाई थाहा होला। अहिले हेर्नुस्, यि अरु हिरोइनहरु सोशल मिडियामा के के लेख्दै छन, तर कसैले नम्रता भनेर नाम तोकेको भए त, सबै जना डराई-डराई "छान्-बिन हुन्पर्यो" मात्र लेखी बस्छन हो, खैर।
आरोप-प्रत्यारोप त यी अरु हिरोइनहरुलाई पनि नलाग्ने गरेका हैनन,तपाइको कुरा सही हो, तर यस्तो सिरियस लेभलको आरोप, सेक्स रिलेटेड या मान्छे नै मरेको-मारिएको अरु कसैलाई लागेको जस्तो चै लागेन है। तेस्तै तपाईंले भन्नु भको जस्तै हाम्रो समाजले केटा र केटिको गतिबिधीमाथी गरिने व्यबहार चै अवश्य फरक छ। नामै लिनुभो, भुवन के सि को बोका व्यबहार हामीहरुबाट नलुकेको हैन। खासमा भन्नुपर्दा नेपाली जनता धेरै नै फर्गिविङ छन, भुवन के सि को स्क्यान्डल भुल्न सक्छन, सम्राग्यिको अश्लील फोटो बिर्सन सक्छन। तेस्तै नम्रतालाई काम गर्ने, सुध्रिने, मुभ अन गर्ने अवसर नेपाली जनताले नदिएको भनेर भन्न पनि मिल्दैन होला। अहिले सम्म यती फिल्म खेल्ने, ट्यालेन्ट देखाउने, आफुले भने अनुसार स्यालरी डिमान्ड गर्ने बातावरण पनि पाएकै हुन।
तर अहिले आएर, यस्तो आधुनिक समयको आधुनिक हिरोइनले मसानघाट जाने रे, बोका पूजा गर्ने रे, बुटी बाध्न लगाउने रे भनेर सुन्दा चै मलाई धेरै डिस्टर्बिङ र आईरोनिक लाग्यो। यस्तो कामहरु मेरा बाजे बराजु गर्थे होला। यो के हो यस्तो? नम्रताले केही भनेर सारुकले आत्म-हत्या गरेको हो भने, नम्रताको दोष छैन भनेर कसरी नभन्ने? सारुक कमजोर थियो होला तर हामीले के बिर्सन हुन्न भने सबै जना मान्छेको गाहरो समय, अवस्था इन्काउन्टर गर्ने एउटै मुटु हुन्न। नम्रताको त्यस्तो मुटु थियो होला त सेक्स दुर्घटनाबाट पनि बचिन, तर त्यो भनेर सारुकले पनि डिल गर्न सक्नुपर्छ भनेर हुन्न नि। तपाईं अमेरिका हुनुहुन्छ, यहाँ झन ब्यक्ती-ब्यक्तीको इन्डिविजुअलिज्मलाई महत्व दिने देश। मे बी, कन्स्ट्यान्ट ह्यारेसमेन्ट भईरको थियो होला, धेरै कुरा त हामीलाई अझै थाहा छैन हैन र? अझ बुटिले के-कस्तो करामत गरेको थियो? त्यो त बुझ्न बाँकी नै छ।
अनी जेन्डर रिभर्स गरेर यो घटना घटेको भए केटीले दोष पाउथ्यो भन्दा पनि अझै अर्जेन्सीका साथ यो घटनाको छानबिन हुन्थ्यो कि? बिकज नम्रताको ठुलै नाम भको हुनाले। सजाय कसैले नपाए पनि के कारणले गर्दा यस्तो घटना घट्यो भनेर छिट्टै थाहा हुन्थ्यो होला कि? अहिले अब केटा मरेको छ, त्यो पनि तेती नाम नचलेको नायक, अनी यो केसको अनुसन्धान कसरी बढीरको छ, सबैलाई थाहा छ। यहाँ त केटाप्रती नै अन्याय भको देखिन्छ नि हैन र?
हेर्नुस् हामी धेरै जसो बिदेश छम, हामी झन नेपालमा भईरको घटना, दुर्घटनालाई नजिकबाट नियाल्न खोज्छौ। नेपालमा त केही ग्रुप बाहेक कतिलाई त मतलब नहोला, को सारुक भनेर। अन्याय भको हो भने त न्याय पाउनुपर्छ, दिबङत आत्माले मेरो भनाइ यत्ती हो।
यो घटनाले आउने दिनमा ठुलै उपद्रो मच्चाउने त निश्चित नै छ।